Trending
Prev Story
Next Story

कोजाग्रत पूर्णिमामा लाग्ने कुमाख मेला हेर्नेको घुइँचो

Ekantipur •
October 26, 2026 • 09:00 AM
1
1 reads 0 reactions

कुमाख लेकमा लाग्ने मेलाको मुख्य आकर्षण भनेको कला संस्कृति झल्काउने विभिन्न नृत्य, परम्परागत लोक भाका, रोटे पिङ, भलिबल खेल रहेको थियो ।

कोजाग्रत पूर्णिमामा लाग्ने कुमाख मेला हेर्नेको घुइँचो

कुमाख लेकमा लाग्ने मेलाको मुख्य आकर्षण भनेको कला संस्कृति झल्काउने विभिन्न नृत्य, परम्परागत लोक भाका, रोटे पिङ, भलिबल खेल रहेको थियो ।

सल्यान — कोजाग्रत पूर्णिमामा लग्ने सल्यानको कुमाखमा मेला हेर्नेको घुइँचो लागेको छ । समुन्द्री सतहदेखि २५३५ मिटर उचाइमा रहेको कुमाख लेक यस क्षेत्रमा धार्मिक र पर्यटकीय हिसाबले चर्चित छ । सिद्ध कुमाख र कुमाख गाउँपालिका बीचमा पर्ने लेकमा सिद्ध बाबाको मन्दिर छ भने मन्दिरको काखैमा सिद्ध गुफा छ । दसैंपछिको चतुर्दशी र कोजाग्रत पूर्णिमामा यो मन्दिरमा विशेष पूजाआजा र मेला लाग्ने गर्छ ।

कुमाख लेकमा लाग्ने मेलाको मुख्य आकर्षण भनेको कला संस्कृति झल्काउने विभिन्न नृत्य, परम्परागत लोक भाका, रोटे पिङ, भलिबल खेल रहेको थियो । कुमाखको टुप्पोमा रहेको मन्दिरमा पूजाआजा गर्न र मेला भर्न सल्यानका मात्र नभई रुकुम, रोल्पा, बाँके, जाजरकोटलगायत जिल्लाका भक्तजन उपस्थित हुने गर्छन् ।

पूजाआजा गरेर बर मागे पूरा हुन्छ भन्ने धार्मिक विश्वास रहेकाले कोजाग्रत पूर्णिमाको दिन मेला भर्ना र पूजाआजा गर्न मन्दिरमा धेरै भक्तजन आउने गरेका मन्दिरका पुजारी शेरबहादुर डाँगीले बताए । मन्दिरमा पूजा गर्न र मेला भर्ना  रुकुम, जाजरकोट, रोल्पा, दाङ, नेपालगञ्ज, सुर्खेतबाट भक्तजन आउने उनले जानकारी गराए ।

कुमाख लेकमा दुई दिनमा ५० हजारले मेला अवलोकन गर्नुका साथै मन्दिरमा पूजाआजा गरेका मन्दिर तथा मेला व्यवस्थापन समितिका अध्यक्ष खिम डिसीले बताए । सिद्धबाबा मन्दिर रहेको कुमाख लेकबाट रुकुम, जाजरकोट, दैलेखका केही भाग मात्र नभई हिमशृंखला अवलोकन गर्न सकिने भएपछि स्थानीय र जिल्ला बाहिरका पर्यटक बढ्दै गएका उनले जानकारी गराए ।

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1w ago
उच्च पहाडी तथा हिमाली क्षेत्रमा लेक लाग्ने समस्याको व्यवस्थापनसम्बन्धी मापदण्ड स्वीकृत

उच्च पहाडी तथा हिमाली क्षेत्रमा लेक लाग्ने समस्याको व्यवस्थापनसम्बन्धी मापदण्ड स्वीकृत

उच्च उचाइमा यात्रा गर्ने पर्यटक, पदयात्री, पर्वतारोही तथा स्थानीय बासिन्दामा देखिन सक्ने लेक लाग्ने समस्याको समयमै पहिचान र उचित उपचार सुनिश्चित गर्नु मापदण्डको मुख्य उद्देश्य रहेको छ।

#लाग्ने #लेक
Compare →
Hamro Patro News
2w ago
कोजाग्रत पूर्णिमाको भोलिपल्ट मनाइने हाँडीगाउँ जात्रा मनाइयो

कोजाग्रत पूर्णिमाको भोलिपल्ट मनाइने हाँडीगाउँ जात्रा मनाइयो

काठमाडौं : हरेक वर्ष कोजाग्रत पूर्णिमाको भोलिपल्ट मनाइने हाँडीगाउँ जात्रा मंगलबार मनाइएको छ। ब्रह्मा, विष्णु र महेश्वर भगवानको पूजाआराधना गरी टोलटोलमा रथ घुमाएर काठमाडौंमा हाँडीगाउँको जात्रा मनाइएक...

#कोजाग्रत #पूर्णिमा
Compare →
Bizshala
2w ago
TVS को ‘अचम्मैको महा एक्सचेन्ज मेला’ भृकुटीमण्डपमा कात्तिक १२ देखि

TVS को ‘अचम्मैको महा एक्सचेन्ज मेला’ भृकुटीमण्डपमा कात्तिक १२ देखि

काठमाण्डौ । नेपालका लागि TVS मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले कात्तिक १२ देखि १८ गतेसम्म...

#मेला
Compare →
Onlinekhabar
1w ago
पर्यटन मेलामा भाग लिन पर्यटनमन्त्री पुगे लन्डन

पर्यटन मेलामा भाग लिन पर्यटनमन्त्री पुगे लन्डन

१८ कात्तिक, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ‘गनेस’ पर्यटन मेलामा भाग लिन लन्डन पुगेका छन् । उनी ‘वर्ल्ड ट्राभल मार्केट’ (डब्लूटीएम) मा भाग लिन लन्डन पुगेका हुन् । बेलायतको राजधानी लन्डनमा नोभेम्बर …

#मेला
Compare →

Related Stories

Technology
Build #2612