अफ्रिकामा कार्यरत नेपाली समुदायले कन्सुलर सेवा, सुरक्षा र उद्धारमा समस्या देखाउँदै सभामुख डोलप्रसाद अर्याललाई ज्ञापनपत्र बुझाएको छ ।
एनआरएनएका अध्यक्ष डा. हेमराज शर्माले विदेशमा रहेका नेपालीको ज्ञान, सीप, प्रविधि र पुँजीलाई नेपालको सामाजिक तथा आर्थिक विकासमा उपयोग गर्ने अभियानले २३ वर्ष पूरा गरेको उल्लेख गरेका छन् ।
नयाँ व्यवस्थाअनुसार कामदारले श्रीमान् वा श्रीमती, २५ वर्षभन्दा कम उमेरका छोरा तथा अविवाहित छोरीलाई साउदी अरेबिया ल्याउन सक्नेछन् ।
सन् २०२७ मार्च २५ देखि २८ तारिखसम्म सञ्चालन हुने चारदिने प्रतियोगितामा अष्ट्रेलियाका विभिन्न राज्य र न्युजिल्यान्डका नेपालीमूलका खेलाडी, पदाधिकारी तथा समर्थकहरूको सहभागिता रहनेछ
सन् २०२४ देखि न्युयोर्क सिटीले हरेक वर्ष हिन्दु नेपाली समुदायको प्रमुख पर्व दसैं उत्सव आयोजना गर्दै आएको छ ।
नेपाली दूतावास लन्डनमा बिहीबार आयोजित कार्यक्रममा व्यवसायी रविन्द्रजंग लामिछाने कार्यवाहक राजदूत विपिन दुवाडी र रास्वपाकी सांसद विदुषी राणालाई सहयोग रकमको चेक हस्तान्तरण गरे ।
विद्यार्थी भिसामा गरेको पछिल्लो परिवर्तनले यहाँ अध्ययनरत तथा अध्ययनका लागि आउने तयारीमा रहेका नेपालीलाई प्रत्यक्ष असर पार्ने देखिएको छ ।
जर्मनी बसेको करिब २५ वर्ष पुग्न लाग्दा पनि टंक लम्सालको मन नेपालमै छ, उनका छोराहरू विश्वविद्यालय जाने भएपछि आफू नेपाल फर्किने उनको योजना छ, भन्छन्, ‘बाबुहरू युनिभर्सिटी गएपछि म फर्कन्छु, मलाई नेपालमा बस्ने धोको पुगेको छैन ।’
अमेरिकाको न्यूयोर्कमा बसोबास गर्दै आएका उपल्लो मुस्ताङवासीले भोटेकोशी र त्रिशूली बाढीपीडितका लागि १ लाख ४ हजार ६ सय ८८ अमेरिकी डलर सहयोग गरेका हुन् ।
पूर्ण सुनुवारको बाँसुरीवादनसँगै प्रस्तुत कविताहरूले डायस्पोरिक जीवनका वेदना, वातावरणीय संकट र प्राकृतिक विपत्तिको मार्मिक चित्रण गरे।
न्यू ह्याम्पसायर नेपाली समाज (एनएचएनसी) को अगुवाइमा सञ्चालित राहत संकलन अभियानबाट १ लाख २० हजार अमेरिकी डलरभन्दा बढी रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिएको हो ।
सारजाहस्थित अल फरहान क्रिकेट मैदानमा भएको फाइनलमा एनसीसी हार्डहिटर्सलाई हराउँदै गोर्खाली राइनोजले उपाधि जितेको हो । विजेताले ५ हजार दिराम र उपविजेताले २ हजार दिराम पुरस्कार पाए ।
अमेरिकामा ५ लाखभन्दा बढी नेपालीको बसोबास रहेको उल्लेख गर्दै परराष्ट्रमन्त्री खनालले नेपाली डायस्पोरालाई नेपालको विकास यात्राको आधारभूत साझेदारका रूपमा हेरिएको बताए ।
तमु धीं यूकेको टोलीले बुधबार चारवटा होल्डिङ सेन्टर साथै विस्थापित परिवार आश्रय लिइरहेकाहरुलाई चामल, दाल, नुन, तेल, सेनेटरी प्याड, सिरक र ब्ल्याङ्केटलगायत सामग्री वितरण गरेको हो ।
समाजले आफ्नो कोष र ३० सदस्यबाट संकलित २९ हजार २०१ हङकङ डलर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ।
अमेरिकामा रहेका पाल्पाली र शुभेच्छुकबाट संकलित रकम गत भदौ १० गतेको रसुवा–भोटेकोशी बाढीपीडितका लागि कोषमा जम्मा गरिएको हो।
अस्ट्रेलियाका गृहमन्त्री टोनी बर्कले समग्र आप्रवासी संख्या घटाउने, विद्यार्थी भिसामा भइरहेको अनियमिततालाई रोक्ने, दक्ष कामदारलाई प्राथमिकता दिनेलगायतका परिवर्तनको घोषणा गरेका हुन् ।
नेपाली समाज भारतको केन्द्रीय समितिले भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि २१ लाख २१ हजार रुपैयाँ सहयोग गरेको हो ।
रसुवाको भोटेकोशीमा अचानक आएको बाढीबाट प्रभावितका लागि राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले दुबईमा बस्ने नेपालीहरूले५० लाख रुपैयाँ पठाएका हुन् ।
भिजिट नेपालले ३० लाख रुपैयाँ नगद प्रधानमन्त्री कोषमा पठाएको र रसुवा, नुवाकोट तथा धादिङ क्षेत्रका बाढीपीडितका लागि २ करोड ७० लाख रुपैयाँ बराबरका भौतिक संरचना निर्माण गर्ने बताएको छ ।
कम्पनीले आफ्नो कल्याणकारी शाखा ‘भी-केयर फर डेभलपमेन्ट फाउन्डेसन’ मार्फत करिब ७६ लाख रुपैयाँ बराबरको उक्त रकम नेपाल सरकारको प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने जनाएको छ ।
नाइजेरिया, घाना, कङ्गो र तान्जानियालगायत देशमा रहेका नेपालीले बाढी तथा पहिरो प्रभावितका लागि राहत जुटाएका हुन्।
अध्यक्ष सोनाम लामाको नेतृत्वमा रहेको युनाइटेड नेपाली डायस्पोराको टोलीले शुक्रबार सिंहदरबारमा परराष्ट्रमन्त्री शिशिर खनाललाई ५१ लाख ५ सय ५५ रुपैयाँ राबरको चेक हस्तान्तरण गरेको हो।
तनहुँ समाज यूकेले संकलन गरेको १० लाख १ सय ९५ रुपैयाँ बराबरको चेक समाजकी उपाध्यक्ष निर्मला थापाले बुधबार अर्थमन्त्री स्वर्णिम वाग्लेमार्फत हस्तान्तरण गरेकी हुन् ।
अस्ट्रेलियाको गोल्डकोस्टको सर्फर्स प्याराडाइजमा रहेको काठमाण्डु मम हाउस एन्ड बारले प्रधानमन्त्री राहत कोषमा १० लाख ८१ हजार रुपैयाँ जम्मा गरेको हो ।
बाढी आएलगत्तै संकलित रकममध्ये अन्तर्राष्ट्रिय झापाली समाजले १५ लाख र झापाली समाज अस्ट्रेलियाले १२ लाख रुपैयाँ दिएका छन्।
दुई राज्यका संसद्ले शोक प्रस्ताव पारित गरे, संघीयदेखि स्थानीय तहका नेता राहत र उद्धारमा साथ दिने प्रतिबद्धतामा
नेपालमा हालै आएको भोटेकोसी बाढीका कारण भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सांसदहरूले ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा प्रभावित परिवार र समुदायप्रति गहिरो समवेदना व्यक्त गरेका हुन् ।
रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि सापकोटाले बुधबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जम्मा गरेका हुन् ।
मंगलबार राति बसेको कार्यसमितिको आकस्मिक बैठकले बाढीपीडितको राहतका लागि १ करोड १ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।