Trending
Prev Story
Next Story

चार वटा काठेपुल राखेर खुलाइयो चुम जाने बाटो

Ekantipur •
October 26, 2026 • 12:30 PM
1
1 reads 0 reactions

२५ असोजको बाढीले चुमनुव्री–६ चुम्चेतस्थित सर्दिभिरको क्यान्टिलिभर (भिर खोपेर बनाएको पुल) र नजिकैको झोलुङ्गे पुल बगाएपछि आउजाउ ठप्प भएको थियो ।

चार वटा काठेपुल राखेर खुलाइयो चुम जाने बाटो

२५ असोजको बाढीले चुमनुव्री–६ चुम्चेतस्थित सर्दिभिरको क्यान्टिलिभर (भिर खोपेर बनाएको पुल) र नजिकैको झोलुङ्गे पुल बगाएपछि आउजाउ ठप्प भएको थियो ।

गोरखा — चार वटा काठे पुल राखेर उत्तरी गोरखाको चुम जाने बाटो खुलाइएको छ । २५ असोजको बाढीले चुमनुव्री–६ चुम्चेतस्थित सर्दिभिरको क्यान्टिलिभर (भिर खोपेर बनाएको पुल) र नजिकैको झोलुङ्गे पुल बगाएपछि आउजाउ ठप्प भएको थियो । दुई सातादेखि अवरुद्ध पदमार्ग लोक्पास्थित सर्दिभिरमा काठेपुल निर्माण भएसँगै सञ्चालनमा आएको  लोक्पाका शेराप गुरुङले बताए ।

बाटो अवरुद्ध हुँदा चुमनुव्री–६ को चुम्चेत र वडा नम्वर ७ को छेकम्पारमा  उपभोग्य सामाग्री ढुवानी हुन सकेको थिएन । पिक्यू खोलामा एउटा र स्यार खोलामा तीन वटा फड्के निर्माण गरिएको उनले बताए । बाढीले बाटो बगाएपछि वैकल्पिक बाटो निर्माण गरिएको छ ।

गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट बजेट विनियोजन गरेर आवात जावात गर्न मिल्ने गरि फड्के र बाटो निर्माण गरेको चुमनुव्री गाउँपालिकाका अध्यक्ष निमा लामाले बताए । बाटो निर्माणमा स्थानीयवासी, विभिन्न संघ संस्थाले पनि सक्रियताका साथ सहभागी बनेका थिए । २५ असोजको बुढीगण्डकी बाढीले कटान गरेको लार्के सडकको पनि मर्मत भइरहेको छ । गोरखा सडक योजना कार्यालयले खोर्लाबेँसीको सडक खुलाएर तातोपानी हुँदै दोभानसम्म मर्मत गरेको हो ।

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Onlinekhabar
4d ago
स्याफ्रुबेँसीमा काठेपुल बन्यो, आवतजावत सहज

स्याफ्रुबेँसीमा काठेपुल बन्यो, आवतजावत सहज

२३ कात्तिक, रसुवा । स्याफ्रुबेँसीको काठे पुल निर्माण भएको छ । गत कात्तिक १४ गते भोटेकोशी बाढीले स्याफ्रुबेँसी खोलाको पुल बगाएको थियो । उक्त पुल तीन दिनको निरन्तर प्रयासपछि पुनर्निर्माण सम्पन्न भई पुनः सञ्चालनमा आएको हो । गोसाइँकुण्ड …

#पुल #काठेपुल
Compare →

Related Stories

Building & Construction
Build #2612