Trending
Prev Story
Next Story

इरानको आणविक हतियारलाई लिएर ओबामा र ट्रम्पबीच आरोप–प्रत्यारोप

Arthasansar •
October 25, 2026 • 10:01 AM
1
1 reads 0 reactions

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वराष्ट्रपति बाराक ओबामाले आफ्नो कार्यकालमा इरानलाई अर्बाैँ डलर उपलब्ध गराएको आरोप लगाएका छन् । यही कारण...

इरानको आणविक हतियारलाई लिएर ओबामा र ट्रम्पबीच आरोप–प्रत्यारोप

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वराष्ट्रपति बाराक ओबामाले आफ्नो कार्यकालमा इरानलाई अर्बाैँ डलर उपलब्ध गराएको आरोप लगाएका छन् । यही कारण इरानलाई आणविक हतियार प्राप्त गर्ने दिशामा अघि बढ्ने अवसर मिलेको ट्रम्पले बताएकाे बीबीसीले जनाएको छ ।

ट्रम्पले ओबामालाई ‘अक्षम’ राष्ट्रपति भनेर टिप्पणी गर्दै उनका नीतिहरूको आलोचना गरेका छन् । यसअघि हिजो चुनावीसभाहरूलाई सम्बोधन गर्ने क्रममा पूर्वराष्ट्रपति बाराक ओबामाले ट्रम्प प्रशासनका नीतिहरूको आलोचना गरे । ओबामाले आफ्नो कार्यकालमा इरानसँग गरिएको आणविक सम्झौता उसलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्न प्रभावकारी रहेको दाबी गरे ।

यस सम्झौतामार्फत एउटा पनि क्षेप्यास्त्र नछोडी इरानको आणविक कार्यक्रमलाई नियन्त्रणमा ल्याइएको उनको भनाइ छ । यसपछि ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ’ट्रुथ सोसल’ मा एक पोस्टमार्फत ओबामा निकै असक्षम राष्ट्रपति रहेका र उहाँले इरानलाई आणविक हतियार विकास गर्न अर्बाैँ डलर दिएको उल्लेख गरे ।

अमेरिकामा मध्यावधि चुनाव नजिकिँदै गर्दा रिपब्लिकन र डेमोक्र्याटिक दुवै दलहरू आ–आफ्ना उम्मेदवारहरूका लागि प्रचारप्रसारमा जुटेका छन् । यही बेला ट्रम्प र ओमाबाबीच आरोप–प्रत्यारोप भएको हो । आउँदाे नाेभेम्बर ३ मा मध्यावधि चुनाव हुँदैछ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
8h ago
इरानका आणविक केन्द्रमा निरीक्षण गर्न दिन आईएईएको आग्रह

इरानका आणविक केन्द्रमा निरीक्षण गर्न दिन आईएईएको आग्रह

काठमाडाैँ । संयुक्त राष्ट्रसङ्घीय आणविक निगरानी निकायले आफ्ना निरीक्षकहरूलाई इरानका प्रमुख आणविक केन्द्रमा पुनः पहुँच दिन आवश्यक कदम चाल्न इरानलाई आग्रह गरेको छ । शुक्रबार सार्वजनिक प्रतिवेदनमा निर...

#इरान #आणविक
Compare →
Bizshala
1d ago
इरानको आणविक अडानले तेलको मूल्यमा १ प्रतिशत वृद्धि

इरानको आणविक अडानले तेलको मूल्यमा १ प्रतिशत वृद्धि

काठमाडौं । इरानले प्रशोधित आणविक सामग्री देशबाहिर लैजान नदिने बताएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य करिब १...

#इरान #आणविक
Compare →
Onlinekhabar
15h ago
ट्रम्पले जेडी भान्सलाई इरान शान्ति वार्ताबाट हटाए, भने- उपराष्ट्रपतिले घरेलु मामिलामा ध्यान दिऊन्

ट्रम्पले जेडी भान्सलाई इरान शान्ति वार्ताबाट हटाए, भने- उपराष्ट्रपतिले घरेलु मामिलामा ध्यान दिऊन्

२७ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सलाई इरानसँगको शान्ति वार्ताबाट अलग गरेका छन्। ट्रम्पले बिहीबार सामाजिक सञ्जालमा भान्सले अब अमेरिकाको डेमोक्रेटिक पार्टीको शासन रहेका राज्य र सहरहरूमा हुने भ्रष्टाचार र अपराधको …

#इरान #ट्रम्प
Compare →
Nagarik News
16h ago
ट्रम्पले इरानसँगको शान्ति वार्ताबाट जेडी भान्सलाई हटाए

ट्रम्पले इरानसँगको शान्ति वार्ताबाट जेडी भान्सलाई हटाए

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सलाई इरानसँगको शान्ति वार्ताबाट हटाएका छन्।

#इरान #ट्रम्प
Compare →
Ekantipur
1d ago
हर्मुज युद्धपूर्वको अवस्थामा फर्कन सक्दैन : इरान

हर्मुज युद्धपूर्वको अवस्थामा फर्कन सक्दैन : इरान

इरानका सर्तहरूमा अमेरिकी जलसेनाको नाकाबन्दी तथा प्रतिबन्धहरू फुकुवा, रोक्का राखिएको इरानी सम्पत्ति फिर्ता, सबै मोर्चामा युद्धविराम र युद्ध अन्त्यको स्पष्ट घोषणा समावेश छन्

#इरान
Compare →

Related Stories

Opinion & Editorial
Build #2611