Trending
Prev Story
Next Story

केन्यामा बस र ट्रक ठोक्किँदा कम्तीमा २२ जनाको मृत्यु

Ekantipur •
October 25, 2026 • 11:00 AM
1
1 reads 0 reactions

राजधानी नैरोबीलाई तटीय सहर मोम्बासासँग जोड्ने राजमार्गमा यसअघि १७ जनाको ज्यान जाने गरी दुर्घटना भएको तीन साताभन्दा कम समयमै अर्को घातक दुर्घटना भएको हो ।

केन्यामा बस र ट्रक ठोक्किँदा कम्तीमा २२ जनाको मृत्यु

राजधानी नैरोबीलाई तटीय सहर मोम्बासासँग जोड्ने राजमार्गमा यसअघि १७ जनाको ज्यान जाने गरी दुर्घटना भएको तीन साताभन्दा कम समयमै अर्को घातक दुर्घटना भएको हो ।

माकुएनी — केन्याको मुख्य राजमार्गमा आइतबार बस र ट्रक एकआपसमा ठोक्किँदा कम्तीमा २२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य धेरै जना घाइते भएका छन् ।

राजधानी नैरोबीलाई तटीय सहर मोम्बासासँग जोड्ने राजमार्गमा यसअघि १७ जनाको ज्यान जाने गरी दुर्घटना भएको तीन साताभन्दा कम समयमै अर्को घातक दुर्घटना भएको हो ।

प्रहरीका अनुसार, आइतबार बिहान भएको दुर्घटनाका बेला बसमा सवार यात्रुहरू अन्त्येष्टि कार्यक्रममा सहभागी भएर फर्कँदै थिए । घाइतेहरूको उपचार भइरहेको छ । माकुएनी काउन्टीका आयुक्त अब्दुल्लाही खालिफले मृतकको संख्या अझै बढ्न सक्ने बताएका छन् ।

दुर्घटना हुनुको कारणबारे तत्काल स्पष्ट भइसकेको छैन । केन्यामा हुने सडक दुर्घटनाका प्रमुख कारणमा तीव्र गति र सडकको खराब अवस्थालाई लिने गरिएको छ ।

केन्याको राष्ट्रिय यातायात तथा सुरक्षा प्राधिकरणका अनुसार, दुर्घटना भएको राजमार्गको उक्त खण्डलाई सडक दुर्घटनाको उच्च जोखिमयुक्त क्षेत्रका रूपमा पहिचान गरिएको छ । प्राधिकरणले यस क्षेत्रमा सडक सुरक्षा सुधार गर्न विभिन्न सुझावसमेत दिएको थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
21h ago
यूएईमा एकै पटक २३ सवारीसाधन ठोक्किँदा १४ जनाको मृत्यु, ३० घाइते

यूएईमा एकै पटक २३ सवारीसाधन ठोक्किँदा १४ जनाको मृत्यु, ३० घाइते

२७ कात्तिक, काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) को फुजैराहमा १८ वटा कार र ५ वटा ट्रकहरू ठोक्किएर भएको ठूलो सवारी दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने अन्य ३० जना घाइते भएका छन्। यूएईको …

#दुर्घटना #ठोक्किँदा #जनाको
Compare →
Nagarik News
22h ago
युएईमा १८ कार र पाँच ट्रक ठोक्किँदा १४ जनाको मृ’त्यु, ३० घाइते

युएईमा १८ कार र पाँच ट्रक ठोक्किँदा १४ जनाको मृ’त्यु, ३० घाइते

संयुक्त अरब इमिरेट्स (युएई) को फुजैराहमा १८ वटा कार र पाँचवटा ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको छ।

#दुर्घटना #ट्रक #ठोक्किँदा
Compare →
Hamro Patro News
12h ago
एकै गाउँका १३ जनाको मृत्युले सुन्दरपुर शोकमा

एकै गाउँका १३ जनाको मृत्युले सुन्दरपुर शोकमा

सर्लाही । मकवानपुरको भीमफेदीमा भएको विद्युतीय गाडी ९इभी० दुर्घटनामा एकै गाउँका १३ जनाको मृत्यु भएपछि सर्लाहीको चक्रघट्ट गाउँपालिका–४, सुन्दरपुर शोकमा डुबेको छ । दुर्घटनामा आफन्त गुमाएका परिवार शवको...

#दुर्घटना #जनाको #मृत्यु
Compare →
Arthasansar
18h ago
आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

अमेरिकाको राजधानी वासिङ्टन डिसीको मध्यभागमा रहेको एक व्यस्त क्षेत्रमा बिहीबार बिहान एक बन्दुकधारीले पाँच जनामाथि गोली प्रहार गर्दा एक जनाको...

#राजधानी #जनाको #मृत्यु
Compare →

Related Stories

World News
Build #2612