Trending
Prev Story
Next Story

धान झार्न थ्रेसरको प्रयोग बढ्दै

Nagarik News •
October 26, 2026 • 07:58 AM
2
2 reads 0 reactions

धान काटेर भित्र्याउने समयमा खेताला पाइन छाडेपछि परम्परागत दाइँ र झार्न समय र खर्च धेरै लाग्ने भएपछि किसानले थ्रेसर मेसिनको प्रयोग बढाएका हुन्।

धान झार्न थ्रेसरको प्रयोग बढ्दै

कामदारको अभाव र ज्याला खर्च बढ्दै गएपछि यहाँका किसान धान झार्ने आधुनिक थ्रेसर मेसिनको प्रयोगतर्फ आकर्षित हुन थालेका छन्।

धान काटेर भित्र्याउने समयमा खेताला पाइन छाडेपछि परम्परागत दाइँ र झार्न समय र खर्च धेरै लाग्ने भएपछि किसानले थ्रेसर मेसिनको प्रयोग बढाएका हुन्।

जिल्लाका अधिकांश स्थानमा पाकिसेको धान भित्र्याउने चटारोसँगै किसानले धान र पराल छुट्याउन थ्रेसरको प्रयोग गरिरहेका छन्। कपिलवस्तु नगरपालिका–६ थुम्हवाका कृषक प्रभु धोवीले गाउँमा कामदार पाउन मुस्किल हुने तथा पाइएपनि कामदारको ज्याला महँगो पर्ने बताए।

‘थ्रेसर मेसिनबाट काम गर्दा छिटो हुन्छ र खर्च पनि कम लाग्छ। त्यसैले धान भित्र्याउन मेसिनकै भर पर्न थालेका छौँ’, उनले भने।

महाराजगञ्ज नगरपालिका–२ पडरियाका कृषक विनोद भुजले पनि थ्रेसर मेसिनले खेतीपातीको काम सहज बनाएको बताए। गोरु र कृषि मजदुरको अभाव बढ्दै गएको अवस्थामा सानो आकारका थ्रेसर मेसिन खेतसम्म लैजान र प्रयोग गर्न सजिलो भएको उनको भनाइ छ।

बिहान, दिउँसो तथा साँझसमेत मेसिन प्रयोग गर्न सकिने भएकाले किसानलाई सुविधा पुगेको उनले बताए।

थ्रेसर मेसिन सञ्चालक राकेश कुर्मीका अनुसार मेसिन प्रयोग गर्दा समय र श्रम बचत हुनुका साथै खर्चसमेत कम लाग्ने गरेको छ। उनले धान र पराल छुट्याएबापत प्रतिघण्टा दुई हजार ५०० देखि तीन हजार रुपैयाँसम्म लिने गरेको बताए। जिल्लामा थ्रेसर मेसिनको माग बढ्दै गएको उनको भनाइ छ।

आधुनिक प्रविधिको प्रयोगले कृषि कार्य सहज भए पनि परम्परागत दाइँ संस्कृतिको संरक्षणमा पनि ध्यान दिनुपर्ने कृषक श्यामलाल धोबीले बताए।

कृषि ज्ञान केन्द्र कपिलवस्तुका प्रमुख घनश्याम चौधरीका अनुसार जिल्लामा ८४ हजार ५९१ हेक्टर खेती गरिँदै आएको बताए। त्यसमध्ये यस वर्ष ६३ हजार ६४८ हेक्टरमा धान खेती गरिएको प्रमुख चौधरीको भनाइ छ।

गत वर्ष जिल्लामा ६६ हजार २६५ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको उनले बताए।

जिल्लाका १० वटै स्थानीय तहका किसानले धान र पराल छुट्याउन थ्रेसर मेसिनको प्रयोग गर्दै आएका छन्।रासस

प्रकाशित: ९ कार्तिक २०८३ १३:४३ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
14h ago
केन्यामा महिला जननेन्द्रीयमा कसिलो बनाउने भन्दै एलर्जीको औषधि प्रयोग, औषधिको माग र मूल्य बृद्धि

केन्यामा महिला जननेन्द्रीयमा कसिलो बनाउने भन्दै एलर्जीको औषधि प्रयोग, औषधिको माग र मूल्य बृद्धि

काठमाडौं- महिलाको यौनाङ्ग कसिलो बनाउने र यौनसम्पर्कका बेला आनन्द बढाउने दाबी गर्दै एलर्जीको औषधि सेट्रिजिन प्रयोग गर्न सामाजिक सञ्जालमा प्रचार हुन थालेपछि केन्याका स्वास्थ्य विशेषज्ञले यसलाई जोखिमप...

#प्रयोग
Compare →
Ekantipur
2d ago
वीरगन्ज नाकाबाट धान-चामल आयात घट्यो, गहुँ आयात बढ्यो

वीरगन्ज नाकाबाट धान-चामल आयात घट्यो, गहुँ आयात बढ्यो

भन्सार तथ्यांकअनुसार चामल, मकै र धानको आयात तथा मूल्य दुवै घटेका छन्, जबकि गहुँमा ५० करोड १५ लाख रुपैयाँको आयात भएको छ।

#धान
Compare →

Related Stories

Technology
Build #2612