Trending
Prev Story
Next Story

चल्न नपाउँदै जीर्ण बने करोडौँका नगरबस

Nagarik News •
October 13, 2026 • 06:20:07 PM
1
1 reads 0 reactions

नेपालगञ्ज उपमहानगरपालिकाले नगरवासीको सहजताको लागि खरिद गरेका करोडौँ मूल्यका नगरबस सञ्चालन नहुँदा जीर्ण बन्दै गएका छन्।

चल्न नपाउँदै जीर्ण बने करोडौँका नगरबस

नेपालगञ्ज उपमहानगरपालिकाले नगरवासीको सहजताको लागि खरिद गरेका करोडौँ मूल्यका नगरबस सञ्चालन नहुँदा जीर्ण बन्दै गएका छन्।

उपमहानगरपालिकाले आर्थिक वर्ष २०७५/७६ मा चार थान ४१ सिटे र तीन थान ३६ सिटे बस रु तीन करोड ५८ लाख ११ हजार ४१५ मा खरिद गरेको थियो।

खरिद गरेको आठ वर्षमै नगरबस प्रयोगविहीन अवस्थामा पुगेको नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले बताए।

उनका अनुसार विशेष अनुदानको रकमबाट बस खरिद गरिएकाले महिला सहचालक राखी सुरुआतमा उपमहानगरपालिका आफैँले सञ्चालन गरे पनि खर्च धान्न नसक्ने देखेपछि बसपार्क र सातवटा बस सञ्चालनका लागि ‘टेन्डर’ आह्वान गरिएको थियो।

सात वटा बसको वार्षिक ५० लाख र नेपालगञ्ज बसपार्कको पार्किङ शुल्क ५१ लाख न्यूनतम मूल्य कायम गरी टेन्डर आह्वान भएकामा शिवशक्ति जनरल अर्डर सप्लायर्सले वार्षिक  एक करोड ३७ लाख ५१ हजारमा ठेक्का स्वीकार गरेको थियो।

बस सञ्चालनमा घाटा भएपछि ठेकेदार कम्पनीले नगरबस बसपार्कमा थन्क्याएको प्रवक्ता रिजालले जानकारी दिए।

तीन वर्षदेखि थन्काएर राखिएका बस पुनःसञ्चालनको लागि उपमहानगर कार्यपालिका बेर्डले वडा नं. ४ का वडाध्यक्ष गोपाल पुनको संयोजकत्वमा अध्ययन समिति गठन गरेको थियो। समितिको म्याद सकियो तर प्रतिवेदन हालसम्म बुझाएको छैन।

समितिका संयोजक गोपाल पुनले घरायसी कामले समयमा प्रतिवेदन बुझाउन नसकिएको बताए। समितिको म्याद थप नभएकाले काम गर्न नसकिएको उल्लेख गर्दै उनले नगरबस हाल जीर्ण हुँदै गएकाले सामान्य अवस्थामा सञ्चालन गर्न नसकिने बताए।

‘लामो समयदेखि थन्क्याएर राखिएका बस अब सञ्चालन हुने अवस्थामा ल्याउनै लाखौँ रुपैयाँ खर्च हुने देखिएको छ’, पुनले भने, ‘नगरवासीलाई सुविधा दिन सञ्चालन गर्ने भनिएका नगरबस सेवाभन्दा बढी प्रचारवाजी गरियो, बस सञ्चालनका लागि छुट्टै व्यवस्थापनको खाँचो छ।’

लक्षित वर्गका लागि प्राप्त अनुदानमा नगरबस खरिद गरी राज्यको धनराशि खर्च भए पनि उपलब्धि नभएको भन्दै नगरवासीले चिन्ता र चासो व्यक्त गरेका छन्।

नागरिक सरोकार मञ्चका संयोजक कृष्णप्रसाद श्रेष्ठले विपन्नका लागि आएको बजेटबाट किनिएका बस अहिले थन्क्याएर राख्नु सहरकै प्रतिष्ठामा आँच आउने विषय भएको बताए।

प्रकाशित: २७ आश्विन २०८३ १९:२८ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Ekantipur
1d ago
सिम्ले-चतरा मोटरबोट बन्द, जीर्ण झोलुङ्गे पुलबाट आउजाउ

सिम्ले-चतरा मोटरबोट बन्द, जीर्ण झोलुङ्गे पुलबाट आउजाउ

सप्तकोशीमा तीन जनाको ज्यान जानेगरी मोटरबोट दुर्घटना भएपछि जल यातायात बन्द हुँदा सहिदभूमिका बासिन्दा २०२६ सालमा बनेको जीर्ण पुलमा निर्भर छन्।

#जीर्ण
Compare →
Hamro Patro News
6d ago
करोडौँ खर्चिए पनि सोरुका बस्तीमा पुगेन खानेपानी

करोडौँ खर्चिए पनि सोरुका बस्तीमा पुगेन खानेपानी

मुगु – मुगुको सोरु गाउँपालिकाका ग्रामीण बस्तीमा खानेपानीको सहज पहुँच पुर्‍याउने उद्देश्यले करोडौँ रुपैयाँ लगानीमा निर्माण थालिएको बृहत् खानेपानी आयोजना वर्षौँ बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन। आ...

#करोडौँ
Compare →

Related Stories

National (Nepal)
Build #2611