Trending
Prev Story
Next Story

अलकत्रा प्लान्टमा आ’गलागी हुँदा २० लाखको क्षति

Nagarik News •
October 26, 2026 • 11:59 AM
1
1 reads 0 reactions

अलकत्रा प्लान्टमा आगलागी हुँदा एक जना घाइते भएको छन् भने करिब २० लाख रूपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

अलकत्रा प्लान्टमा आ’गलागी हुँदा २० लाखको क्षति

झापाको शिवसताक्षी नगरपालिका–१० टेक्रास्थित पार्वती अम्बिका कन्स्ट्रक्सन प्रालिको अलकत्रा प्लान्टमा आगलागी हुँदा एक जना घाइते भएको छन् भने करिब २० लाख रूपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक मुन्नाकुमार अधिकारीका अनुसार आइतबार साँझ करिब ७ः२० बजे सुरु भएको आगलागी आज बिहान करिब ६ बजे मात्र पूर्ण रूपमा नियन्त्रणमा आएको हो।

प्लान्टमा कालोपत्रे गर्न प्रयोग गरिने लाइट डिजेल आयल भण्डारण गरिएको स्थानमा आगलागी हुँदा मौज्दात रहेको साढे नौ हजार लिटर डिजेल पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

आगलागीबाट अलकत्रा लोड गरिएको को १ ख १८०० नम्बरको ट्रकमा क्षति पुगेको छ। ट्रकमा मात्रै करिब दुई लाख रूपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण रहेको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए।

आगलागीमा परी ट्रक चालक इलामको माङसेबुङ गाउँपालिका–३ का ३५ वर्षीय काफियात राई घाइते भएका छन्। उनको खुट्टा तथा शरीरका विभिन्न भागमा आगोले पोलेको प्रहरीले जनाएको छ।

प्रज्वलनशील पदार्थमा आगलागी भएकाले नियन्त्रणमा लिन कठिनाइ भएको प्रहरीले जनाएको छ। आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको र आगलागीको कारण खुल्न नसकेको प्रहरी निरीक्षक अधिकारीले बताए।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित: ९ कार्तिक २०८३ १७:४४ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
4d ago
नेपालगन्जमा बिद्युत सर्ट भएर आगलागी हुँदा करोडौं क्षति

नेपालगन्जमा बिद्युत सर्ट भएर आगलागी हुँदा करोडौं क्षति

नेपालगन्जमा भएको आगलागीबाट करोडौं रुपैयाँ बराबरको क्षति भएको छ । जिल्लाको जानकी–३ स्थित ‘जेएस स्कुल’ नजिक रहेको स्थानीय तुलसा बस्नेतको घरमा रहेको लक्ष्मी बिजुली भण्डार एण्ड सप्लासर्य र जय हुनमान ट्...

#आगलागी #क्षति #गलागी
Compare →
Onlinekhabar
1d ago
मोरङको सुनवर्षीमा आगलागीबाट एक घरमा क्षति, एक जना घाइते

मोरङको सुनवर्षीमा आगलागीबाट एक घरमा क्षति, एक जना घाइते

२६ कात्तिक, काठमाडौं । मोरङको सुनवर्षी नगरपालिका-६ प्रगति टोलस्थित एक घरमा आगलागी हुँदा एक जना घाइते भएका छन् । मोरङका प्रहरी निरीक्षक बद्री दाहालका अनुसार गएराति सवा ८ बजे स्थानीय ७५ वर्षीय दिलबहादुर कार्कीको काठको दुई …

#आगलागी #गलागी #क्षति
Compare →
Bizshala
1d ago
मोरङमा पटका पड्काउँदा पाँच ५ घर जले, एक करोड बढीको क्षतिको अनुमान

मोरङमा पटका पड्काउँदा पाँच ५ घर जले, एक करोड बढीको क्षतिको अनुमान

काठमाण्डौ । मोरङको सुनवर्षी नगरपालिका–६ झपडतलमा बुधबार साँझ भएको आगलागीबाट घरसहित पाँच संरचना जलेर नष्ट भएका छन् ।...

#आगलागी #क्षति
Compare →
Ekantipur
4d ago
भारतमा आगलागीका घटनामा १८ जनाको मृत्यु

भारतमा आगलागीका घटनामा १८ जनाको मृत्यु

दुई घटना मध्यप्रदेश राज्यका सिओनी र कटनी जिल्लामा भएका हुन् भने एक घटना दक्षिण–पश्चिम राज्य महाराष्ट्रको धाराशिव जिल्लामा भएको हो ।

#आगलागी #गलागी
Compare →

Related Stories

Technology
Build #2611