त्रिवेणी गाउँपालिका-३ पिमखोलाको रिठाबोट टोलनजिकै झाडीमा स्थानीयले घाँस काट्ने बेला बम फेला पारेका हुन् ।
सल्यान — सल्यानमा एक थान सकेट बम फेला परेको छ । त्रिवेणी गाउँपालिका-३ पिमखोलाको रिठाबोट टोलनजिकै झाडीमा सकेट बम भेटिएको हो ।
स्थानीयले घाँस काट्ने बेला बासको झ्याङनजिकै सकेट बम फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायब उपरीक्षक दीपक पातलीले प्रहरीसहित सेनाको टोली सकेट बम भएको स्थलमा पुगेको बताए ।
सकेट बम डिस्पोज गर्ने तयारी भइरहेको उनले बताए ।
विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।