Trending
Prev Story
Next Story

यज्ञराज जोशीको कथासंग्रह ‘बैसाखी’ लोकार्पण

Onlinekhabar •
October 14, 2026 • 08:16 PM
2
2 reads 0 reactions

२४ असोज, काठमाडौं । युवा साहित्यकार तथा पत्रकार यज्ञराज जोशीको पहिलो कृति ‘बैसाखी’ लोकार्पण भएको छ । शनिबार काठमाडौंमा आयोजित एक समारोहबीच त्रिभुवन विश्व विद्यालयका प्राध्यापक डा. महादेव अवस्थी, साहित्यकार तथा समालोचक ज्ञानु अधिकारी, समालोचक एवं …

यज्ञराज जोशीको कथासंग्रह ‘बैसाखी’ लोकार्पण

२४ असोज, काठमाडौं । युवा साहित्यकार तथा पत्रकार यज्ञराज जोशीको पहिलो कृति ‘बैसाखी’ लोकार्पण भएको छ ।

शनिबार काठमाडौंमा आयोजित एक समारोहबीच त्रिभुवन विश्व विद्यालयका प्राध्यापक डा. महादेव अवस्थी, साहित्यकार तथा समालोचक ज्ञानु अधिकारी, समालोचक एवं बैसाखीका सम्पादक सुभाषचन्द्र भण्डारीले पुस्तकको लोकार्पण गरेका हुन् ।

समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्राडा अवस्थीले लेखक जोशीमा सिर्जनात्मक प्रतिभा रहेको बताए । ‘पत्रकारिताबाट आएका लेखकहरूका शब्दमा शक्ति हुन्छ । जोशीमा पनि सिर्जनात्मक प्रतिभा छ,’ उनले भने, ‘उहाँमा इच्छा शक्ति छ । लोकपरिवेशमूलक निपूणता छ । लेखनमा आलंकारिता छ ।’

समीक्षक ज्ञानु अधिकारीले पुस्तकमाथि परिचर्चा गर्दै बैसाखीमा भुइँमान्छेको इतिहास संग्रहित कथा रहेको औंल्याइन् । उनले नारीवादी मनोविज्ञानलाई पनि लेखकले सशक्त रूपमा प्रस्तुत गरेको बताइन् ।

पुस्तकका सम्पादक सुभाषचन्द्र भण्डारीले नयाँ पुस्ताको मनोभावलाई गहिरोसँग लेख्न सफल भएको बताए ।

‘जोशीको लेखनीमा आधुनिक कथाशिल्प छ । पछिल्लो पुस्ताको मनोभाव गहिरोगरी आएको छ । बालशखादेखि गाउँपरिवेशका सबै कथा मिहिन रूपमा उहाँ लेख्न सफल हुनुभएको छ । कतिपय कथामा त वास्तविक पात्रको अनुमति लिएर नै उहाँले कथा बुनेर नयाँ प्रयोग गर्नुभएको छ,’ उनले भने ।

यस्तै, सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति डा. टीएन जोशीले कृतिकार जोशीले सुदूर भूमिबाट दु:ख–संघर्ष गर्दै अगाडि बढेको र भुइँमान्छेकै रूपमा भुइँमान्छेका कथा लेखेको भन्दै खुसी व्यक्त गरे ।

प्राध्यापक माधव नेपालले बैसाखी लेखनीका क्रममा आफूले थुप्रै सुझाव दिएको र ती सुझावलाई पालना गर्दै जोशीले कृतिका रूपमा बैसाखी ल्याउन सफल भएकोमा खुसी व्यक्त गरे ।

कृतिकार जोशीले परदेशिएका बुबालाई आमाले चिठी लेख्दा देउडा गीत लेखेर पठाएको देखेपछि आफू साहित्यतर्फ आकर्षित भएको बताए । ‘त्यही प्रेरणाले आज यो पुस्तक ल्याउन सम्भव भएको हो,’ उनले भने ।

शिखा बुक्सका प्रबन्ध निर्देशक पुष्पराज पैडेलले ऊर्जावान युवा लेखक जोशीको कृति बजारमा ल्याउन पाउँदा खुसी लागेको बताए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Ekantipur
9h ago
तामाङ राजनीति र संस्कृतिबारे मोहन गोलेका दुई पुस्तक लोकार्पण

तामाङ राजनीति र संस्कृतिबारे मोहन गोलेका दुई पुस्तक लोकार्पण

काठमाडौंमा शुक्रबार ताम्सालिङ संयुक्त संघर्ष समिति नेपालले आयोजना गरेको कार्यक्रममा गोलेद्वारा लिखित ‘तामाङ राष्ट्रको राजनीति’ र ‘तामाङ संस्कार संस्कृति’ पुस्तक संयुक्त रूपमा विमोचन गरिएको हो ।

#काठमाडौं #लोकार्पण
Compare →
Hamro Patro News
10h ago
बालेन सरकार पाँच वर्ष चल्छ, रास्वपा कुनै हालतमा फुट्दैन : सांसद जोशी

बालेन सरकार पाँच वर्ष चल्छ, रास्वपा कुनै हालतमा फुट्दैन : सांसद जोशी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद एवं नेता जगतप्रसाद जोशीले वर्तमान बालेन नेतृत्वको सरकार पूरा पाँच वर्ष चल्ने दाबी गरेका छन् । रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित साक्षात्कार...

#जोशी
Compare →

Related Stories

World News
Build #2611