Trending
Prev Story
Next Story

दसैंमा कालीमाटी बजार भित्रियो २८ लाख किलो तरकारी, फलफूल र माछा

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

८ कात्तिक, काठमाडौं । दसैं आजदेखि सकिँदै छ । दसैंको समयमा माछामासुसँगै हरियो तरकारी र फलफूल पनि अत्यधिक खपत हुने गर्छ । दसैंको मुख्य अवधि १ देखि ८ कात्तिकसम्म ८ दिनमा काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी …

दसैंमा कालीमाटी बजार भित्रियो २८ लाख किलो तरकारी, फलफूल र माछा

८ कात्तिक, काठमाडौं । दसैं आजदेखि सकिँदै छ । दसैंको समयमा माछामासुसँगै हरियो तरकारी र फलफूल पनि अत्यधिक खपत हुने गर्छ ।

दसैंको मुख्य अवधि १ देखि ८ कात्तिकसम्म ८ दिनमा काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी बजारमा झन्डै २८ लाख किलो कृषि उपज तथा माछा भित्रिएको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार यस अवधिमा कुल २७ लाख ९४ हजार २ सय २१ किलो तरकारी, फलफूल, मसला, माछा र अन्य वस्तु बजार भित्रिएको हो ।

समितिको तथ्यांक अनुसार यो ८ दिनमा सबैभन्दा बढी हरियो तरकारी भित्रिएको छ । यस अवधिमा कालीमाटी बजारमा २१ लाख ९१ हजार ३ सय २९ किलो हरियो तरकारी भित्रिएको छ ।

त्यसैगरी फलफूल खपत पनि उच्च देखिएको छ, जसअनुसार ३ लाख ८३ हजार ३ सय किलो फलफूल र १ लाख ११ हजार ७ सय ४० किलो मसलाजन्य उपज बजार आएको तथ्यांकले देखाएको छ ।

मासुजन्य वस्तु अन्तर्गत यस बजारमा माछाको मात्र कारोबार हुने हुनाले यो अवधिमा ८८ हजार २ सय ९७ किलो माछा भित्रिएको छ । यसबाहेक अन्य विविध वस्तु १९ हजार ५ सय ५५ किलो भित्रिएका छन् ।

दैनिक भित्रिएको तथ्यांक विश्लेषण गर्दा दसैंको समयमा बजारमा निकै उतारचढाव देखिएको छ । ८ दिन अवधिमा सबैभन्दा धेरै कृषि उपज हिजो शनिबार भित्रिएको देखिन्छ । उक्त दिन मात्रै ६ लाख ११ हजार ८ सय ७५ किलो वस्तु बजार आएको थियो ।

त्यसैगरी आज सबैभन्दा कम वस्तु भित्रिएको छ । आज जम्मा १ लाख ३९ हजार १ सय ५ किलोमात्र तरकारी, फलफूल र माछा बजार आएको छ ।

दसैंको समयमा काठमाडौं उपत्यकाबाट लाखौं मानिस बाहिरिने भए पनि यहाँ बाँकी रहेका उपभोक्ताको उच्च माग धान्न कालीमाटी बजारले निरन्तर आपूर्ति गरिरहेको थियो ।

काठमाडौं उपत्यका बाहिर दसैं मनाउन गएका सर्वसाधारण काठमाडौं फर्किन थालिसकेकाले बजारमा चहलपहल बढ्न थालेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
5d ago
च्याउको मूल्य किलोमै १०५ रुपैयाँ बढ्यो

च्याउको मूल्य किलोमै १०५ रुपैयाँ बढ्यो

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार) लागि तरकारी तथा फलफूलहरूको मूल्य सूची सार्वजनिक गरेको छ। कालीमाटीमा आज डल्ले च्याउको भाउ किलोमै १०५ रुपैयाँ बढेको छ। धेरैजसो तरकारी भने हिज...

#तरकारी #कालीमाटी #किलो
Compare →
Ekantipur
13h ago
कालीमाटीमा छठलक्षित व्यापारको चहलपहल [तस्बिरहरू]

कालीमाटीमा छठलक्षित व्यापारको चहलपहल [तस्बिरहरू]

तराई–मधेशसहित काठमाडौं उपत्यकामा पनि छठ पर्वको रौनक सुरु भएको छ । काठमाडौंको कालीमाटीस्थित फलफूल तथा तरकारी बजार परिसरमा छठ लक्षित व्यापार सुरु भएको छ।

#फलफूल #कालीमाटी
Compare →
Bizshala
3d ago
दसैंको बक्स अफिस सुस्त: ‘आबाट आमा २’ को सातामा ५६ लाख, अरू दुईको १० लाख पनि पुगेन

दसैंको बक्स अफिस सुस्त: ‘आबाट आमा २’ को सातामा ५६ लाख, अरू दुईको १० लाख पनि पुगेन

काठमाण्डौ । दसैंमा प्रदर्शनमा आएका तीन सिक्वेल फिल्मले पछिल्लो सात दिनमा संयुक्त रूपमा ६५ लाख ६२ हजार रुपैयाँभन्दा बढी...

#दसैँ
Compare →
Nagarik News
5d ago
३१ किलो गाँजा र खैरो हेरोइनसहित पाँच जिल्लाबाट १० जना पक्राउ

३१ किलो गाँजा र खैरो हेरोइनसहित पाँच जिल्लाबाट १० जना पक्राउ

प्रहरीले देशका विभिन्न पाँच जिल्लाबाट ठूलो परिमाणको गाँजा र खैरो हेरोइनसहित १० जनालाई पक्राउ गरेको छ।

#किलो
Compare →
The Kathmandu Post
6d ago
Nepse retreats as profit-taking slows post-Dashain rally

Nepse retreats as profit-taking slows post-Dashain rally

Turnover falls nearly 18 percent as investors turn cautious ahead of Tihar, but technical support, improving earnings prospects and the dividend season could help revive the market.

#दसैँ
Compare →

Related Stories

Business & Economy
Build #2611