काठमाडौं– बिहान आँखा खुल्न नपाउँदै मोबाइलको अलार्म बज्छ । उठ्ने बित्तिकै सामाजिक सञ्जालका सूचना, कार्यालयका सन्देश अनि दिनभर गर्नुपर्ने कामको सूचीले दिमाग भरिन्छ । हतार–हतार तयार भएर काममा निस्कनु, ट्राफिक जाममा घण्टौँ बिताउनु, कार्यालयको जिम्मेवारी पूरा गर्नु अनि साँझ थकित शरीर लिएर घर फर्कनु । आजको व्यस्त जीवनशैलीमा धेरै मानिसको दैनिकी यस्तै बनेको छ ।
दिनभर परिवार, कार्यालय, समाज अनि अरूका अपेक्षा पूरा गर्दा–गर्दै मानिसले आफ्नै इच्छा र सपनाका लागि समय निकाल्न बिर्सन थालेका छन् । आधुनिक प्रविधिले जीवनलाई सहज बनाएको छ, तर मानिसको व्यस्तता भने झन् बढ्दै गएको महसुस हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् ( kalakarmi.com )