Trending
Prev Story
Next Story

देशभर १३ विपद्का घटना, एकको मृत्यु, आठ जना घाइते

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

८ कात्तिक, काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका १३ वटा विपद्का घटना भएका छन् । ती घटनामा परी एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । विपद्का घटनाबाट करिब …

देशभर १३ विपद्का घटना, एकको मृत्यु, आठ जना घाइते

८ कात्तिक, काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका १३ वटा विपद्का घटना भएका छन् । ती घटनामा परी एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । विपद्का घटनाबाट करिब रु १३ लाख २० हजार बराबरको आर्थिक क्षति भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कात्तिक ७ गते बिहान १० बजेदेखि कात्तिक ८ गतेसम्म देशका विभिन्न जिल्लामा आगलागी, सर्पदंश, पहिरो तथा जनावरको आक्रमणलगायतका विपद्का घटना भएका हुन् ।

प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार भोजपुर र मनाङमा सर्पदंशका घटना भएका छन् । त्यस्तै, पाँचथर, रौतहट, बारा, पर्सा, काठमाडौँ, गोरखा, नवलपरासी पश्चिम, बाँके र कञ्चनपुरमा आगलागीका घटना भएका छन् । बाँकेमा जनावरको आक्रमणसमेत भएको प्राधिकरणले जनाएको छ ।

विभिन्न जिल्लामा भएका यी घटनाबाट मानवीयसँगै भौतिक सम्पत्तिमा क्षति पुगेको छ । विपद्मा परी घाइते भएकामध्ये केहीको सम्बन्धित जिल्लाका अस्पतालमा उपचार भइरहेको छ भने केहीलाई थप उपचारका लागि अन्य जिल्लाका अस्पतालमा लगिएको छ ।

प्राधिकरणका अनुसार विपद्बाट भएको क्षतिको विवरण सङ्कलन गर्ने तथा प्रभावित क्षेत्रमा आवश्यक व्यवस्थापन गर्ने कार्य भइरहेको छ । विपद्का घटनाबाट थप क्षति हुन नदिन सम्बन्धित निकायलाई आवश्यक सतर्कता अपनाउनसमेत आग्रह गरिएको छ ।

प्राधिकरणले विपद्को जोखिम देखिएमा स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित निकायसँग समन्वय गर्न र आधिकारिक सूचनाको पालना गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ । जोखिम न्यूनीकरणका उपाय अवलम्बन गर्नुका साथै आवश्यक सतर्कता अपनाउनसके सम्भावित जनधनको क्षति कम गर्न सकिने प्राधिकरणको सुझाव छ । रासस

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
16h ago
चितवनमा कारको ठक्करबाट एक जनाको मृत्यु, दुई घाइते

चितवनमा कारको ठक्करबाट एक जनाको मृत्यु, दुई घाइते

२७ कात्तिक, काठमाडौं । चितवनको भरतपुर महानगरपालिका –१६ फुर्तीचोकमा कारले ठक्कर दिँदा एक जना महिलाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । शुक्रबार बिहान ९ बजेको समयमा फुर्तीचोकबाट नवीनचो...

#मृत्यु #घाइते
Compare →
Ekantipur
17h ago
कारको ठक्करले चितवनमा पैदलयात्रुको मृत्यु, २ जना घाइते

कारको ठक्करले चितवनमा पैदलयात्रुको मृत्यु, २ जना घाइते

भरतपुरको फुर्तिचोकमा कारको ठक्करबाट घाइते भएकी महिलालाई अस्पताल लगिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

#मृत्यु #घाइते
Compare →
Nagarik News
17h ago
कारको ठक्करबाट पैदलयात्रीको मृ’त्यु, दुई जना घाइते

कारको ठक्करबाट पैदलयात्रीको मृ’त्यु, दुई जना घाइते

बा.प्र.०१–०३४ च ९२२१ नम्बरको ईभी कारले  पैदलयात्रीलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

#मृत्यु #घाइते
Compare →
Arthasansar
18h ago
आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

अमेरिकाको राजधानी वासिङ्टन डिसीको मध्यभागमा रहेको एक व्यस्त क्षेत्रमा बिहीबार बिहान एक बन्दुकधारीले पाँच जनामाथि गोली प्रहार गर्दा एक जनाको...

#मृत्यु #घाइते
Compare →

Related Stories

World News
Build #2612