Trending
Prev Story
Next Story

दशैंमा सामान्य रह्यो उपत्यकाको सुरक्षा

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

८ कात्तिक, काठमाडौं । दशैंको अवधिमा काठमाडौं उपत्यकाको सुरक्षा अवस्था सामान्य रह्यो । सानातिना तथा छिटपुट घटना बाहेक उपत्यका कुनै ठूलो अपराध नभएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीले जनाएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका एआईजी …

दशैंमा सामान्य रह्यो उपत्यकाको सुरक्षा

८ कात्तिक, काठमाडौं । दशैंको अवधिमा काठमाडौं उपत्यकाको सुरक्षा अवस्था सामान्य रह्यो ।

सानातिना तथा छिटपुट घटना बाहेक उपत्यका कुनै ठूलो अपराध नभएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीले जनाएको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका एआईजी सुशील सिंह राठौरका अनुसार सवारी दुर्घटना, सामान्य चोरी, जुवातास बाहेक अन्य ठूलो अपराध काठमाडौं उपत्यकामा भएन ।

उपत्यकामा भएका चोरीमा संलग्न केहीलाई पक्राउ गरेर अनुसन्धान गरिएको छ भने केही अझै पक्राउ पर्न बाँकी नै छन् । दशैंमा धेरैजसो मान्छे गाउँ जाने भएकाले यो मौकामा चोरी हुने सम्भावना अत्यधिक हुन्छ ।

त्यस्तै ६० बोरा जति पटकाहरू पनि नियन्त्रणमा लिइएको छ । तासजुवा र लंगुरबुर्जा खेल्ने खेलाउने केहीलाई पक्राउ गरेर प्रहरीले मुद्दा चलाएको छ ।

मापसे (मादक पदार्थ सेवन), लापसे (लागुपदार्थ सेवन) गरी सवारी चलाउनेलाई निगरानी गर्न नाकाहरूमा चेकिङको व्यवस्था गरिएको थियो ।

यात्रु बाकेर लापसे, मापसे गरी सवारी चलाउने ३५ बढी चालकलाई पनि कारबाही गरिएको उनले बताए । चाडपर्व सुरक्षा योजनाअनुसार उपत्यकामा ७ हजार भन्दा बढी प्रहरी परिचालन गरिएको थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
4h ago
चीनसँग सीमा जोडिएका दुई जिल्लाका सुरक्षा अधिकारीबिच भयो यस्तो सहमति

चीनसँग सीमा जोडिएका दुई जिल्लाका सुरक्षा अधिकारीबिच भयो यस्तो सहमति

चीनसँग सीमा जोडिएका ताप्लेजुङ र संखुवासभाका सुरक्षा अधिकारीबिचको जिल्ला सुरक्षा समन्वय बैठक शुक्रबार सम्पन्न भएको छ।

#सुरक्षा
Compare →
Hamro Patro News
6h ago
सुरक्षा परिषद्‍द्वारा हुथी आक्रमणको निन्दा

सुरक्षा परिषद्‍द्वारा हुथी आक्रमणको निन्दा

काठमाण्डु – संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले यमनको हुथी समूहले साउदी अरेबियामाथि गरेका आक्रमण र व्यापारिक जहाजहरूलाई दिएको धम्कीको कडा निन्दा गर्दै समूहलाई सैन्य गतिविधि तत्काल र बिनासर्त रोक्...

#सुरक्षा
Compare →
Ekantipur
8h ago
बलिउड कलाकारको सुरक्षामा चिन्ता, निजी अंगरक्षकको माग बढ्यो

बलिउड कलाकारको सुरक्षामा चिन्ता, निजी अंगरक्षकको माग बढ्यो

अभिनेता अमिताभ बच्चनले आफ्नो निवासबाहिर बुलेटप्रुफ घेराबाट प्रशंसकलाई अभिवादन गरेका थिए भने अभिनेता शाहरुख खानको निवास आसपास पनि सुरक्षा बढाइएको छ ।

#सुरक्षा
Compare →

Related Stories

Technology
Build #2611