Trending
Prev Story
Next Story

यो वर्षको विशिष्ट प्रतिभा पुरस्कार शिवशंकर थापा मगर र चन्द्र रानाहँछालाई

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

८ कात्तिक, काठमाडौं । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले यो वर्षको विशिष्ट प्रतिभा सम्मान झापाका गीतकार शिवशंकर थापा मगर र खोटाङका कवि चन्द्र रानाहँछालाई दिने घोषणा गरेको छ । प्रतिष्ठानले शनिबार विज्ञप्ति जारी गरी यसबारे जानकारी …

यो वर्षको विशिष्ट प्रतिभा पुरस्कार शिवशंकर थापा मगर र चन्द्र रानाहँछालाई

८ कात्तिक, काठमाडौं । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले यो वर्षको विशिष्ट प्रतिभा सम्मान झापाका गीतकार शिवशंकर थापा मगर र खोटाङका कवि चन्द्र रानाहँछालाई दिने घोषणा गरेको छ । प्रतिष्ठानले शनिबार विज्ञप्ति जारी गरी यसबारे जानकारी दिएको हो ।

प्रतिष्ठानका अध्यक्ष देवेन्द्र खेरेसका अनुसार यो पुरस्कारको नगद राशी १ लाख रुपैया रहेको छ ।

वि.स. २००३ साल वैशाख १५ गते धनकुटाको चुलीवनस्थित डाँडागाउँमा जन्मेका शिवशंकर थापा मगर युवा अवस्थादेखि गीतलेखनमा सक्रिय रहँदै आएका छन् । ०२० सालबाट गीत लेख्न सुरु गरेका थापाले ०२६ सालमा रेडियो नेपालबाट स्वर परिक्षा उतिर्णगरी गीत रेकर्र्ड गराएका थिए । २०२८ सालदेखि उनको गीत रेडियो नेपालमा बज्न थालेको थियो ।

थापाले एकसयको हाराहारीमा गीतहरू लेखेका छन् । उनका केही चर्चित गीतहरूमा दीप श्रेष्ठको तिमी आकाशको जून भयौ.., भन्थिन् मेरी उनी मेरो पाइला नटेकिदिनू.., पवन गोलेले गाएको रहेको हावासँग बगुँ भन्छ पातसङ्ग बोलु भन्छ.., ओमविक्रम विष्टको स्वर रहेको मेरो रहर ब्यूँझिएर लगायत छन् ।

थापाका पाइतालाका डोबहरू मुक्तक सङ्ग्रह प्रकाशित छ । उनका भन्थिन् मेरी उनी संस्मरण र गिती सङ्ग्रह प्रकाशोन्मुख कृति छन ।

त्यसैगरी वि.स.२०३७ सालमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगर पालिका–९ निर्मलीडाँडामा जन्मेका थिए कवि चन्द रानाहँछा । उनी साहित्य लेखन तथा कलाकारिता क्षेत्रमा सक्रिय रहँदै आएका छन् । बाल्यकालमा चित्रकला प्रतिको आकर्षणले कलाकारितासंगै गीत, कविता, कथा र चलचित्रको पटकथासमेत उनले लेख्दै आएका छन् ।

उनका प्रकाशित कृतिहरूमा चौबन्दी किनिदिउँला (गीति एल्बम) २०५६, चिनो रुमाल (गीति एल्बम) २०५७, मनमा आँधी चलेपछि गीत, (कवितासङ्ग्रह) २०६७, भाउजू लडेको भीर (कथासङ्ग्रह) २०६९, थिबिया चराको गीत (कवितासङ्ग्रह) २०७१ रहेका छन् ।

रानाहँछाले राष्ट्रिय कविता महोतसव, २०७४ प्रथम, युवा वर्ष मोती पुरस्कार, २०७५ र खोटाङ प्रतिभा पुरस्कार, २०८० लगायत दर्जन बढी पुरस्कारहरु प्राप्त गरेका छन् ।

बेलायतमा बसेर कर्मथलो बनाएका नेपाली स्रष्टाहरुले सन २००८ मा नेपाली प्रतिभा प्रतिष्ठान स्थापना गरेका थिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
3d ago
मौलिक संस्कृति र परम्परा संरक्षणमा प्रदेश सरकार प्रतिबद्धः मुख्यमन्त्री थापा मगर

मौलिक संस्कृति र परम्परा संरक्षणमा प्रदेश सरकार प्रतिबद्धः मुख्यमन्त्री थापा मगर

काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेशभित्रका मौलिक संस्कृति, भाषा र परम्पराको संरक्षण तथा संवर्द्धन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएको छ । तिहार (दीपावली) तथा नेपाल स...

#थापा #मगर
Compare →
Ekantipur
10h ago
मुन्धुमका विशिष्ट शब्द समेटिएको शब्दकोश सार्वजनिक

मुन्धुमका विशिष्ट शब्द समेटिएको शब्दकोश सार्वजनिक

नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति तथा मुन्धुमविद् बैरागी काइँलाले शुक्रबार ललितपुरमा आयोजित कार्यक्रममा पुस्तक सार्वजनिक गरे ।

#प्रतिष्ठान #विशिष्ट
Compare →
Nagarik News
1d ago
मुख्यमन्त्री थापाले गरे घ्याम्पेडाँडा–रानीकोट सडकको निरीक्षण

मुख्यमन्त्री थापाले गरे घ्याम्पेडाँडा–रानीकोट सडकको निरीक्षण

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले घ्याम्पेडाँडा हुँदै रानीकोट गढी जाने सडकको स्थलगत निरीक्षण गरेका छन्।

#थापा
Compare →

Related Stories

World News
Build #2612