Trending
Prev Story
Next Story

सिरहा गोलबजारका वडाध्यक्ष सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

९ कात्तिक, सिरहा । सिरहाको गोलबजार नगरपालिका वडानम्बर ११ का वडाध्यक्ष सोहेब अनवर सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ परेका छन् । गत साउन १० गते सुनसरीको देवानगञ्जमा भएको घटनालाई लिएर साउन १४ गते सिरहाको गोलबजारमा भएको घटनामा …

सिरहा गोलबजारका वडाध्यक्ष सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ

९ कात्तिक, सिरहा । सिरहाको गोलबजार नगरपालिका वडानम्बर ११ का वडाध्यक्ष सोहेब अनवर सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ परेका छन् ।

गत साउन १० गते सुनसरीको देवानगञ्जमा भएको घटनालाई लिएर साउन १४ गते सिरहाको गोलबजारमा भएको घटनामा संलग्न भएको आरोपमा वडाध्यक्ष अनवर पक्राउ परेका हुन् ।

उनलाई आइतबार राति गोलबजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक (डीएसपी) एवं प्रवक्ता रमेशबहादुर पालले जानकारी दिए ।

गोलबजारमा भएको तोडफोड तथा आगजनीको घटनामा वडाध्यक्ष अनवरको मुख्य भूमिका रहेको आरोप लगाउँदै ‘हिन्दु सम्राट सेना’ नामक संस्थाका केही व्यक्तिले करिब दुई महिनाअघि प्रहरीमा जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा प्रहरीले अनवरविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा दर्ता गरेको थियो ।

प्रहरीका अनुसार अनवर कहिले ससुरालीतर्फ त कहिले अन्य स्थानमा लुकिछिपी बस्दै आएका थिए । घर आए पनि प्रहरीबाट बच्दै लुक्ने गरेको सूचनाका आधारमा उनलाई आइतबार राति पक्राउ गरेको प्रहरीले जनाएको छ ।

मुलुकी अपराध संहिता, २०७४ को दफा ६५ अनुसार धर्म, जात, जाति, सम्प्रदाय वा भाषाका आधारमा विभिन्न समुदायबीचको सुसम्बन्धमा खलल पार्ने कसुर प्रमाणित भएमा एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
2w ago
सिरहाको गोलबजार घटनामा वडाध्यक्ष अनवर पक्राउ

सिरहाको गोलबजार घटनामा वडाध्यक्ष अनवर पक्राउ

सुनसरीको देवानगञ्ज र गोलबजारमा भएका घटनापछि अनवरविरुद्ध परेको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको छ।

#सिरहा #गोलबजार #अनवर
Compare →
Hamro Patro News
2w ago
सिरहाको गोलबजार नगरपालिकाबाट करदाता सेवा

सिरहाको गोलबजार नगरपालिकाबाट करदाता सेवा

१२ कात्तिक, सिरहा । सिरहाको गोलबजार नगरपालिकाबाटै प्यान (PAN) तथा भ्याट (VAT) दर्तालगायतका करदाता सेवा उपलब्ध हुने भएको छ। यसका लागि गोलबजार नगरपालिका र आन्तरिक राजस्व कार्यालय, लहानबीच समझदारीपत्...

#सिरहा #गोलबजार
Compare →
Setopati
2w ago
भ्रष्टाचारमा दोषी ठहरिएका खुमबहादुरको तस्बिर वडाध्यक्षको कार्यकक्षमा, किन?

भ्रष्टाचारमा दोषी ठहरिएका खुमबहादुरको तस्बिर वडाध्यक्षको कार्यकक्षमा, किन?

दाङका एक वडाध्यक्षले भने भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका कांग्रेसका दिवंगत नेता खुमबहादुर खड्काको फोटो प्रधानमन्त्री बालेन शाहसँगै आफ्नो कार्यकक्षमा टाँगेका छन्।

#वडाध्यक्ष
Compare →
Arthasansar
2w ago
सिरहाबाट ७ लाख बढीको अवैध सामान बरामद

सिरहाबाट ७ लाख बढीको अवैध सामान बरामद

सिरहाका विभिन्न सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ७ लाख ७२ हजार ६२० रुपैयाँ बराबरका सामान बरामद गरेको छ। जिल्लाका विभिन्न...

#सिरहा
Compare →
Nagarik News
1w ago
वडाध्यक्ष बन्ने इच्छुक छैनन् रास्वपाका नेता, सबैलाई मेयर र ठूला पद चाहियो : रवि लामिछाने

वडाध्यक्ष बन्ने इच्छुक छैनन् रास्वपाका नेता, सबैलाई मेयर र ठूला पद चाहियो : रवि लामिछाने

शुक्रबार चितवनमा आयोजित कार्यक्रममा बोल्दै उनले पार्टीभित्र वडाध्यक्ष बन्नसमेत इच्छुक नदेखिएको र सबैको आकांक्षा एकैपटक मेयर, प्रदेशसभा सदस्य तथा ठूला पदमा पुगेको बताए।

#वडाध्यक्ष
Compare →

Related Stories

Technology
Build #2612