भद्रपुर (झापा) । पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री। फूलको स्याहारमा व्यस्त महिला। झापाको शिवसताक्षी नगरपालिका–१० ट्याक्रमको दृश्य हो यो। बारीभरि फुलेका सयपत्रीले तिहार आगमनको मात्र सङ्केत गर्दैनन्, आफ्नै श्रमबाट आम्दानी गर्ने स्थानीय महिलाको सपना पनि उजागर गर्छ।
एकातिर आफ्नै गाउँमा रोजगारीको अवसर, अर्कोतिर सामूहिक प्रयासबाट आत्मनिर्भर बन्ने आशा। यही उद्देश्यसहित स्थानीय महिलाले छ कठ्ठा जमिनमा १० हजार सयपत्रीका बिरुवा हुर्काएका छन्। फूल राम्रोसँग फुलेपछि उनीहरू यस वर्ष तिहारमा राम्रो आम्दानी हुने अपेक्षामा छन्।
स्रोतमा पूरा पढ्नुहोस् ( nepalviews.com )