Trending
Prev Story
Next Story

तीन वर्षमा क्यूआर भुक्तानीको रकम १६६ प्रतिशतले बढ्यो

Ekantipur •
October 09, 2026 • 10:56 AM
1
1 reads 0 reactions

राष्ट्र बैंकको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/८१ को असारदेखि २०८३/८४ को साउनसम्म क्यूआर भुक्तानीको रकम र कारोबार संख्या तीव्र रूपमा बढेको छ। यही अवधिमा मोबाइल बैंकिङ र वालेट कारोबारको रकम पनि वृद्धि भएको छ।

तीन वर्षमा क्यूआर भुक्तानीको रकम १६६ प्रतिशतले बढ्यो

राष्ट्र बैंकको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/८१ को असारदेखि २०८३/८४ को साउनसम्म क्यूआर भुक्तानीको रकम र कारोबार संख्या तीव्र रूपमा बढेको छ। यही अवधिमा मोबाइल बैंकिङ र वालेट कारोबारको रकम पनि वृद्धि भएको छ।

काठमाडौँ — नेपालमा डिजिटल भुक्तानीको विस्तारसँगै क्यूआर, मोबाइल बैंकिङ र वालेटमार्फत हुने कारोबार बढेको छ। नेपाल राष्ट्र बैंकको मासिक तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८३/८४ को साउनमा मोबाइल बैंकिङमार्फत ५ खर्ब ८० अर्ब ५६ करोड ३० लाख रुपैयाँ बराबरका ७ करोड ८६ लाख ५३ हजार ७ सय १९ कारोबार भएका थिए।

सोही महिनामा वालेटमार्फत ४८ अर्ब ५९ करोड ४० लाख रुपैयाँ बराबरका ५ करोड ३० लाख ६ हजार ७ सय ६९ कारोबार भएका थिए। क्यूआर–बेस्ड पेमेन्टमार्फत १ खर्ब ६४ अर्ब ४२ करोड ७ लाख रुपैयाँ बराबरका ७ करोड २४ लाख ३८ हजार ३ सय २ कारोबार सम्पन्न भएका थिए।

तीन वर्षअघि आर्थिक वर्ष २०८०/८१ को असारमा मोबाइल बैंकिङबाट ४ करोड ५६ लाख ६९ हजार ३ सय १ कारोबारमार्फत ३ खर्ब ७३ अर्ब ७८ करोड रुपैयाँ कारोबार भएको थियो। त्यतिबेला वालेटबाट ३८ अर्ब १४ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो। क्यूआर भुक्तानी ३ करोड २१ लाख ५ हजार ९ सय १७ पटक र ६१ अर्ब ७३ करोड ७ लाख रुपैयाँ बराबर थियो।

यस अवधिमा क्यूआर भुक्तानीको कारोबार संख्या २४७.८३ प्रतिशत र रकम १६६.३३ प्रतिशतले बढेको छ। मोबाइल बैंकिङको कारोबार रकम ५५.२४ प्रतिशत तथा वालेटको कारोबार रकम २७.३९ प्रतिशतले वृद्धि भएको छ।

डिजिटल वालेटका प्रयोगकर्ता २ करोड ८३ लाख पुगेका छन्। सन् २०२० मा यस्तो संख्या ६३ लाख थियो। मोबाइल बैंकिङ प्रयोगकर्ता ३ करोडभन्दा बढी रहेको फिनटेक अलायन्स नेपालले जनाएको छ। सन् २०२० मा मासिक २ लाखभन्दा कम रहेको क्यूआर कारोबार अहिले ५ करोड ९३ लाख पुगेको अलायन्सको भनाइ छ।

क्यूआर भुक्तानीको विस्तारले व्यापारिक किनमेलदेखि सामाजिक तथा आपत्कालीन कार्यसम्म रकम पठाउन सहज बनाएको छ। भोटेकोशीमा आएको बाढीपछि पुनर्निर्माणका लागि जारी राहत अभियानमा फोनपे, एनसीएचएल र ई–सेवाजस्ता माध्यमका क्यूआरमार्फत राहत रकम संकलन गरिएको थियो।

विस्तृतमा पढ्नुहोस् : मोबाइलमै आउँछ खुसीको दक्षिणा

सजना बराल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सञ्चार,सूचना प्रविधि बिटमा कलम चलाउँछिन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
8h ago
प्रधानमन्त्री बालेनको भारत भ्रमणमा खुल्ला नेपालीलाई क्यूआर भुक्तानी ?

प्रधानमन्त्री बालेनको भारत भ्रमणमा खुल्ला नेपालीलाई क्यूआर भुक्तानी ?

२७ कात्तिक, काठमाडौं । नेपालीले भारतमा क्यूआर मार्फत भुक्तानी गर्न सक्ने व्यवस्था गर्न दुई देशबीच सम्झौता भएको ३ वर्ष बितिसक्दा पनि कार्यान्वयनमा आउन सकेको छैन । भारतीयले नेपालमा क्यूआर मार्फत भुक्तानी गर्न सक्ने भए पनि नेपालीलाई …

#क्यूआर #भुक्तानी
Compare →
Hamro Patro News
6d ago
पोखरा विमानस्थलको भुक्तानी र चिनियाँ ऋणको विवरण झिकाउन विशेष अदालतको आदेश

पोखरा विमानस्थलको भुक्तानी र चिनियाँ ऋणको विवरण झिकाउन विशेष अदालतको आदेश

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भुक्तानी तथा चीनबाट लिइएको ऋणको विवरण झिकाउन विशेष अदालतले आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य तथा सदस्यद्वय डिल्लीरत्न श्रेष्ठ र उमेश...

#भुक्तानी
Compare →
Bizshala
1w ago
चीनको एक्जिम बैंकबाट लिएको ऋण र भुक्तानी विवरण पेस गर्न विशेष अदालतको आदेश

चीनको एक्जिम बैंकबाट लिएको ऋण र भुक्तानी विवरण पेस गर्न विशेष अदालतको आदेश

काठमाण्डौ । विशेष अदालतले नेपाल सरकारले चीनको एक्जिम बैंकबाट लिएको ऋण, त्यसको भुक्तानी प्रक्रिया तथा किस्तागत विवरण...

#भुक्तानी
Compare →

Related Stories

World News
Build #2611