Trending
Prev Story
Next Story

लालपुर्जा राजनीतिक आश्वासन होइन, भूमिहीनको अधिकार हो : मन्त्री रावल

Nagarik News •
October 26, 2026 • 11:21 AM
1
1 reads 0 reactions

रावलले अब प्रक्रिया छिटो अघि बढाउन स्थानीय तह र भूमि समस्या समाधानसम्बन्धी समितिलाई आग्रह गरिन्।

लालपुर्जा राजनीतिक आश्वासन होइन, भूमिहीनको अधिकार हो : मन्त्री रावल

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन दलित, सुकुमवासी तथा अव्यवस्थित बसोबासीले लालपुर्जा पाउनु राजनीतिक आश्वासन नभई उनीहरूको अधिकार भएको बताएकी छिन्।

भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासीका समस्या र लालपुर्जा वितरण प्रक्रियाबारे छलफल गर्न तथा उनीहरूका गुनासा सुन्न चितवन आउनुभएकी मन्त्री रावलले आज भरतपुर महानगरपालिका–११, गणेशस्थानमा स्थानीयसँग छलफल गर्दै विगतमा लालपुर्जा वितरणको विषयलाई राजनीतिक लाभका लागि प्रयोग गरिएको उल्लेख गरिन्।

उनले भनिन्, ‘लालपुर्जा र राजनीतिलाई सँगै जोड्नु हुँदैन। तपाईंहरूले लालपुर्जा पाउनुपर्छ, त्यो तपाईंहरूको अधिकारको कुरा हो।’

मन्त्री रावलले भूमिहीन तथा सुकुमवासीलाई लालपुर्जा वितरणमा रहेका नीतिगत बाधा सरकारले अध्यादेशमार्फत हटाइसकेको उल्लेख गर्दै अब प्रक्रिया छिटो अघि बढाउन स्थानीय तह र भूमि समस्या समाधानसम्बन्धी समितिलाई आग्रह गरिन्।

उनले भनिन्, ‘अब नीतिले तपाईंहरूको हकमा लालपुर्जा दिन रोक्दैन, अब नियतको कुरा हो। स्थानीय तहले प्रक्रिया छिटो अघि बढाउनुपर्छ र भूमि समितिले काम शीघ्र टुङ्ग्याउनुपर्छ।’

मन्त्री रावलले लालपुर्जा वितरणमा भएको ढिलाइका कारण भूमिहीन तथा सुकुमवासीले लामो समयदेखि दुःख भोग्नुपरेको बताउँदै उनीहरूलाई छिटोभन्दा छिटो लालपुर्जा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे।

छलफलका क्रममा स्थानीयले आफ्ना समस्या तथा गुनासा मन्त्रीसमक्ष राखेका थिए। सरकारले आफूहरूका समस्या समाधानका लागि पहल थालेको भन्दै उनीहरूले मन्त्री रावलप्रति आभार व्यक्त गरेका थिए।

मन्त्री रावलले चितवनका सबै स्थानीय तहमा पुगेर भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासीका समस्या र गुनासा सुन्ने कार्यक्रम रहेको छ।

उनले स्थानीयका समस्या सुनी समाधानका लागि सम्बन्धित सरोकारवालासँग छलफल गरी तत्कालै समस्या समाधानका गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित: ९ कार्तिक २०८३ १७:०६ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1w ago
भूमिहीनलाई पुर्जा वितरणमा ढिलाइ स्वीकार्य छैन : मन्त्री रावल

भूमिहीनलाई पुर्जा वितरणमा ढिलाइ स्वीकार्य छैन : मन्त्री रावल

झापा । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीनलाई जग्गाधनी पुर्जा वितरणलाई तीव्रता दिन निर्देशन दिएकी छन् । जिल्ला प्रशासन कार्यालयमा जिल्ला भूमि समस...

#रावल #भूमिहीन
Compare →
Ekantipur
1w ago
वातावरणीय अधिकारका लागि वीरेन्द्रनगरमा राष्ट्रिय युवा सम्मेलन

वातावरणीय अधिकारका लागि वीरेन्द्रनगरमा राष्ट्रिय युवा सम्मेलन

‘युवा र बालबालिकाको वातावरणीय अधिकार, दिगो भविष्यको आधार’ नारासहित सुरु सम्मेलनमा नौ संस्थाका ३२ युवा सदस्य सहभागी छन्।

#अधिकार
Compare →
Onlinekhabar
1w ago
वनको जग्गा र रुख कटानको अधिकार प्रदेशलाई दिन कर्णालीको माग

वनको जग्गा र रुख कटानको अधिकार प्रदेशलाई दिन कर्णालीको माग

१७ कात्तिक, सुर्खेत। विकास आयोजना निर्माणका लागि वन क्षेत्रको जग्गा प्राप्ति, भोगाधिकार र रूख कटानको स्वीकृति दिने अधिकार प्रदेश सरकारलाई प्रत्यायोजन गर्न कर्णाली प्रदेश सरकारले संघीय सरकारसँग माग गरेको छ । वन क्षेत्रमा विकास आयोजना सञ्चालन …

#अधिकार
Compare →
Bizshala
1w ago
२० वर्षपछि उदयपुरका २२ भूमिहिन दलित र ५ सुकुम्बासी परिवारले पाए लालपुर्जा

२० वर्षपछि उदयपुरका २२ भूमिहिन दलित र ५ सुकुम्बासी परिवारले पाए लालपुर्जा

काठमाण्डौ । जिल्ला भूमि समस्या समाधान समिति उदयपुरले  साविकको साविक गाईघाट र देउरी (हाल त्रीयुगा वडा नं ५) २७ भूमिहिन...

#भूमिहीन #लालपुर्जा
Compare →

Related Stories

Politics & Governance
Build #2612