Trending
Prev Story
Next Story

सुदूरपश्चिमविरुद्ध लुम्बिनी लायन्सको उत्कृष्ट बलिङ

Ekantipur •
October 26, 2026 • 01:00 PM
1
1 reads 0 reactions

लुम्बिनीका कप्तान रोहित पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेपछि ब्याटिङको निम्ता पाएको सुदूरपश्चिम १७.२ ओभरमा अलआउट भयो ।

सुदूरपश्चिमविरुद्ध लुम्बिनी लायन्सको उत्कृष्ट बलिङ

लुम्बिनीका कप्तान रोहित पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेपछि ब्याटिङको निम्ता पाएको सुदूरपश्चिम १७.२ ओभरमा अलआउट भयो ।

काठमाडौँ — किशोर महतो र शेर मल्लको उत्कृष्ट बलिङ प्रदर्शनपछि च्याम्पियन लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा उत्कृष्ट सुरुआत गरेको छ । किशोरले ४ र शेरले ३ विकेट लिएपछि लुम्बिनीले पहिलो दिनको खेलमा सुदूरपश्चिमलाई केवल ८७ रनमै अलआउट गरेको छ ।

लुम्बिनीका कप्तान रोहित पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेपछि ब्याटिङको निम्ता पाएको सुदूरपश्चिम १७.२ ओभरमा अलआउट भयो ।

दाहिने हाते तीव्र बलर किशोरले ४ ओभरमा २८ रन खर्चेर उत्कृष्ट बलिङ गरे । गत सिजन १७ विकेट लिएर सनसनी बलिङ गरेका अफ स्पिनर शेरले ३ ओभरमा १० रनमात्र खर्चेर ३ विकेट लिएका हुन् ।

पावर प्लेको ६ ओभरमा शीर्ष ४ विकेट गुमाएपछि सुदूरपश्चिम फेरि माथि उठ्न सकेन । शेर मल्लले चौथो ओभरमा विनोद भण्डारीलाई एलबीडब्लु आउट गरे भने किशोरले आरिफ शेखलाई शून्य र ब्रान्डन म्याकमलेनलाई २ रनमा आउट गरी एकै ओभरमा दुई सफलता पाए ।

सुदूरपश्चिमको टोलीमा फर्किएका सैफ जैब पनि १४ बलमा २ चौका प्रहार गरी १३ रन बनाई छैटौं ओभरमा अमेरिकी बलर स्याडली भान साकवाईबाट आउट भए । तिलक भण्डारीले इशान पाण्डेलाई ७ रनमा आउट गरी नवौं ओभरमा लुम्बिनीलाई पाँचौं सफलता दिलाए ।

शेरले सेरफेन रदरफोर्डलाई १ र स्कट कुग्लेनलाई शून्यमा आउट गरे । किशोरले लगातार बलमा कप्तान दीपेन्द्रसिंह ऐरी र हेमन्त धामीलाई बोल्ड गरी ह्याट्रिक नजिक पुगे । दीपेन्द्रले सुदूरपश्चिमबाट सर्वाधिक २७ रन बनाउने क्रममा २३ बल खेली २ चौका प्रहार गरे । हेमन्तले खाता खोल्न भ्याएनन् ।

कप्तान रोहित पौडेलले अविनाश बोहरालाई बोल्ड गरे । अनिल खरेल १५ रनमा अविजित रहे । गत सिजनमा लुम्बिनीले सुदूरपश्चिमलाई फाइनलमा ६ विकेटले पराजित गर्दै उपाधि जितेको थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Arthasansar
15h ago
एनपीएल क्रिकेट : टस जितेर काठमान्डु बलिङमा, सुदूरपश्चिम ब्याटिङ गर्दै

एनपीएल क्रिकेट : टस जितेर काठमान्डु बलिङमा, सुदूरपश्चिम ब्याटिङ गर्दै

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत शुक्रबारको पहिलो खेलमा काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच खेल हुँदैछ । काठमान्डुले टस जितेर...

#क्रिकेट #सुदूरपश्चिम #बलिङ
Compare →
Hamro Patro News
1d ago
कर्णालीले लुम्बिनीलाई दियो १०६ रनको सामान्य लक्ष्य

कर्णालीले लुम्बिनीलाई दियो १०६ रनको सामान्य लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली याक्सले साविक विजेता लुम्बिनी लायन्सलाई १०६ रनको सामान्य लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेक...

#लुम्बिनी #क्रिकेट
Compare →
Nagarik News
1d ago
कर्णालीलाई ४ विकेटले हराउँदै लुम्बिनी लायन्स प्लेअफमा

कर्णालीलाई ४ विकेटले हराउँदै लुम्बिनी लायन्स प्लेअफमा

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा प्रवेश गरेको छ।

#लुम्बिनी #लायन्स
Compare →
Onlinekhabar
20h ago
एनपीएलमा आज काठमान्डु र सुदूरपश्चिम तथा चितवन र जनकपुर खेल्ने

एनपीएलमा आज काठमान्डु र सुदूरपश्चिम तथा चितवन र जनकपुर खेल्ने

२७ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज पनि दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्स भिड्ने छन् …

#क्रिकेट #सुदूरपश्चिम
Compare →

Related Stories

Sports
Build #2611