Trending
Prev Story
Next Story

एनपीएल सिजन ३ पहिलेभन्दा विशेष बन्ने ४ मुख्य कारण

Ekantipur •
October 25, 2026 • 10:30 AM
1
1 reads 0 reactions

तेस्रो सिजनमा प्रविधि, अन्तर्राष्ट्रिय मान्यता, विदेशी खेलाडीको सहभागिता र रंगशालाका सुविधा एनपीएलका प्रमुख आकर्षण बनेका छन्। यी चार पक्षले प्रतियोगितालाई अघिल्ला सिजनभन्दा फरक बनाउनेछन् ।

एनपीएल सिजन ३ पहिलेभन्दा विशेष बन्ने ४ मुख्य कारण

तेस्रो सिजनमा प्रविधि, अन्तर्राष्ट्रिय मान्यता, विदेशी खेलाडीको सहभागिता र रंगशालाका सुविधा एनपीएलका प्रमुख आकर्षण बनेका छन्। यी चार पक्षले प्रतियोगितालाई अघिल्ला सिजनभन्दा फरक बनाउनेछन् ।

काठमाडौँ — कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सोमबारदेखि सुरु हुने एनपीएलको तेस्रो सिजन केही ठोस कारणले विशेष बन्दै छ। प्रतियोगितामा प्रविधि र अन्तर्राष्ट्रिय मान्यतासँगै विश्व क्रिकेटका चर्चित खेलाडी तथा दर्शकका लागि थपिएका सुविधा मुख्य पक्षका रूपमा रहेका छन्।

१. डीआरएस प्रविधि — यसपालि खेलाडीले अम्पायरको निर्णय चित्त नबुझेमा रिभ्यु माग गर्न पाउनेछन्। एलबीडब्लूका लागि थ्रीडी बल ट्र्याकिङ, ब्याट र बलको सम्पर्क पत्ता लगाउन एज डिटेक्सन तथा साउन्ड वेभ प्रविधि प्रयोग हुनेछ।

२. आईसीसीको आधिकारिक मान्यता — एनपीएलको तेस्रो सिजनलाई आईसीसीले स्याङ्सन दिएको छ। त्यसपछि प्रतियोगिता अन्तर्राष्ट्रिय टी–२० सरह गणना हुनेछ र खेलाडीका रन तथा विकेट अन्तर्राष्ट्रिय रेकर्डमा समावेश हुनेछन्।

३. विदेशी खेलाडीको ठूलो सहभागिता — डेविड वार्नर, डेविड मिलर, एन्ड्र्यु रसेल, मोइन अली, साहिबजादा फरहान, इफ्तिखार अहमद, शकिब अल हसन र सिकन्दर राजालगायत खेलाडी विभिन्न टोलीबाट सहभागी हुँदै छन्।

४. रंगशाला र दर्शक सुविधा — अघिल्लो सिजनसम्म कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा समर्थकका लागि दर्शकदीर्घा र फ्लडलाइट्स जडान भइसकेका थिए। यसपटक दर्शकका लागि थपिएका सुविधा र संरचना पनि एनपीएलको आकर्षणमा समेटिएका छन्।

विस्तृतमा पढ्नुहोस् : पहिलेभन्दा किन विशेष हुँदै छ एनपीएल सिजन ३ ?

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
13h ago
अन्तिम ओभरमा १६ रन जोगाउँदै सुदूरपश्चिम प्लेअफमा, काठमाडौं स्तब्ध

अन्तिम ओभरमा १६ रन जोगाउँदै सुदूरपश्चिम प्लेअफमा, काठमाडौं स्तब्ध

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ मा सुदूरपश्चिम रोयल्सले काठमाडौं गोर्खाजलाई ७ रनले पराजित गर्दै प्लेअफमा स्थान पक्का गरेको छ। अघिल्ला दुई सिजनको फाइनलमा पराजित भएको सुदूरपश्चिम लगातार तेस्रो सिज...

#एनपीएल #सिजन
Compare →
Nagarik News
8h ago
एनपीएलः चितवनको प्लेअफ सम्भावना कायमै, जनकपुर बाहिरियो

एनपीएलः चितवनको प्लेअफ सम्भावना कायमै, जनकपुर बाहिरियो

शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै चितवनले शीर्ष चारको दौडमा आफूलाई कायमै राखेको हो।

#एनपीएल
Compare →
Arthasansar
12h ago
काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, तीनै सिजन प्लेअफमा पुग्ने एकमात्रै टाेली

काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, तीनै सिजन प्लेअफमा पुग्ने एकमात्रै टाेली

कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतक अनी बलरहरुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्मिच रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई पराजित गर्दै...

#एनपीएल #सिजन
Compare →

Related Stories

Technology
Build #2612