Trending
Prev Story
Next Story

'प्यालेस्टाइन एक्सन'लाई समर्थन गर्दा बेलायतमा स्याली रूनीका पुस्तकको बिक्री रोकिँदै

Ekantipur •
October 15, 2026 • 09:50 AM
1
1 reads 0 reactions

'प्यालेस्टाइन एक्सन' लाई सहयोग गर्ने अडान लिएपछि आइरिस लेखिका स्याली रूनीका पुस्तक बेलायतमा वितरण नगर्ने निर्णय प्रकाशक फेबर एन्ड फेबरले गरेको छ । रूनीका ‘नर्मल पिपल’, ‘कन्भर्सेसन्स विथ फ्रेन्ड्स’ र ‘ब्युटिफुल वर्ल्ड, ह्वेयर आर यू’ जस्ता चर्चित उपन्यास प्रकाशित छन् ।

'प्यालेस्टाइन एक्सन'लाई समर्थन गर्दा बेलायतमा स्याली रूनीका पुस्तकको बिक्री रोकिँदै

'प्यालेस्टाइन एक्सन' लाई सहयोग गर्ने अडान लिएपछि आइरिस लेखिका स्याली रूनीका पुस्तक बेलायतमा वितरण नगर्ने निर्णय प्रकाशक फेबर एन्ड फेबरले गरेको छ । रूनीका ‘नर्मल पिपल’, ‘कन्भर्सेसन्स विथ फ्रेन्ड्स’ र ‘ब्युटिफुल वर्ल्ड, ह्वेयर आर यू’ जस्ता चर्चित उपन्यास प्रकाशित छन् ।

काठमाडौँ — 'प्यालेस्टाइन एक्सन'लाई समर्थन गरेको भन्दै आइरिस उपन्यासकार स्याली रूनीका पुस्तकलाई बेलायतमा बिक्री वितरणमा रोक लगाइने भएको छ । प्रकाशन गृह फेबर एन्ड फेबरले रूनीका पुस्तक बेलायतमा वितरण नगर्ने निर्णय गरेको छ ।

'प्यालेस्टाइन एक्सन'लाई समर्थन गरेको र बेलायतको आतंकवादविरोधी कानुनका कारण पुस्तक बिक्रीबाट प्राप्त रकम लेखिकालाई दिन नसक्ने अवस्था आएको भन्दै प्रकाशकले यस्तो निर्णय गरेको हो ।

बेलायत सरकारले सन् २०२५ जुलाईमा 'प्यालेस्टाइन एक्सन'लाई आतंकवादी संगठन घोषणा गरेको थियो । त्यसको एक महिनापछि रूनीले उक्त समूहलाई समर्थन जारी राख्ने बताएकी थिइन् । आयरल्यान्डको मेयो काउन्टीमा बस्दै आएकी उनले आफ्नो पुस्तक बिक्रीबाट प्राप्त रकम पनि उक्त समूहलाई सहयोग गर्न प्रयोग गर्ने बताएकी थिइन् ।

बेलायतको आतंकवाद ऐनअन्तर्गत प्रतिबन्धित संगठनलाई समर्थन गर्नु अपराध मानिन्छ । पक्राउ पर्न सक्ने आशंकामा रूनीले पुरस्कार ग्रहण गर्न बेलायत जाने कार्यक्रमसमेत रद्द गरेकी थिइन् ।

बुधबार जारी वक्तव्यमा रूनीले बेलायतमा आफ्ना पुस्तक प्रकाशनसम्बन्धी सम्झौता कार्यान्वयन गर्नु गम्भीर आपराधिक कसुर हुन सक्ने अवस्था आएको बताएकी छन् । उनले आफूले आफ्ना विश्वास र अभिप्रायबारे सार्वजनिक रूपमा इमानदार रहने प्रयास गरेको र त्यसका परिणाम स्वीकार गर्न तयार रहेको उल्लेख गरेकी छन् । ‘मैले आफ्ना विश्वास र अभिप्रायबारे जनतासँग इमानदार रहने हरसम्भव प्रयास गरेकी छु र त्यसका परिणाम स्वीकार गर्न पूर्ण रूपमा तयार छु,’ रूनीले भनेकी छन् ।

द आइरिस टाइम्स का अनुसार प्रकाशक फेबर एन्ड फेबरले पनि बेलायतको विद्यमान कानुनका कारण रूनीलाई पुस्तक बिक्रीबाट प्राप्त रकम दिन नसक्ने अवस्था बनेको जनाएको छ । लेखकको पुस्तक बिक्री गरेर पनि त्यसको आम्दानी दिन नसक्नु प्रकाशकका लागि अस्वीकार्य अवस्था भएको भन्दै दुवै पक्षको सहमतिमा बेलायतमा कुनै पनि स्वरूपमा उनका पुस्तक वितरण नगर्ने निर्णय गरिएको प्रकाशकले जनाएको छ ।

‘नर्मल पिपल’, ‘कन्भर्सेसन्स विथ फ्रेन्ड्स’, ‘ब्युटिफुल वर्ल्ड, ह्वेयर आर यू’ र ‘इन्टरमेजो’ रूनीका चर्चित उपन्यास हुन् । बीबीसीका अनुसार उनका पुस्तकको विश्वव्यापी बिक्री ६० लाख प्रति नाघेको छ । तीमध्ये २३ लाख प्रति मात्र बेलायतमा बिक्री भएका छन् ।

बीबीसी का अनुसार बेलायतमा रूनीका ई-बुक संस्करणको बिक्री रोकिसकिएको छ । तर, पुस्तक पसलमा मौज्दात रहेका छापिएका प्रति भने बिक्री गर्न पाइनेछ । पुस्तक विक्रेता वाटरस्टोन्सले पनि हाल पसलमा रहेका प्रति बिक्री गर्न कुनै प्रतिबन्ध नरहेको पुष्टि गरेको बीबीसीले जनाएको छ ।

रूनीले यसअघि पनि बेलायतमा आफ्ना पुस्तक पसलबाट हराउन सक्ने र नयाँ पुस्तक प्रकाशनमा अवरोध आउन सक्ने बताएकी थिइन् । प्यालेस्टाइन एक्सनकी सहसंस्थापक हुडा अमोरीले प्रतिबन्ध लगाउने योजना सार्वजनिक भएदेखि नै रूनीले साहसी र सिद्धान्तनिष्ठ अडान लिएको बताएकी छन् । उनका पुस्तक बिक्रीबाट हटाइनुलाई अमोरीले 'प्यालेस्टाइन एक्सन'माथिको प्रतिबन्धका कारण अभिव्यक्ति स्वतन्त्रतामाथि भइरहेको आक्रमणको अर्को उदाहरण भनेकी छन् ।

बेलायत सरकारले 'प्यालेस्टाइन एक्सन'को आपराधिक गतिविधिको इतिहास रहेको र उक्त समूहले गाजामा इजरायलको युद्धसँग सम्बन्धित हतियार कम्पनीहरूलाई निशाना बनाएको भन्दै प्रतिबन्ध लगाएको थियो ।

बीबीसीका अनुसार उक्त समूहलाई समर्थन गरेको आरोपमा बेलायतमा ३ हजार ७ सयभन्दा बढी व्यक्ति पक्राउ परेको अनुमान छ । करिब २ हजार ५ सय जनाविरुद्ध अभियोग लगाइएको छ । प्रतिबन्धविरुद्धको कानुनी चुनौती जारी रहेकाले मुद्दाहरूको सुनुवाइ भने अघि बढेको छैन । यस विषयमा आगामी महिना बेलायतको सर्वोच्च अदालतमा सुनुवाइ हुने बीबीसीले जनाएको छ ।

सन् २०१८ मा प्रकाशित रूनीको उपन्यास ‘नर्मल पिपल’ मा आधारित टेलिभिजन शृंखलाले पनि अन्तर्राष्ट्रिय चर्चा पाएको थियो । उक्त शृंखलाबाट अभिनेता पल मेस्कल र अभिनेत्री डेजी एडगर जोन्सको अभिनय करिअरले थप गति लिएको थियो ।

प्यालेस्टाइन एक्सन  बेलायतमा सन् २०२० मा स्थापना भएको प्यालेस्टाइन समर्थक प्रत्यक्ष अभियान समूह हो। यसले इजरायललाई हतियार तथा सैन्य सामग्री आपूर्ति गर्ने कम्पनीहरूलाई लक्षित गर्दै प्यालेस्टाइनमाथिको इजरायली सैन्य कारबाहीको विरोध गर्दै आएको छ। समूहले हतियार उद्योगसँग सम्बन्धित कम्पनीका कार्यालय तथा कारखानामा विरोध प्रदर्शन र तोडफोडसमेत गर्दै आएको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
1d ago
एआई लिखित पुस्तक घोटाला : तमिलनाडुको नवनिर्मित भव्य पुस्तकालय विवादमा

एआई लिखित पुस्तक घोटाला : तमिलनाडुको नवनिर्मित भव्य पुस्तकालय विवादमा

२६ कात्तिक, काठमाडौं । भारतको दक्षिणी राज्य तमिलनाडुमा रहेको एक सार्वजनिक पुस्तकालयले एआई प्रयोग गरेर तयार पारिएको आशंका गरिएका सयौँ पुस्तक खरिद गरेको आरोप लागेपछि भारतीय अदालतले अनुसन्धान गर्न आदेश दिएको छ। कोयम्बटुर शहरमा भर्खरै उद्घाटन …

#पुस्तक
Compare →
Hamro Patro News
2d ago
बेलायतमा अमेरिकी सैनिक पक्राउ, रुसका लागि जासुसी गरेको आरोप

बेलायतमा अमेरिकी सैनिक पक्राउ, रुसका लागि जासुसी गरेको आरोप

काठमाडौं- रुसका लागि जासुसी गरेको आशंकामा बेलायतमा एक अमेरिकी सैनिक पक्राउ परेका छन् । लन्डन प्रहरीले मंगलबार दिएको जानकारीअनुसार ४१ वर्षीय ती सैनिकलाई बेलायतको ग्लुसेस्टर नजिकैबाट पक्राउ गरिएको हो...

#बेलायत
Compare →
Nagarik News
1w ago
घर फर्किने दिन अचानक सम्पर्कविहीन भएका तीन बेलायती महिला भेटिए

घर फर्किने दिन अचानक सम्पर्कविहीन भएका तीन बेलायती महिला भेटिए

निर्धारित समयमा बेलायत नफर्किएपछि उनीहरूका परिवारले प्रहरीमा खबर गरेका थिए। त्यसपछि प्रहरीले उनीहरूको खोजी सुरु गरेको थियो।

#बेलायत
Compare →

Related Stories

National (Nepal)
Build #2612