मृत्युु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत बन्दै गएको छ । मृत्युु भोज मधेसको परम्परा र संस्कृति भएकाले घरमा कसैको मृत्यु भएपछि मान्छे गुमाएको पीडाभन्दा पनि भोजकै चिन्ता, भोज गर्नुपर्ने बाध्यता रहँदै आएको छ ।
घरमा कसैको मृत्युु भएपछि रितिरिवाजअनुसार गर्नुपर्ने क्रियाकर्मको तयारीसँगै मृत्यु भोजको तयारीमा घरमुली जुट्नुपर्ने बाध्यता छ । जात र समुदायअनुसार मृत्युु भएको १३ दिनको अवधिभित्र तीनदेखि पाँच पटक भोज गर्नुपर्ने बाध्यता अहिले पनि यथावत छ । कतिपयले नाम, सान र प्रतिस्पर्धामा ठूलोभन्दा ठूलो भोज गर्दै आएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् ( barnanmedia.com )