Trending
Prev Story
Next Story

भिनिसियसलाई प्रतिबन्ध, बार्सिलोनाविरुद्धको खेल गुमाउने

Nagarik News •
October 15, 2026 • 03:29 AM
1
1 reads 0 reactions

स्पेनिस क्लब रियल मड्रिडका ब्राजिलियन फरवार्ड भिनिसियस जुनियरले प्रतिबन्धका कारण बार्सिलोनाविरुद्धको खेल गुमाउने भएका छन्।

भिनिसियसलाई प्रतिबन्ध, बार्सिलोनाविरुद्धको खेल गुमाउने

स्पेनिस क्लब रियल मड्रिडका ब्राजिलियन फरवार्ड भिनिसियस जुनियरले प्रतिबन्धका कारण बार्सिलोनाविरुद्धको खेल गुमाउने भएका छन्। भिल्लारियलविरुद्ध गत साता भएको खेलमा रातो कार्ड पाएपछि स्पेनिस फुटबल महासंघको अनुशासन समितिले बुधबार उनीमाथि प्रतिबन्धको निर्णय गरेको हो।

शनिबार भएको खेलमा भिनिसियसले रियल मड्रिडका लागि दोस्रो गोल गरेको ठानेर खुसी मनाएका थिए। तर भिडियो सहायक रेफ्री (भीएआर) को समीक्षा गर्दा गोल हुनुअघि उनले भिल्लारियलका नाथन सालिबाको कपाल तानेको देखिएपछि रेफ्री इसिद्रो डियाज दे मेराले गोल रद्द गर्दै उनलाई रातो कार्ड देखाएका थिए।

भिनिसियस खेलको ५२औँ मिनेटमा मैदान प्रवेश गरेका थिए। त्यसको २० मिनेटपछि नै उनी रातो कार्ड पाएर मैदानबाट बाहिरिनुपरेको थियो। रेफ्रीको निर्णयपछि उनी आक्रोशित देखिएका थिए। उनका साथी खेलाडीले शान्त पार्ने प्रयास गरे पनि उनले मैदान छाड्ने क्रममा रेफ्रीसँग असन्तुष्टि व्यक्त गरेका थिए।

रियलका प्रशिक्षक जोसे मोरिन्होले भिनिसियसको गोल भएको ठानेर खेलाडीहरूसँगै खुसी मनाउन पुगेका थिए। तर भीएआर समीक्षापछि गोल रद्द हुनुका साथै भिनिसियसले रातो कार्ड पाएपछि टोलीको उत्सव निराशामा परिणत भएको थियो।

खेलपछि भिनिसियसले सामाजिक सञ्जालमार्फत टोली र समर्थकसँग माफी मागेका थिए। उनले आफूले गरेको व्यवहारप्रति दुःख व्यक्त गर्दै लेखेका थिए, ‘टोली र समर्थकसँग माफी चाहन्छु।’

स्पेनिस फुटबल महासंघको अनुशासन समितिले रातो कार्ड र त्यसपछि रेफ्रीसमक्ष गरेको विरोधलाई आधार बनाएर उनीमाथि प्रतिबन्ध लगाएको हो। यससँगै लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनाविरुद्धको महत्त्वपूर्ण खेलमा रियलका लागी भिनिसियस उपलब्ध हुने छैनन्।

प्रकाशित: २९ आश्विन २०८३ ०९:१४ बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Setopati
3w ago
ट्रम्पले कार्यकारी आदेश ल्याएर रोके रूसविरूद्ध आफैले घोषणा गरेको प्रतिबन्ध

ट्रम्पले कार्यकारी आदेश ल्याएर रोके रूसविरूद्ध आफैले घोषणा गरेको प्रतिबन्ध

ट्रम्पले भने प्रतिबन्ध स्थगित गर्नु अमेरिकी राष्ट्रिय हितमा रहेको भन्दै कांग्रेसलाई जानकारी गराएका छन्।

#प्रतिबन्ध
Compare →
Hamro Patro News
3w ago
ट्रम्पसँग व्यक्तिगत विवाद छैन, पुटिनमाथिको प्रतिबन्ध हटाउनु हुँदैन : जेलेन्स्की

ट्रम्पसँग व्यक्तिगत विवाद छैन, पुटिनमाथिको प्रतिबन्ध हटाउनु हुँदैन : जेलेन्स्की

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग आफ्नो कुनै व्यक्तिगत विवाद नरहेको बताएका छन्। सीएनएनसँगको अन्तर्वार्तामा उनले रुसी राष्ट्रपति भ्लादिमिर पु...

#प्रतिबन्ध
Compare →
Arthasansar
3w ago
पेरिसका विभिन्न क्षेत्रमा प्रदर्शन गर्न प्रतिबन्ध, म्याक्रोनद्वारा ट्रम्पको आलोचना

पेरिसका विभिन्न क्षेत्रमा प्रदर्शन गर्न प्रतिबन्ध, म्याक्रोनद्वारा ट्रम्पको आलोचना

फ्रान्समा प्रमुख संवेदनशील तथा पर्यटकीय क्षेत्रमा भेला हुन र प्रदर्शन गर्न प्रतिब लगाएको छ । थप प्रदर्शन हुने सम्भावनालाई ध्यानमा राख्दै...

#प्रतिबन्ध
Compare →
Ekantipur
1d ago
भीमफेदी गाडी दुर्घटनामा ज्यान गुमाउने १३ जना, ११ जनाको पहिचान खुल्यो [नामसहित]

भीमफेदी गाडी दुर्घटनामा ज्यान गुमाउने १३ जना, ११ जनाको पहिचान खुल्यो [नामसहित]

माइक्रोबस दुर्घटनामा ज्यान गुमाउनेमा सर्लाहीको कबिलासी गाउँपालिका–८ का ३० वर्षीय चालक रविशंकर कुमार मण्डल र चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलका १० जनाको पहिचान खुलेको छ ।

#गुमाउने
Compare →

Related Stories

National (Nepal)
Build #2612