Trending
Prev Story
Next Story

२४औं वर्षमा एनआरएनए : जलविद्युत्, बैंकिङ, पर्यटन, स्वास्थ्य र शिक्षा क्षेत्रमा महत्त्वपूर्ण लगानी

Ekantipur •
October 11, 2026 • 04:09 PM
2
2 reads 0 reactions

एनआरएनएका अध्यक्ष डा. हेमराज शर्माले विदेशमा रहेका नेपालीको ज्ञान, सीप, प्रविधि र पुँजीलाई नेपालको सामाजिक तथा आर्थिक विकासमा उपयोग गर्ने अभियानले २३ वर्ष पूरा गरेको उल्लेख गरेका छन् ।

२४औं वर्षमा एनआरएनए : जलविद्युत्, बैंकिङ, पर्यटन, स्वास्थ्य र शिक्षा क्षेत्रमा महत्त्वपूर्ण लगानी

एनआरएनएका अध्यक्ष डा. हेमराज शर्माले विदेशमा रहेका नेपालीको ज्ञान, सीप, प्रविधि र पुँजीलाई नेपालको सामाजिक तथा आर्थिक विकासमा उपयोग गर्ने अभियानले २३ वर्ष पूरा गरेको उल्लेख गरेका छन् ।

लण्डन — गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष डा. हेमराज शर्माले नेपालको जलविद्युत्, बैंकिङ, पर्यटन, स्वास्थ्य र शिक्षा क्षेत्रमा गैरआवासीय नेपालीको लगानी तथा योगदान महत्त्वपूर्ण रहेको बताएका छन् । संघको २३औँ स्थापना दिवसका अवसरमा आइतबार जारी शुभकामना सन्देशमा अध्यक्ष शर्माले विदेशमा रहेका नेपालीको ज्ञान, सीप, प्रविधि र पुँजीलाई नेपालको सामाजिक तथा आर्थिक विकासमा उपयोग गर्ने अभियानले २३ वर्ष पूरा गरेको उल्लेख गरेका छन् ।

‘नेपालीका लागि नेपाली’ भन्ने मूल मन्त्रका साथ सन् २००३ मा सुरु भएको गैरआवासीय नेपाली अभियानले विश्वभरका नेपाली समुदायलाई एकताबद्ध गर्न महत्त्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ । हाल ९० भन्दा बढी देशमा सञ्जाल विस्तार गरेको संघ स्वदेश तथा विदेशमा रहेका नेपालीको आशा र भरोसाको केन्द्र बनेको उनले उल्लेख गरेका छन् ।

शर्माका अनुसार गैरआवासीय नेपालीको लगानीलाई नेपालमा भित्र्याउन लामो समयदेखि गरिएको पैरवीपछि १० अर्ब रुपैयाँको एनआरएनए डेभलपमेन्ट फन्डमार्फत लगानीका नयाँ अवसर खुलेका छन् । यसबाट ठुला लगानीकर्तासँगै वैदेशिक रोजगारीमा रहेका नेपाली तथा साना र मझौला लगानीकर्तालाई समेत नेपालमा लगानी गर्ने अवसर प्राप्त हुने अपेक्षा गरिएको छ ।

यद्यपि, गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन र वंशजको नागरिकताको निरन्तरतासम्बन्धी विषय समाधान हुन नसक्दा लगानीकर्ताको आत्मविश्वास बढाउन चुनौती रहेको शर्माले बताएका छन् । ‘एक पटकको नेपाली, सधैंको नेपाली’ भन्ने भावनालाई व्यवहारमा उतार्न अझै प्रभावकारी पहल आवश्यक रहेको उनको भनाइ छ ।

संघले आर्थिक लगानीसँगै बौद्धिक लगानी, अनुसन्धान, नवप्रवर्तन र प्रविधि हस्तान्तरणलाई प्रोत्साहन गर्ने कार्यक्रम अघि बढाएको छ । यसअन्तर्गत चौथो विश्व ज्ञान सम्मेलन आयोजना गर्ने तथा एनआरएन एकेडेमिक एण्ड प्रोफेसनल एकेडेमी स्थापना गर्ने तयारी भइरहेको शर्माले जानकारी दिए । विश्वभरका महिलालाई एउटै मञ्चमा ल्याउने उद्देश्यले प्रथम एनआरएन विश्व महिला सम्मेलन आयोजना गर्ने योजना पनि संघले अघि सारेको छ । विदेशमा जन्मे हुर्केका दोस्रो पुस्ताका नेपालीलाई मातृभूमिसँग जोड्न काठमाडौंमा दोस्रो पुस्ता विश्व सम्मेलन आयोजना गर्ने तथा उनीहरूलाई नेपालको राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी गराउने तयारीसमेत भइरहेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Bizshala
15h ago
नेपालको जलविद्युत्, पर्यटन र डेटा सेन्टरमा लगानी गर्न युएईका लगानीकर्तालाई चन्द्र ढकालको आग्रह

नेपालको जलविद्युत्, पर्यटन र डेटा सेन्टरमा लगानी गर्न युएईका लगानीकर्तालाई चन्द्र ढकालको आग्रह

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई)का...

#जलविद्युत् #पर्यटन
Compare →
Hamro Patro News
18h ago
नेपालका सम्भावनायुक्त क्षेत्रमा लगानी गर्न युएईका लगानीकर्तालाई ढकालको आग्रह

नेपालका सम्भावनायुक्त क्षेत्रमा लगानी गर्न युएईका लगानीकर्तालाई ढकालको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई) का लगानीकर्तालाई नेपालमा जलविद्युत्, पर्यटन, कृषि, सूचना प्रविधि तथा ‘डेटा सेन्टर’मा लगान...

#जलविद्युत् #क्षेत्रमा
Compare →

Related Stories

Business & Economy
Build #2612