Trending
Prev Story
Next Story

एआईमा ठुलो लगानी गर्दै माइक्रोसफ्ट, ६० हजार कर्मचारीलाई स्वैच्छिक अवकाशको प्रस्ताव

Nagarik News •
October 27, 2026 • 01:35 AM
1
1 reads 0 reactions

पछिल्लो समय एआई प्रविधि सञ्चालन गर्न आवश्यक डेटा सेन्टरमा प्रविधि कम्पनीहरूले ठुलो लगानी गरिरहेका छन्।

एआईमा ठुलो लगानी गर्दै माइक्रोसफ्ट, ६० हजार कर्मचारीलाई स्वैच्छिक अवकाशको प्रस्ताव

अमेरिकी प्रविधि कम्पनी माइक्रोसफ्टले कृत्रिम बुद्धिमत्ता (एआई) मा लगानी बढाउँदै ६० हजार कर्मचारीलाई स्वैच्छिक अवकाशको प्रस्ताव गरेको छ।

कम्पनीका अनुसार विश्वभरका कुल कर्मचारीको करिब २७ प्रतिशत यस प्रस्तावका लागि योग्य छन्। कम्पनीकी प्रमुख मानव संसाधन अधिकृत एमी कोलम्यानले सोमबार ब्लगमार्फत क्यानडा, भारत, बेलायत र अमेरिकाका योग्य कर्मचारीले यो प्रस्ताव लिन सक्ने बताएकी छन्। उनका अनुसार माइक्रोसफ्टका लागि स्वैच्छिक रूपमा जागिर छाड्ने यस्तो कार्यक्रम नयाँ हो।

‘हामी यसबाट सिक्नेछौं। कर्मचारीलाई महत्त्वपूर्ण काममा ध्यान दिन, नयाँ सीप सिक्न र कम्पनीभित्रै अन्य अवसर खोज्न पनि सहयोग गरिरहनेछौं,’ कोलम्यानले लेखेकी छन्। गत जुनको अन्त्यसम्म माइक्रोसफ्टमा करिब दुई लाख २३ हजार स्थायी कर्मचारी थिए। कम्पनीले बुधबार त्रैमासिक वित्तीय नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ।

माइक्रोसफ्टले यसअघि पनि कर्मचारी कटौती गर्दै आएको थियो। गत मेमा कम्पनीले अमेरिकामा करिब ८ हजार ७५० कर्मचारीलाई स्वैच्छिक अवकाश दिने योजना बनाएको थियो। त्यसैगरी, जुलाईमा करिब चार हजार ८०० पद कटौती गर्ने घोषणा गरेको थियो। तीमध्ये भिडियो गेम व्यवसाय एक्सबक्सका कर्मचारी पनि थिए।

पछिल्लो समय एआई प्रविधि सञ्चालन गर्न आवश्यक डेटा सेन्टरमा प्रविधि कम्पनीहरूले ठुलो लगानी गरिरहेका छन्। यसले मेमोरी चिप, कम्प्युटर प्रोसेसर, अन्य उपकरण र विद्युत्को माग बढाएको छ। एआई क्षेत्रमा बढ्दो खर्चका बिच माइक्रोसफ्टले कर्मचारी व्यवस्थापनमा नयाँ रणनीति अपनाएको देखिन्छ।

कम्पनीले आफ्नो एआई क्षमता विस्तार गर्न केही वर्षदेखि काम गर्दै आएको छ। सन् २०२४ मा माइक्रोसफ्टले एआई सुविधासहितका नयाँ कम्प्युटर सार्वजनिक गरेको थियो। ती कम्प्युटरमा कम्पनीको एआई सहायक कोपाइलटलाई विन्डोज अपरेटिङ सिस्टमसँग जोडिएको छ।

सन् २०२५ अक्टोबरमा कम्पनीले कोपाइलटका लागि ‘माइको’ नामको एआई पात्र पनि सार्वजनिक गरेको थियो।

प्रकाशित: १० कार्तिक २०८३ ०७:२० मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
1w ago
माइक्रोसफ्टपछि गुगल पनि कर्मचारी कटौतीको बाटोमा, पाँच देशमा स्वेच्छिक अवकाशको प्रस्ताव

माइक्रोसफ्टपछि गुगल पनि कर्मचारी कटौतीको बाटोमा, पाँच देशमा स्वेच्छिक अवकाशको प्रस्ताव

काठमाडौं । प्रविधि कम्पनी माइक्रोसफ्टपछि गुगलले पनि खर्च कटौती गर्ने रणनीतिअन्तर्गत पाँच देशका कर्मचारीलाई स्वेच्छिक...

#कर्मचारी #माइक्रोसफ्ट #अवकाश
Compare →
Hamro Patro News
1w ago
नागरिकता किर्ते प्रकरणमा तीन कर्मचारी पक्राउ

नागरिकता किर्ते प्रकरणमा तीन कर्मचारी पक्राउ

स्याङ्जा। सरकारी अभिलेखमा अनधिकृत हेरफेर गरी नागरिकता रद्द भएको देखाउने कागजात तयार पारेको आरोपमा स्याङ्जामा तीन कर्मचारी पक्राउ परेका छन् । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले प्रमाणसहित अनुसन्धान...

#कर्मचारी
Compare →
Onlinekhabar
1w ago
नापी विभागले गरेका ८५७ जना कर्मचारीको सरुवा रद्द

नापी विभागले गरेका ८५७ जना कर्मचारीको सरुवा रद्द

१९ कात्तिक, काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नापी विभागद्वारा असोज २३ गते गरेका विभिन्न तहका ८५७ जना कर्मचारीको सरुवा निर्णय रद्द गरेको छ । सुगम तथा सुविधासम्पन कार्यालयहरूमा कार्यरत कर्मचारीहरूलाई …

#कर्मचारी
Compare →
Arthasansar
14h ago
राष्ट्र बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी, कति चाहिन्छ योग्यता ?

राष्ट्र बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी, कति चाहिन्छ योग्यता ?

नेपाल राष्ट्र बैंकले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । केन्द्रीय बैंकले केही पदका लागि दरखास्त आह्वान गरेको हो ।...

#कर्मचारी
Compare →
Ekantipur
6d ago
प्रहरी र कर्मचारीमा उकुसमुकुस, न्यायालय पनि तरंगित

प्रहरी र कर्मचारीमा उकुसमुकुस, न्यायालय पनि तरंगित

कर्मचारीलाई नियन्त्रणमा लिएर निर्णय हेरफेर र हठात् आईजीपी परिवर्तनका घटना तथा न्यायाधीशविरुद्ध महाभियोगको चर्चाले निजामती, प्रहरी संगठन र न्यायालयमा अन्योल छाएको छ । ‘सरकारी कारबाही’ कुन बेला कोमाथि हुन्छ भन्ने त्रासमा कर्मचारी गुज्रिरहेका छन् ।

#कर्मचारी
Compare →

Related Stories

Technology
Build #2611