Trending
Prev Story
Next Story

पद्मश्री साहित्य पुरस्कार ‘सलह’का लागि श्रवण मुकारुङलाई प्रदान

Ekantipur •
October 26, 2026 • 10:30 AM
1
1 reads 0 reactions

खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले मुकारुङलाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई पद्मश्री साधना सम्मान र प्राडा जयराज आचार्यलाई पद्मश्री गौरव पुरस्कार प्रदान गरेको छ ।

पद्मश्री साहित्य पुरस्कार ‘सलह’का लागि श्रवण मुकारुङलाई प्रदान

खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले मुकारुङलाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई पद्मश्री साधना सम्मान र प्राडा जयराज आचार्यलाई पद्मश्री गौरव पुरस्कार प्रदान गरेको छ ।

काठमाडौँ — यस वर्षको पद्मश्री साहित्य पुरस्कार उपन्यास ‘सलह’का लागि श्रवण मुकारुङलाई प्रदान गरिएको छ ।

खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले मुकारुङलाई पुरस्कृत गरेको हो । प्रतिष्ठानमा प्राप्त १९२ पुस्तकमध्ये विस्तारित सूचीका १५ र संक्षिप्त सूचीका पाँच कृतिबाट मूल्यांकन समितिले ‘सलह’ चयन गरेको थियो ।

‘सलह’ले नेपाली समाजका सीमान्त आवाज, लैङ्गिक विभेद, हिंसा, विस्थापन र पहिचानका जटिल प्रश्नलाई कलात्मक ढंगले प्रस्तुत गरेको प्रतिष्ठानले जनाएको छ ।

त्यस्तै, कृष्ण धरावासीलाई पद्मश्री साधना सम्मान प्रदान गरिएको छ । ‘शरणार्थी’, ‘राधा’ र ‘आधा बाटो’ लगायत ३२ कृतिका लेखक धरावासीले झन्डै दुई दर्जन ग्रन्थ सम्पादन गरेका छन् । उनले विशेषतः आख्यानमार्फत सामाजिक यथार्थ, मानवीय मनोविज्ञान, विभेद र इतिहासका उपेक्षित पक्षलाई उत्तरआधुनिक ढाँचामार्फत प्रस्तुत गर्दै आएका छन् ।

यस वर्षको पद्मश्री गौरव पुरस्कार प्रा.डा. जयराज आचार्यलाई प्रदान गरिएको छ । नेपाली, अंग्रेजी र संस्कृत भाषाका ज्ञाता आचार्य परराष्ट्र नीति तथा कूटनीतिका अध्येता हुन् । उनले साहित्य, भाषाविज्ञान, अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिसम्बन्धी दर्जनभन्दा बढी कृति लेखेका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1w ago
मातापिताका नाममा कला-साहित्य पुरस्कारको घोषणा

मातापिताका नाममा कला-साहित्य पुरस्कारको घोषणा

बेलबारीका हेमप्रसाद तिवारी (हेमन्त) ले आफ्ना मातापिताका नाममा कला–साहित्य पुरस्कार घोषणा गरिदिएका छन्।

#पुरस्कार #साहित्य
Compare →
Hamro Patro News
1w ago
टीका–गोपाल राष्ट्रिय गीत सङ्गीत पुरस्कार साहित्यकार दाहाललाई

टीका–गोपाल राष्ट्रिय गीत सङ्गीत पुरस्कार साहित्यकार दाहाललाई

टीका–गोपाल राष्ट्रिय गीत सङ्गीत पुरस्कार २०८३’ साहित्यकार खेमनाथ दाहाललाई प्रदान गरिने भएको छ । प्रतिष्ठानका अध्यक्ष गीता सिंहको अध्यक्षतामा भएको बैठकले दाहाललाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय ...

#पुरस्कार #साहित्य
Compare →
Onlinekhabar
1w ago
महिलाको अस्तित्व भाँचिएको कुशको टुक्रा मात्रै हो ?

महिलाको अस्तित्व भाँचिएको कुशको टुक्रा मात्रै हो ?

गत कात्तिक ९ गते खेमलाल–हरिकला समाज कल्याण प्रतिष्ठानले काठमाडौँको धुम्बाराहीस्थित रमादा होटेलमा २०८२ सालको पद्मश्री गौरव पुरस्कार प्रा. डा. जयराज आचार्यलाई, पद्मश्री साधना सम्मान कृष्ण धरावासीलाई र पद्मश्री साहित्य पुरस्कार श्रवण मुकारुङलाई कृति ‘सलह’ का …

#पद्मश्री #पुरस्कार
Compare →
Bizshala
1w ago
क्रिकेटर राजवंशी, बम र नाथले छाने करदाता प्रोत्साहन पुरस्कारका विजेता

क्रिकेटर राजवंशी, बम र नाथले छाने करदाता प्रोत्साहन पुरस्कारका विजेता

काठमाण्डौ । अर्थ मन्त्रालयले कात्तिक महिनाको पहिलो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार कार्यक्रमका विजेता छनोट गरेको...

#पुरस्कार
Compare →

Related Stories

World News
Build #2611