Trending
Prev Story
Next Story

बङ्गलादेशमा एकै दिनमा दुई हजार बढीमा डेंगी सङ्क्रमण

Nagarik News •
October 26, 2026 • 12:49 AM
1
1 reads 0 reactions

बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९ जनामा लामखुट्टेबाट सर्ने डेंगी ज्वरोका नयाँ विरामी देखिएका छन्।

बङ्गलादेशमा एकै दिनमा दुई हजार बढीमा डेंगी सङ्क्रमण

बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९ जनामा लामखुट्टेबाट सर्ने डेंगी ज्वरोका नयाँ विरामी देखिएका छन्।

यो एकै दिनमा सङ्क्रमित भई अस्पताल पुग्ने बिरामीको सङ्ख्या आइतबार यस वर्षको सबैभन्दा उच्च सङ्ख्या हो।

बङ्गलादेशको स्वास्थ्य सेवा महानिर्देशनालयको पछिल्लो तथ्याङ्कअनुसार स्थानीय समय आइतबार बिहान ८ बजेसम्मको २४ घण्टामा थप सात जनाको मृत्यु भएको छ।

पछिल्लो तथ्याङ्कअनुसार यस वर्ष डेंगीका कुल बिरामी एक लाख २३ हजार ९४८ पुगेका छन् भने यसका कारण मृत्यु हुनेको सङ्ख्या ३८४ पुगेको छ। यस वर्ष अक्टोबरमा मात्र १३९, सेप्टेम्बरमा १४८, अगस्टमा ४३, जुलाईमा ३६ र जुनमा १३ जनाको मृत्यु भएको छ।

बङ्गलादेशमा सामान्यतया मनसुन मौसमको रोग मानिने डेंगी ज्वरो अहिले जुन–सेप्टेम्बर अवधिभन्दा बढी समय पनि फैलिरहेको छ।

बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले हालै सम्बन्धित अधिकारीहरूलाई डेंगी रोकथामका लागि जनचेतना अभियान सञ्चालन गर्न र नियन्त्रण प्रयासमा सरकारलाई सहयोग गर्न निर्देशन दिएका छन्।

प्रकाशित: ९ कार्तिक २०८३ ०६:३४ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
1d ago
बङ्गलादेशका दर्जनौँ पोशाक कारखानामा हडताल

बङ्गलादेशका दर्जनौँ पोशाक कारखानामा हडताल

ढाका । बङ्गलादेशका दर्जनौँ पोशाक कारखाना बिहीबार बन्द भएका छन् । मजदुरहरूले उच्च ज्यालाको माग गर्दै हडतालको आयोजना गरेपछि धेरैजसो कारखानाले उत्पादनलाई निरन्तरता दिन नसकेको बताएका छन्। यसले मालिकहर...

#बङ्गलादेश
Compare →
Onlinekhabar
2d ago
बङ्गलादेशका सरकारी वकिलले भने-हसिना फर्किए फाँ*सी हुनेछ

बङ्गलादेशका सरकारी वकिलले भने-हसिना फर्किए फाँ*सी हुनेछ

२५ कात्तिक, ढाका । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना आफ्नो देश फर्कने प्रयास गरिरहेकी छन्। यसैबीच, बङ्गलादेशका प्रमुख सरकारी वकिल मोहम्मद अमिनुल इस्लामले मङ्गलबार हसिना देश फर्किएमा उनलाई मृत्युदण्ड दिइने बताएका छन्। उनीसँग अब कुनै विकल्प …

#बङ्गलादेश
Compare →

Related Stories

Health & Wellness
Build #2611