Trending
Prev Story
Next Story

युवाहरुको विदेश पलायनबारे किन सचेत छैन सरकार ?

Hamro Patro News •
October 27, 2026 • 02:40 AM
1
1 reads 0 reactions

काठमाडौं - नागरिकको विदेश पलायन रोक्ने वाचासहित रास्वपा सत्तामा आएको ६ महिना पुरा भएको छ । देशमै रोजगारी सिर्जना गर्ने र विदेशमा रहेका युवालाई स्वदेश फर्काउने आकर्षक नारामा नयाँ पुस्ता रास्वपाप्रति...

युवाहरुको विदेश पलायनबारे किन सचेत छैन सरकार ?

काठमाडौं - नागरिकको विदेश पलायन रोक्ने वाचासहित रास्वपा सत्तामा आएको ६ महिना पुरा भएको छ । देशमै रोजगारी सिर्जना गर्ने र विदेशमा रहेका युवालाई स्वदेश फर्काउने आकर्षक नारामा नयाँ पुस्ता रास्वपाप्रति आकर्षित भएको कुरा बिर्सन सकिदैन । तर वर्तमान सरकार बनेपछि स्थितिमा कुनै सुधार आएको छैन । अवस्था झन खराब हुँदै गएको छ । असोज महिनामा मात्र ७३ हजारभन्दा बढी नेपाली युवायुवती वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागका अनुसार असोजमा ७३ हजार ७६५ जना वैदेशिक रोजगारीमा गएका छन् । यो संख्या गत वर्षको असोज महिनाको तुलनामा करिब १० हजारले बढी हो । गत वर्ष असोजमा सबै प्रक्रियाबाट ६४ हजार ६३४ जना वैदेशिक रोजगारीमा गएका थिए ।

अर्थतन्त्रका सबै सूचकहरुको स्थिति सन्तोषजनक रहेको छैन । रोजगारी सिर्जना हुन नसक्दा युवाहरुको विदेश पलायन दिनानुदिन बढ्दै गएको देखिन्छ । मुलुकमा आन्तरिक रोजगारी सिर्जना गरी युवा जनशक्तिलाई स्वदेशमै राख्ने र बाध्यताले वैदेशिक रोजगारीमा गएकाहरूलाई फर्काउने वर्तमान सरकारले पटकपटक प्रतिबद्धता जनाएको भए पनि वैदेशिक रोजगारमाथिको निर्भरतामा कमी नआएको तथ्यांकले देखाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् ( ajakoartha.com )

Prev Swipe Story Next

Related Stories

Politics & Governance
Build #2612