Trending
Prev Story
Next Story

भदौसम्म जीवन बीमाको साढे २ अर्ब रुपैयाँभन्दा बढी समर्पण

Arthasansar •
October 14, 2026 • 05:20 PM
1
1 reads 0 reactions

चालु आर्थिक वर्ष २०८३/८४ को भदौसम्म जीवन बीमा कम्पनीहरूले बीमालेख समर्पणबापत २ अर्ब ५७ करोड रुपैयाँभन्दा बढी रकम बीमितलाई भुक्तानी...

भदौसम्म जीवन बीमाको साढे २ अर्ब रुपैयाँभन्दा बढी समर्पण

चालु आर्थिक वर्ष २०८३/८४ को भदौसम्म जीवन बीमा कम्पनीहरूले बीमालेख समर्पणबापत २ अर्ब ५७ करोड रुपैयाँभन्दा बढी रकम बीमितलाई भुक्तानी गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार समीक्षा अवधिमा १४ हजार ९९६ वटा बीमालेख समर्पण हुँदा कम्पनीहरूले बीमितलाई २ अर्ब ५७ करोड ४३ लाख रुपैयाँ भुक्तानी गरेका हुन्।

गत आर्थिक वर्ष २०८२/८३ को भदौसम्म १५ हजार ८९८ वटा बीमालेख समर्पण भएका थिए। त्यसबापत बीमा कम्पनीहरूले २ अर्ब ५० करोड ७ लाख रुपैयाँ भुक्तानी गरेका थिए। अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको समीक्षा अवधिमा बीमालेख समर्पणको संख्या ५.६७ प्रतिशतले घटेको छ भने समर्पणबापत भुक्तानी भएको रकम २.९४ प्रतिशतले बढेको छ।

यसैगरी, समीक्षा अवधिमा जीवन बीमा कम्पनीहरूमा व्यतित बीमालेखको संख्या र त्यसबापत उठाउन बाँकी रकम दुवै घटेको छ। चालु आर्थिक वर्षको भदौसम्म १० लाख १० हजार ९९६ वटा व्यतित बीमालेखबापत ३५ अर्ब ५९ करोड ६९ लाख रुपैयाँ उठाउन बाँकी रहेको प्राधिकरणको तथ्यांकले देखाएको छ।

गत आर्थिक वर्षको भदौसम्म १२ लाख १३ हजार ५६२ वटा व्यतित बीमालेखबापत ३६ अर्ब ४३ करोड ४७ लाख रुपैयाँ उठाउन बाँकी थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा व्यतित बीमालेखको संख्या १६.६९ प्रतिशतले घटेको छ भने उठाउन बाँकी रकम २.३० प्रतिशतले कम भएको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
14h ago
जीवन बीमामा सरेन्डरको दबाब कायमै, तीन महिनामै ३ अर्ब ८९ करोड बाहिरियो

जीवन बीमामा सरेन्डरको दबाब कायमै, तीन महिनामै ३ अर्ब ८९ करोड बाहिरियो

काठमाण्डौ । जीवन बीमा कम्पनीहरूमा बीमालेख समर्पण (सरेन्डर) गर्ने प्रवृत्ति अझै बढ्दो देखिएको छ। चालु आर्थिक वर्ष २०८३/८४...

#बीमालेख #समर्पण #जीवन
Compare →
Ekantipur
20h ago
जीवन बीमा कम्पनीहरूमा कसले देला धेरै लाभांश?

जीवन बीमा कम्पनीहरूमा कसले देला धेरै लाभांश?

सार्वजनिक विवरणका आधारमा हेर्दा यी कम्पनीहरूको लाभांश क्षमता औसतमा करिब १४ प्रतिशत देखिन्छ ।

#बीमा #जीवन
Compare →
Hamro Patro News
4d ago
तनहुँमा साढे २ लाखभन्दा बढी पशुपन्छीको बीमा, ६९ करोडको जोखिम सुरक्षण

तनहुँमा साढे २ लाखभन्दा बढी पशुपन्छीको बीमा, ६९ करोडको जोखिम सुरक्षण

तनहुँ । तनहुँमा दुई लाख ६१ हजारभन्दा बढी पशुपन्छी तथा जलचरको बीमा गरिएको छ । पशुधनमा हुन सक्ने जोखिम न्यूनीकरण गरी पशुपालक किसानलाई सम्भावित आर्थिक क्षतिबाट जोगाउने उद्देश्यले जिल्लामा पशु बीमा कार...

#बीमा #साढे
Compare →
Onlinekhabar
1w ago
‘बैंकको मुद्दतीभन्दा जीवन बीमाको प्रतिफल बढी छ’

‘बैंकको मुद्दतीभन्दा जीवन बीमाको प्रतिफल बढी छ’

गत असारमा आएको भोटेकोशी बाढीका कारण मुलुकले ठूलो मानवीय क्षति बेहोर्‍यो । यसको असर जीवन बीमा कम्पनीहरूसहित पुनर्बीमामा पनि पर्नेछ । यिनै सन्दर्भ जोड्दै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका सीईओ प्रविणरमण पराजुलीसँग अनलाइनखबरका लागि कमल नेपालले …

#बीमा #जीवन
Compare →
Nagarik News
4d ago
पशुपन्छीको बीमा गर्दै किसान

पशुपन्छीको बीमा गर्दै किसान

तनहुँमा पशुधनको जोखिम न्यूनीकरण तथा पशुपालक किसानलाई सम्भावित आर्थिक क्षतिबाट जोगाउने उद्देश्यले पशु बीमा कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

#बीमा
Compare →

Related Stories

National (Nepal)
Build #2612