Trending
Prev Story
Next Story

सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

Nagarik News •
October 25, 2026 • 02:48 PM
1
1 reads 0 reactions

कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख २५ हजार राजस्व सङ्कलन भएको छ ।

सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२ लाख २५ हजार राजस्व सङ्कलन भएको छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर बिसीका अनुसार गत असोज २६ गतेदेखि कात्तिक ६ गतेसम्म कारबाहीमा परेका एक हजार ३३८ सवारी साधनबाट १२ लाख २५ हजार राजस्व सङ्कलन गरिएको हो । जसमा सबैभन्दा बढी सुर्खेतमा मादकपदार्थ सेवन गरी चलाएका ६३८ सवारी साधनलाई कारबाही गर्दा रु पाँच लाख ८२ हजार राजस्व सङ्कलन भएको सूचना अधिकारी बिसीले बताए ।

उनका अनुसार सल्यानमा २२२ सवारी साधन कारबाही हुँदा रु दुई लाख १८ हजार ५००, रुकुमपश्चिममा १२७ सवारीसाधनबाट रु एक लाख ४५ हजार, दैलेखमा ९९ सवारी साधनबाट रु ९४ हजार, जुम्लामा ६७ सवारीसाधनबाट ७३ हजार, जाजरकोटमा ६८ सवारीसाधनबाट ६१ हजार ५००, कालीकोटमा ८२ र डोल्पामा १८ सवारीसाधनबाट १७/१७ हजार, हुम्लामा १५ सवारीसाधनबाट १५ हजार र मुगुमा तीन सवारीसाधन कारबाही गर्दा दुई हजार राजस्व सङ्कलन भएको छ ।

मादकपदार्थ सेवन गरी गाडी चलाउने सुर्खेतमा १५७, सल्यानमा ४६, दैलेखमा १७, रुकुम पश्चिममा नौ, जुम्लामा सात, कालीकोटमा पाँच, जाजरकोटमा चार र डोल्पामा एक गरी २४६ जनालाई कारबाही गरिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतले जनाएको छ ।

प्रकाशित: ८ कार्तिक २०८३ २०:३३ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
2d ago
पोखरामा लक्ष्यभन्दा बढी राजस्व संकलन

पोखरामा लक्ष्यभन्दा बढी राजस्व संकलन

आन्तरिक राजस्व कार्यालय पोखरामा लक्ष्यभन्दा १३ प्रतिशत बढी रकम सङ्कलन भएको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्म कार्यालयले एक अर्ब ५१ करोड २७ लाख ७६ हजार रुपैयाँ राजस्व जम्मा गर्ने लक्ष्य थियो ।...

#राजस्व #सङ्कलन
Compare →
Ekantipur
1w ago
रसुवा र तातोपानी नाका बन्द भएपछि कोरलाबाट साढे ३ महिनामै उठ्यो १२ अर्ब राजस्व

रसुवा र तातोपानी नाका बन्द भएपछि कोरलाबाट साढे ३ महिनामै उठ्यो १२ अर्ब राजस्व

मुस्ताङमा चालु आर्थिक वर्षमा ९ अर्ब राजस्व संकलन लक्ष्य लिएकोमा साढे तीन महिनामै ११ अर्ब ९९ करोड ३४ लाख राजस्व उठेको हो ।

#राजस्व
Compare →
Arthasansar
11h ago
भीमफेदी सवारी दुर्घटना छानबिन गर्न सरकारले बनायाे पाँच सदस्यीय समिति गठन

भीमफेदी सवारी दुर्घटना छानबिन गर्न सरकारले बनायाे पाँच सदस्यीय समिति गठन

मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा भएको यात्रुवाहक सवारी दुर्घटनाप्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गहिरो दुःख व्यक्त गरेको छ।  शुक्रबार...

#सवारी
Compare →
Onlinekhabar
1d ago
तिहारको समयमा काठमाडौं उपत्यकामा सवारी दुर्घटनाबाट पाँच जनाको मृत्यु

तिहारको समयमा काठमाडौं उपत्यकामा सवारी दुर्घटनाबाट पाँच जनाको मृत्यु

२५ कात्तिक, काठमाडौं । तिहारको अवधिमा काठमाडौं उपत्यकामा भएको सवारी दुर्घटनामा ५ जनाले ज्यान गुमाएका छन् । कात्तिक २१ गतेदेखि २५ गते भाइटीकासम्मको अवधिमा ७८ वटा सवारी दुर्घटनाहरू भएको र दुर्घटनामा ५ जनाको मृत्यु भएको काठमाडौं …

#सवारी
Compare →
Bizshala
1w ago
१ अर्ब ३६ करोडको राजस्व चुहावट मुद्दा फेरि सर्‍यो, ‘नेपाल क्यान मुभ’को फैसला अझै अनिश्चित !

१ अर्ब ३६ करोडको राजस्व चुहावट मुद्दा फेरि सर्‍यो, ‘नेपाल क्यान मुभ’को फैसला अझै अनिश्चित !

–रविन ठकुरी काठमाण्डौ । लजिस्टिक कम्पनी ‘नेपाल क्यान मुभ ग्रुप प्रा.लि.’विरुद्ध दायर १ अर्ब ३६ करोड रुपैयाँभन्दा...

#राजस्व
Compare →

Related Stories

Business & Economy
Build #2611