Trending
Prev Story
Next Story

माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश पारित, रोशन केसी पुनः अध्यक्ष

Bizshala •
October 14, 2026 • 04:15 PM
1
1 reads 0 reactions

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडको २८औँ वार्षिक साधारणसभाले सेयरधनीलाई ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव...

माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश पारित, रोशन केसी पुनः अध्यक्ष

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडको २८औँ वार्षिक साधारणसभाले सेयरधनीलाई ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

असोज २८ गते बुधबार पोखरास्थित होटल पोखरा ग्रान्डमा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को खुद नाफाबाट चुक्ता पुँजीको ३ प्रतिशत नगद र ३ प्रतिशत बोनस सेयर गरी कुल ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको हो।

बोनस सेयर वितरणपछि बैंकको साधारण चुक्ता पुँजी १२ अर्ब ४५ करोड रुपैयाँ पुग्नेछ भने अग्राधिकार सेयरसहित कुल चुक्ता पुँजी १५ अर्ब ४५ करोड रुपैयाँ पुग्ने बैंकले जनाएको छ।

बैंकले गत आर्थिक वर्षमा १ अर्ब ९५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। सो अवधिमा बैंकको प्रतिसेयर आम्दानी १६ रुपैयाँ १७ पैसा कायम भएको थियो।

साधारणसभाले संस्थापक सेयरधनीका तर्फबाट रोशन केसी, मुकुन्द महत र कृति महतलाई निर्विरोध सञ्चालक निर्वाचित गरेको छ। सर्वसाधारण सेयरधनीका तर्फबाट विश्वप्रकाश गौतम निर्विरोध निर्वाचित भएका छन्।

साधारणसभापछि बसेको सञ्चालक समितिको बैठकले रोशन केसीलाई आगामी चार वर्षे कार्यकालका लागि पुनः सञ्चालक समितिको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको छ।

साधारणसभाले बैंकको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनसमेत पारित गरेको छ। सभामा संस्थापक तथा सर्वसाधारण सेयरधनीहरूको उल्लेख्य सहभागिता रहेको बैंकले जनाएको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
6d ago
माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन केसी

माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन केसी

माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष रोशन के.सीले नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेल समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । उक्त सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका...

#माछापुच्छ्रे #राष्ट्र-बैंक #रोशन
Compare →
Arthasansar
13h ago
लाभांश पारित गर्न एनएमबि बैंकले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

लाभांश पारित गर्न एनएमबि बैंकले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

एनएमबि बैंक लिमिटेडले वार्षिक साभारणसभा आह्वान गरेको छ । बैंकले मंसिर २५ गतेका लागि ३१ औँ वार्षिक साधारणसभा आह्वान गरेको...

#लाभांश #साधारणसभा #पारित
Compare →
Onlinekhabar
5d ago
तिहारपछि सेयर किन्दा लाभांश पाइने यी हुन् १७ कम्पनी

तिहारपछि सेयर किन्दा लाभांश पाइने यी हुन् १७ कम्पनी

२२ कात्तिक, काठमाडौं । यतिबेला सूचीकृत कम्पनीहरू धमाधम लाभांश घोषणा गर्दै साधारणसभा तयारीमा छन् । आर्थिक वर्ष समाप्त भएको ६ महिना (पुस) भित्र साधारणसभा सम्पन्न गरिसक्नुपर्ने व्यवस्था छ । लाभांश दिन सक्ने क्षमता भएका कम्पनीले सेयरधनीलाई …

#लाभांश #साधारणसभा
Compare →
Ekantipur
10h ago
लाभांश घोषणाले सुपरमाइ हाइड्रोको सेयर मूल्य र कारोबार दुवै बढ्यो

लाभांश घोषणाले सुपरमाइ हाइड्रोको सेयर मूल्य र कारोबार दुवै बढ्यो

यो कम्पनी शुक्रबार सबैभन्दा धेरैले कारोबार हुने प्रमुख १० मध्ये नवौं स्थानमा छ ।

#लाभांश
Compare →

Related Stories

Business & Economy
Build #2611