Trending
Prev Story
Next Story

पीडीएनए प्रारम्भिक नतिजा : रसुवा बाढीले निजी सम्पत्ति र व्यवसायमा ७९ अर्बको क्षति

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

८ कात्तिक, काठमाडौं । १० भदौमा आएको रसुवा-भोटेकोशी बाढीका कारण सर्वसाधारणको निजी सम्पत्तिमा मात्रै करिब ७९ अर्ब १७ करोड रुपैयाँ बराबर क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ । राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको विपद्पछिको आवश्यकता मूल्यांकन …

पीडीएनए प्रारम्भिक नतिजा : रसुवा बाढीले निजी सम्पत्ति र व्यवसायमा ७९ अर्बको क्षति

८ कात्तिक, काठमाडौं । १० भदौमा आएको रसुवा-भोटेकोशी बाढीका कारण सर्वसाधारणको निजी सम्पत्तिमा मात्रै करिब ७९ अर्ब १७ करोड रुपैयाँ बराबर क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ ।

राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको विपद्पछिको आवश्यकता मूल्यांकन (पीडीएनए) घरधुरी सर्वेक्षणको प्रारम्भिक नतिजा अनुसार जनताको घर, जग्गा, व्यवसाय लगायतमा ७९ अर्ब १७ करोडको क्षति भएको छ ।

सडक, जलविद्युत् लगायत पूर्वाधार, उत्पादनशील, सामाजिक र वातावरण लगायत क्षेत्रमा भएको क्षति यसमा समावेश नभएको आयोगले जनाएको छ ।

कुल क्षतिमध्ये ६९ अर्ब ५७ करोड घरपरिवारको सम्पत्ति र ९ अर्ब ६० करोड भने व्यवसाय तथा प्रतिष्ठानको सम्पत्तिमा भएको क्षति हो । निजी सम्पत्तिमा भएको क्षतिमध्ये पनि करिब ८८ प्रतिशत भार घरपरिवारकै देखिएको छ ।

बाढीबाट प्रभावित नागरिक र व्यवसायीका घर, जग्गा, बाली, पशुपन्छी, सवारीसाधन र घरायसी सामानमा भएको क्षति विवरण यसमा समावेश भएको आयोगले जनाएको छ ।

बाढीको हानि–नोक्सानीको विस्तृत मूल्यांकन गरी वित्तीय आवश्यकता अनुमान र पुनर्निर्माण योजना सहित पीडीएनए प्रतिवेदन तयार गर्न मन्त्रिपरिषद्ले १२ भदौमा निर्णय गरेको थियो । सोही बमोजिम आयोगले प्रश्नावली तयार गरी प्रभावित क्षेत्रमा तथ्यांक संकलन गरेको हो ।

यसका लागि विभिन्न सरकारी निकायका कर्मचारी परिचालन गरी ५८ टोलीमा १ सय ५६ प्राविधिक र प्रशासनिक जनशक्ति खटाइएको आयोगले जनाएको छ । कामको सिलसिला वा भ्रमणमा रहँदा प्रभावित व्यक्तिका परिवारको विवरण सम्बन्धित स्थानीय तहबाट भर्ने व्यवस्था पनि मिलाइएको थियो ।

पीडीएनएका लागि संकलित तथ्यांक प्रशोधन र विश्लेषण भइरहेको आयोगले जनाएको छ । सर्वेक्षणको प्रारम्भिक नतिजा अनुसार रसुवा, नुवाकोट, धादिङ र गोरखा जिल्लाका १५ स्थानीय तहका ६ हजार ८ सय १७ घरपरिवार र १ हजार ६ सय ३८ व्यवसाय प्रभावित भएका छन् ।

बाढीबाट ३२ हजार ८ सय ७२ व्यक्ति प्रत्यक्ष प्रभावित भएको देखिएको छ, जसमध्ये १६ हजार ७ सय १४ पुरुष, १६ हजार ८० महिला छन् भने ७८ अन्य लिङ्गी तथा लैङ्गिक पहिचान नखुलेको रहेको पनि आयोगले जनाएको छ ।

जिल्लागत हेर्दा नुवाकोट सबैभन्दा बढी प्रभावित छ, जहाँ १७ हजार ९ सय ५४ जना प्रभावित देखिएका छन् । नुवाकाटेमा ४ हजार १ सय ६४ घरपरिवार तथा प्रतिष्ठानले क्षति बेहोरेका छन् ।

त्यस्तै रसुवामा ९ हजार ६ सय ७६ जना (१ हजार ९ सय ७७ घरपरिवार), धादिङ ४ हजार ५ सय ८४ जना (१ हजार ५२) र गोरखामा ६ सय ५८ जना (१ सय २३) प्रभावित भएका छन् ।

आर्थिक रूपमा सबैभन्दा ठूलो क्षति जग्गा जमिनमा देखिएको छ । ३ हजार ६ सय १० परिवारको ५ सय ८ हेक्टर जमिनमा क्षति पुगेको सर्वेर्क्षेणले देखाएको छ । जसको अनुमानित मूल्य करिब ३५ अर्ब ४४ करोड रुपैयाँ देखिएको छ ।

त्यस्तै क्षतिग्रस्त भवन संरचनाले मात्र ५४.६५ हेक्टर जमिन चर्चेको देखिन्छ । आफ्नै स्वामित्वको घर भएको जग्गामा १३ अर्ब २६ करोडको क्षति भएको छ भने भवन निर्माणमा लागेको लगानी हिसाब गर्दा ११ अर्ब ९५ करोड मूल्यको थप क्षति भएको आयोगले जनाएको छ ।

यसबाहेक २ हजार ३ सय ३० घरपरिवारका नगद, बहुमूल्य, सांस्कृतिक तथा पुरातात्त्विक वस्तुमा ५ अर्ब २ करोड बराबर क्षति भएको आयोगको निष्कर्ष छ । ३ हजार १ सय ८७ परिवारका स्थायी प्रकृतिका घरायसी सामानमा १ अर्ब ४५ करोडको क्षति भएको देखिएको छ ।

यसैगरी १ हजार १ सय १५ घरपरिवारको १ हजार ४ सय २३ सवारीसाधनमा १ अर्ब २४ करोडको क्षति भएको आयोगले निष्कर्ष निकालेको छ । अस्थायी प्रकृतिका घरायसी सामानमा २ हजार ७ सय ६९ परिवारको ६६ करोड ३५ लाख बराबर क्षति पुगेको छ ।

लगाइएको बालीमा २३ करोड २१ लाख, भण्डारण गरिएको खाद्यान्नमा १० करोड ४१ लाख र पशुपन्छी तथा माछापालनमा २१ करोड ४२ लाखको क्षति भएको आयोगको तथ्यांक छ ।

घरपरिवारले पालेका ६ सय ६४ ठूला र ४ हजार ६ सय १ साना पशु, ६३ हजार ६ सय ३३ पन्छी र २४ हजार ५ सय ८ किलो माछा नष्ट भएका छन् ।

त्यसैगरी ३ हजार ९ सय ६७ घरधनीका ४ हजार १ सय ५१ भवन संरचनामा क्षति पुगेको आयोगले जनाएको छ । तीमध्ये २ हजार ७ सय २ घर, २ सय ८८ गोठ, धनसार वा मतान, ६ सय ५१ ट्रस र २ सय ६३ टहरा छन् ।

१ सय ४२ संरचना अन्य प्रकारका छन् भने १५ को प्रकार खुलेको छैन । २ हजार ९ सय ८९ संरचना (७२ प्रतिशत) पूर्णरूपमा क्षतिग्रस्त भएका छन् र ५ सय ८ वटा माटो तथा लेदोले पुरिएका छन् ।

आयोगका अनुसा ३ सय २ भवन आंशिक रूपमा क्षति भएका, १ सय ९२ मा सामान्य क्षति पुगेको र १ सय ४१ ढल्किएको आयोगको सर्वेक्षणले देखाएको छ ।

तीमध्ये ३ हजार १ सय ४ संरचना (७६.९५ प्रतिशत) फेरि प्रयोग गर्नै नसकिने अवस्थामा रहेको आयोगको तथ्यांक छ । मर्मतपछि प्रयोग गर्न सकिने संरचना जम्मा ६ सय ५२ छन् (पूर्ण मर्मतपछि ३ सय ३२ र सामान्य मर्मतपछि ३ सय २०) । जबकि, मर्मत नगरी बस्न मिल्ने ९७ मात्र छन् ।

व्यवसायतर्फ क्षति भएकामध्ये ७ सय ७४ (४७.२५ प्रतिशत) थोक तथा खुद्रा व्यापारी छन् । त्यसपछि आवास तथा खाद्य सेवाका ३ सय ३७ (२०.५७ प्रतिशत), कृषि, वन तथा मत्स्यपालनका १ सय ६६ (१०.१३ प्रतिशत) र अन्य सेवाका १ सय ३६ (८.३ प्रतिशत) प्रतिष्ठान छन् । व्यवसायीका ४ सय ३ सवारीसाधनमा ९४ करोडको क्षति भएको छ ।

विभिन्न प्रतिष्ठानले पालेका १ सय ३० ठूला र २ हजार ५८ साना पशु, १ लाख ५३ हजार ५२ पन्छी र २८ हजार १ सय ५० किलो माछा पनि नष्ट भएका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
4d ago
भोटेकोशी बाढीबाट क्षति भएको स्कुल बस

भोटेकोशी बाढीबाट क्षति भएको स्कुल बस

गत भदौ १० गते भोटेकोशीमा आएको बाढीले क्षति पुर्‍याएको रसुवाको उतरगया गाउँपालिका वडा नं ५ वेत्रावतीस्थित पासाङल्हामु सडक छेउमा रहेको स्कुलको बस । तस्बिर : रासस

#क्षति #बाढी
Compare →
Nagarik News
4d ago
आजदेखि कोप-३१ सुरुः वास्तविकता देखाउँदै नेपालले खोज्ने छ जलवायु न्याय

आजदेखि कोप-३१ सुरुः वास्तविकता देखाउँदै नेपालले खोज्ने छ जलवायु न्याय

गत भदौ १० मा भोटेकोशी नदीमा आएको विनासकारी बाढीले निम्त्याएको क्षतिले नेपाललाई गहिरो पीडा दिएको छ।

#क्षति #बाढी
Compare →
Ekantipur
2d ago
घरायसी परिकारबाट करोडाैंको व्यवसाय बन्यो झिनियाँ रोटी

घरायसी परिकारबाट करोडाैंको व्यवसाय बन्यो झिनियाँ रोटी

२० वर्षअघिसम्म घरायसी परिकार रहेको झिनियाँ रोटी अहिले पाल्पाका महिलाको नियमित आम्दानी हुने व्यवसाय बनेको छ, जसबाट वार्षिक पाँच करोड रुपैयाँभन्दा बढी कारोबार हुने अनुमान छ।

#व्यवसाय
Compare →
Bizshala
1d ago
बाढीपछि गोसाइँकुण्डमा फर्किन थाले पर्यटक, स्थानीय व्यवसायमा राहत

बाढीपछि गोसाइँकुण्डमा फर्किन थाले पर्यटक, स्थानीय व्यवसायमा राहत

काठमाण्डौ । बाढीका कारण सुस्ताएको रसुवाको गोसाइँकुण्ड क्षेत्रको पर्यटन व्यवसाय क्रमशः लयमा फर्किन थालेको छ। सडक तथा...

#बाढी #व्यवसाय
Compare →

Related Stories

Science & Climate
Build #2612