काठमाडौं । दशैँ बिदापछिको पहिलो कारोबार दिन सोमबार सेयर बजार सामान्य अंकले घटेको छ। दशैँअघि लगातार सात कारोबार दिन बढेको नेप्से बिदापछि भने घटेको हो। परिसूचकसँगै कारोबार रकम पनि घटेको छ।
सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४.३४ अंकले घटेर २६२९.८२ विन्दुमा बन्द भएको छ। यस दिन सेन्सेटिभ इन्डेक्स २.१७ अंक, फ्लोट इन्डेक्स ०.५३ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.६६ अंकले घटेका छन्।
Read full story at source ( aarthiknews.com )