Trending
Prev Story
Next Story

दशैंपछि मुक्तिनाथमा बढ्यो चहलपहल, तीन दिनमै १२ हजार बढीले गरे दर्शन

Nagarik News •
October 26, 2026 • 12:33 AM
1
1 reads 0 reactions

गत ११ असोजको भारी वर्षाका कारण बाढी पहिरो र नदी कटानले बेनी—जोमसोम सडक ध्वस्त हुँदा दुई सातासम्म पूर्ण रूपमा सडक अवरुद्ध बनेको थियो ।

दशैंपछि मुक्तिनाथमा बढ्यो चहलपहल, तीन दिनमै १२ हजार बढीले गरे दर्शन

हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ मन्दिरमा दशैंपछि भक्तजनको संख्या बढेको छ। दशैं अगाडि प्रायः सुनसान जस्तै रहेको मुक्तिनाथ मन्दिरमा अहिले भने पर्यटकको चहलपहल बाक्लो भएको हो।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार बिहीबारदेखि शनिबारसम्म १२ हजार १३० जना भक्तजनले मुक्तिनाथको दर्शन गरेका छन्। प्रहरी निरीक्षक एवं सूचना अधिकारी ईश्वर महतका अनुसार दशैंको भोलिपल्ट तीन हजार ३३, शुक्रबार चार हजार ८१३ र शनिबार चार हजार २८४ जनाले मुक्तिनाथ मन्दिरको दर्शन गरेका हुन्।

गत ११ असोजको भारी वर्षाका कारण बाढी पहिरो र नदी कटानले बेनी-जोमसोम सडक ध्वस्त हुँदा दुई सातासम्म पूर्ण रूपमा सडक अवरुद्ध बनेको थियो। बर्सेनि सोह्र श्राद्धका बेला हजारौँ तीर्थालु मुस्ताङ आउने गरेका भए पनि यसपटक सडक असहजताका कारण पर्यटकको उपस्थिति हुन सकेको थिएन।

मुक्तिनाथमा दर्शनार्थीको संख्या बढेसँगै बेनी-जोमसोम सडकमार्गका होटलहरू पर्यटकले भरिन थालेका छन्। यसैगरी मुस्ताङमा पर्यटक आगमन बढेसँगै यहाँका स्याउ, स्याउबाट बनेका ब्रान्डी र वाइनलगायतका कृषि उपजका सामग्रीको किनमेल पनि बढेको छ।

तनहुँबाट मुक्तिनाथ दर्शन गर्न आएका सुजन थापामगरले चाडपर्वको बिदालाई सदुपयोग गर्दै मुक्तिनाथको दर्शन गर्न आइपुगेको बताए। ललितपुरका रत्नबहादुर महर्जन पनि आफूसहित सात जनाको टोली मुक्तिनाथको दर्शन र कोरला नाका घुम्न आएको बताए। रासस

प्रकाशित: ९ कार्तिक २०८३ ०६:१८ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
पाथीभरामा दर्शनार्थीको भीड

पाथीभरामा दर्शनार्थीको भीड

काठमाडौं : ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा देवीको दर्शनका लागि दर्शनार्थीहरू पाथीभरा क्षेत्रमा ओइरिएका छन्। सङ्ख्या बढ्दै जाँदा तीर्थालुहरूले पाथीभरा मन्दिरसम्म पुगेर देवीको दर्शन सहज ...

#दर्शन
Compare →
Arthasansar
2d ago
रानीपोखरीको बालगोपाल मन्दिरमा भाइटीका लगाउनेको चहलपहल

रानीपोखरीको बालगोपाल मन्दिरमा भाइटीका लगाउनेको चहलपहल

आज भाइटीका पर्वका अवसरमा काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा बिहानैदेखि दर्शन गर्ने तथा भाइटीका लगाउनेहरूको चहलपहल बढेको छ। दिदीबहिनी नभएका दाजुभाइ...

#मन्दिर #चहलपहल
Compare →
Bizshala
5d ago
कर्जा सार्ने उद्यमीलाई मुक्तिनाथको अफर, आधार दरमा थप प्रिमियम शून्य

कर्जा सार्ने उद्यमीलाई मुक्तिनाथको अफर, आधार दरमा थप प्रिमियम शून्य

काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले साना तथा मझौला उद्यमीलाई लक्षित गरी आधार दरमै व्यवसाय कर्जा सार्न मिल्ने योजना...

#मुक्तिनाथ
Compare →
Onlinekhabar
5d ago
सम्पदा फिर्ताको बहसमा अन्तर्राष्ट्रिय कला प्रदर्शनी

सम्पदा फिर्ताको बहसमा अन्तर्राष्ट्रिय कला प्रदर्शनी

काठमाडौं । कुनै समय मन्दिरमा पूजिने देवीदेवताका प्रतिमा आज पश्चिमका संग्रहालयमा प्रदर्शनका सामग्री बनेका छन् । समुदायको आस्था र धार्मिक परम्परासँग जोडिएका मूर्ति, पाण्डुलिपि तथा ऐतिहासिक कलाकृति आफ्नो मूल परिवेशबाट कसरी विस्थापित भए ? तिनको …

#मन्दिर #दर्शन
Compare →

Related Stories

Technology
Build #2611