Trending
Prev Story
Next Story

सम्पत्ति शुद्धीकरणसम्बन्धी व्यवस्थाबाट शेयर कारोबारी डराउनुपर्ने कारण छैन - मनाेज ज्ञवाली

Arthasansar •
October 26, 2026 • 06:33 AM
1
1 reads 0 reactions

एकै दिनमा एकैपटक वा पटक–पटक गरी १० लाख रुपैयाँ वा सोभन्दा बढीको शेयर खरिद वा बिक्री गर्दैमा त्यस्तो कारोबार अवैध...

सम्पत्ति शुद्धीकरणसम्बन्धी व्यवस्थाबाट शेयर कारोबारी डराउनुपर्ने कारण छैन - मनाेज ज्ञवाली

एकै दिनमा एकैपटक वा पटक–पटक गरी १० लाख रुपैयाँ वा सोभन्दा बढीको शेयर खरिद वा बिक्री गर्दैमा त्यस्तो कारोबार अवैध वा शंकास्पद नहुने नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले बताएका छन् । सम्पत्ति शुद्धीकरणसम्बन्धी व्यवस्थाबारे सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले वैध स्रोतबाट आर्जन गरेको रकम लगानी गर्दा डराउनुपर्ने कारण नभएको उल्लेख गरेका हुन।

ज्ञवालीका अनुसार, एक दिनमा १० लाख रुपैयाँ वा सोभन्दा बढीको धितोपत्र कारोबार भएमा सम्बन्धित संस्थाले वित्तीय जानकारी इकाइ (एफआईयू–नेपाल) मा कारोबारको प्रतिवेदन पठाउनुपर्ने व्यवस्था छ । यस्तो कारोबारको विवरण कारोबार भएको १५ दिनभित्र थ्रेसहोल्ड ट्रान्जेक्सन रिपोर्ट (टीटीआर) मार्फत पठाउनुपर्छ । बैंक निक्षेपका हकमा लामो समयदेखि लागू रहेको यस्तो प्रतिवेदनसम्बन्धी व्यवस्था शेयर कारोबारमा पनि पूर्णतः नयाँ नभएको उनको धारणा छ ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी व्यवस्थाको मुख्य उद्देश्य अवैध रूपमा आर्जन गरेको रकमलाई वैध देखाउने कार्य रोक्नु, भ्रष्टाचार, ठगी तथा कर छलीबाट प्राप्त रकमको दुरुपयोग नियन्त्रण गर्नु र वित्तीय प्रणालीमा पारदर्शिता कायम गर्नु हो । यस्तो व्यवस्थाले वित्तीय अपराध नियन्त्रण गर्न तथा नेपालको सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी प्रणालीलाई अन्तर्राष्ट्रिय मापदण्डअनुरूप बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ ।

ज्ञवालीको विचारमा १० लाख रुपैयाँको सीमा कारोबारमा प्रतिबन्ध लगाउने व्यवस्था होइन । यो तोकिएको सीमाभन्दा बढीको कारोबारको विवरण सम्बन्धित निकायमा पु¥याउने र वित्तीय गतिविधिको निगरानी गर्ने व्यवस्थासँग सम्बन्धित छ । कारोबारको प्रकृति र जोखिमका आधारमा रकमको स्रोत, ग्राहकको पहिचान तथा आवश्यक कागजात मागिन सक्ने भए पनि सीमा नाघेकै आधारमा सबै कारोबारलाई अवैध वा शंकास्पद मान्न मिल्दैन ।

यद्यपि, यस्तो व्यवस्थाले लगानीकर्तालाई रकमको स्रोत खुल्ने कागजात सुरक्षित राख्नुपर्ने र कारोबारको विवरण स्पष्ट बनाउनुपर्ने आवश्यकता बढाउन सक्छ । सम्बन्धित संस्थाको अनुपालन लागत पनि बढ्न सक्ने देखिन्छ । नियमको गलत बुझाइका कारण वैध लगानीकर्ता अनावश्यक रूपमा त्रसित भएमा त्यसले शेयर बजारको कारोबारमा समेत असर पार्न सक्छ ।

ज्ञवालीले अवैध रूपमा आर्जन गरिएको सम्पत्तिमाथि निगरानी हुनु आवश्यक रहेको उल्लेख गर्दै नियमसंगत रूपमा कमाएको रकम लगानी गर्दा डराउनुपर्ने अवस्था नरहेको सन्देश दिएका छन् । लगानीकर्ताले आफ्नै बैंक खातामार्फत कारोबार गर्ने, रकमको वैध स्रोत खुल्ने प्रमाण सुरक्षित राख्ने र प्रतिवेदनको सीमा छल्न कारोबारलाई कृत्रिम रूपमा टुक्र्याउने कार्य नगर्ने विषयमा ध्यान दिनुपर्ने उनको विचार छ । सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन हुँदा वित्तीय पारदर्शिता र जवाफदेहिता बढ्नुका साथै नेपालको वित्तीय प्रणालीप्रतिको विश्वास अभिवृद्धि गर्न सहयोग पुग्ने छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
1d ago
सेयर बजारमा पावर अफ कम्पाउण्डिङ : कसरी सानो लगानीलाई १० गुणा बनाएर करोडौंको सम्पत्ति बनाउन सकिन्छ ?

सेयर बजारमा पावर अफ कम्पाउण्डिङ : कसरी सानो लगानीलाई १० गुणा बनाएर करोडौंको सम्पत्ति बनाउन सकिन्छ ?

काठमाण्डौ । सेयर बजारमा सम्पत्ति निर्माणका लागि लगानीबाट प्राप्त प्रतिफललाई कसरी उपयोग गरिन्छ भन्ने विषय...

#सम्पत्ति
Compare →
Hamro Patro News
3d ago
एनभिडियाका सीईओको सम्पत्तिमा एकै दिन ७ अर्ब ४० करोड डलरको गिरावट, सेयरधनीले हाले मुद्दा

एनभिडियाका सीईओको सम्पत्तिमा एकै दिन ७ अर्ब ४० करोड डलरको गिरावट, सेयरधनीले हाले मुद्दा

वासिङ्टन । अमेरिकी चिप निर्माता कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङको सम्पत्ति एकै दिनमा ७ अर्ब ४० करोड डलरले घटेको छ । फोर्ब्सका अनुसार कम्पनीको सेयर मूल्यमा आएको गिरावट...

#सम्पत्ति
Compare →
Nagarik News
4d ago
ओली भन्छन्- अर्काको सम्पत्ति काँधमा हाली लुट्नेहरु नेपालीका नाममा कलंक हुन्, छ्या छ्या !

ओली भन्छन्- अर्काको सम्पत्ति काँधमा हाली लुट्नेहरु नेपालीका नाममा कलंक हुन्, छ्या छ्या !

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्काको सम्पत्ति लुट्ने र आगो लगाउनेहरु प्रति आक्रोश पोख्दै त्यस्ता व्यक्तिहरू नेपालीका नामका कलंक भएको टिप्पणी गरेका छन्।

#सम्पत्ति
Compare →
Onlinekhabar
1w ago
रुसी नियन्त्रणमा रहेको सम्पत्ति फिर्ता गर्न जापानको माग

रुसी नियन्त्रणमा रहेको सम्पत्ति फिर्ता गर्न जापानको माग

२० कात्तिक, टोकियो (रासस/एएफपी)। रुसले जापानी कम्पनी जापान टोब्याकोका चार सहायक कम्पनी नियन्त्रणमा लिएपछि जापानले सम्पत्ति तत्काल फिर्ता गर्न माग गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशमा ती कम्पनीको सञ्चालन नियन्त्रण ‘इन्डस्ट्रियल प्रोपर्टी’ नामक रुसी …

#सम्पत्ति
Compare →

Related Stories

Business & Economy
Build #2611