Trending
Prev Story
Next Story

लाभांश सिजन — ६२ कम्पनीले गरे लाभांश घोषणा, कसको कति ?

Arthasansar •
October 25, 2026 • 07:02 AM
1
1 reads 0 reactions

अहिलेको समय लाभांश घोषणा र वितरण गर्ने हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएका विभिन्न क्षेत्रका ६२ वटा...

लाभांश सिजन —  ६२ कम्पनीले गरे लाभांश घोषणा, कसको कति ?

अहिलेको समय लाभांश घोषणा र वितरण गर्ने हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएका विभिन्न क्षेत्रका ६२ वटा कम्पनीहरुले लाभांश घोषणा गरेका गरेका छन् । कम्पनीहरुले गत आर्थिक वर्षको वितरणयोग्य नाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेका छन् । सूचीकृत कम्पनीहरूमध्ये वाणिज्य बैंक, विकास बैंक, वित्तीय संस्था, जलविद्युत्, उत्पादनमूलक तथा सामूहिक लगानी कोष (म्युचुअल फन्ड) हरूले प्रतिफल घोषणा गरिसकेका छन्।

लाभांश घोषणा गर्ने वाणिज्य बैंकहरुमध्ये सिद्धार्थ बैंक र नबिल बैंकले उच्च प्रतिफल घोषणा गरेका छन् । सिद्धार्थ बैंकले १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । यस्तै, नबिल बैंकले ५ प्रतिशत बोनस र १०.८ प्रतिशत नगदसहित कुल १५.८ प्रतिशत लाभांश घोषणा गरेको छ । त्यस्तै एभरेस्ट बैंकले १५ प्रतिशत (५ प्रतिशत बोनस र १० प्रतिशत नगद) तथा ग्लोबल आइएमई बैंकले १० प्रतिशत (६ प्रतिशत बोनस र ४ प्रतिशत नगद) लाभांश घोषणा गरेका छन् । सानिमा बैंकले १० प्रतिशत नगद लाभांश दिने भएको छ भने एनएमबि बैंकले ७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । माछापुच्छ्रे बैंकले ६ प्रतिशत (३ प्रतिशत बोनस र ३ प्रतिशत नगद), सिटिजन्स बैंकले ४ प्रतिशत र कुमारी बैंकले २.१०५ प्रतिशत नगद लाभांश घोषणा गरेका छन् ।

त्यस्तै विकास बैंकहरूतर्फ गरिमा विकास बैंक र कामना सेवा विकास बैंकले आकर्षक लाभांश घोषणा गरेका छन् । गरिमा विकास बैंकले १० प्रतिशत बोनस र १० प्रतिशत नगदसहित कुल २० प्रतिशत लाभांश दिने भएको छ भने कामना सेवा विकास बैंकले १५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १६ प्रतिशत (१० प्रतिशत बोनस र ६ प्रतिशत नगद), साङ्ग्रिला डेभलपमेन्ट बैंकले १०.५२६ प्रतिशत र मितेरी डेभलपमेन्ट बैंकले ११ प्रतिशत लाभांश घोषणा गरेका छन् ।

वित्त (फाइनान्स) क्षेत्रतर्फ मञ्जुश्री फाइनान्सले ५ प्रतिशत बोनस र १५ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश घोषणा गरेको छ । त्यस्तै आइसिएफसी फाइनान्सले १०.५२ प्रतिशत नगद लाभांश दिने भएको छ ।

जलविद्युत्मा माउन्टेन इनर्जी र कुथेली बुखरीको उच्च लाभांश

जलविद्युत् समूहका कम्पनीहरूमा माउन्टेन इनर्जी नेपालले २० प्रतिशत बोनस र १.०५३ प्रतिशत नगदसहित कुल २१.०५३ प्रतिशत लाभांश घोषणा गरी अग्रस्थान ओगटेको छ । यस्तै, कुथेली बुखरी स्मल हाइड्रोपावरले १८ प्रतिशत बोनस र ०.९४७ प्रतिशत नगद गरी कुल १८.९४७ प्रतिशत लाभांश घोषणा गरेको छ । अन्य जलविद्युत् कम्पनीहरूमा सुपर मादी हाइड्रोपावर र मिड सोलु हाइड्रोपावरले समान १५.७८९ प्रतिशत, कालिञ्चोक दर्शनले ८.९४ प्रतिशत, सिकलेस हाइड्रोपावरले १३.३७५ प्रतिशत, र सानिमा मिडल तमोर हाइड्रोपावरले ५.२६३ प्रतिशत लाभांश घोषणा गरेका छन्।

उत्पादनमूलक समूहअन्तर्गत रिलायन्स स्पिनिङ मिल्सले ३० प्रतिशत नगद लाभांश घोषणा गर्दै उच्च प्रतिफल दिएको छ । नेपाल ल्युब आयलले १५ प्रतिशत बोनस र ६.०५२ प्रतिशत नगदसहित २१.०५२ प्रतिशत तथा सर्वोत्तम सिमेन्टले १०.५२ प्रतिशत लाभांश दिने निर्णय गरेका छन्। लघुवित्त क्षेत्रमा फस्र्ट माइक्रोफाइनान्सले ११.०५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ भने गुराँस लघुवित्त र ग्लोबल आइएमई लघुवित्तले क्रमशः १० प्रतिशत र ९.५ प्रतिशत लाभांश घोषणा गरेका छन् । लगानी क्षेत्रको नेपाल पूर्वाधार बैंक (निफ्रा) ले ५.२६ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।

सामूहिक लगानी कोषहरूमा राष्ट्रिय बाणिज्य बैंक म्युचुअल फन्ड १ ले २० प्रतिशत नगद प्रतिफल घोषणा गरेको छ । त्यस्तै हिमालयन ८०–२० ले १५ प्रतिशत, नबिल ब्यालेन्स्ड फन्ड २ र ३ ले समान १३–१३ प्रतिशत, प्रभु स्मार्ट फन्ड र प्रभु सेलेक्ट फन्डले समान १२–१२ प्रतिशत तथा ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड १ ले १२ प्रतिशत प्रतिफल घोषणा गरेका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
14h ago
महालक्ष्मी विकास बैंकको लाभांश घोषणा

महालक्ष्मी विकास बैंकको लाभांश घोषणा

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकले हाल कायम चुक्तापूँजीको ३.७ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ सहि...

#घोषणा #लाभांश #वितरण
Compare →
Onlinekhabar
4d ago
बोनस सेयर : लाभभन्दा भार ठूलो, नोक्सानीमा समेत पूँजीगत लाभकर

बोनस सेयर : लाभभन्दा भार ठूलो, नोक्सानीमा समेत पूँजीगत लाभकर

२३ कात्तिक, काठमाडौं । यतिबेला सेयर बजारमा सूचीकृत कम्पनीहरूले सेयरधनीका लागि धमाधम लाभांश घोषणा गरिरहेका छन् । सेयर बोनस र नगद गरी दुई किसिमका लाभांश कम्पनीहरूले घोषणा गर्ने गरेका छन् । यसरी घोषणा गरिएको सेयर बोनसमा …

#शेयर-बजार #घोषणा #लाभांश
Compare →
Bizshala
2d ago
तिहारपछि सेयर किन्दा यी १७ कम्पनीको लाभांश पाइने, कसको कति? (सूचीसहित)

तिहारपछि सेयर किन्दा यी १७ कम्पनीको लाभांश पाइने, कसको कति? (सूचीसहित)

काठमाण्डौ । तिहारको बिदापछि शुक्रबार कात्तिक २७ गते बिहान ११ बजे सेयर बजार खुल्दैछ। आर्थिक वर्ष २०८२/८३ को नाफाबाट...

#शेयर-बजार #लाभांश #कसको
Compare →
Ekantipur
15h ago
नेपाल एसबीआइ र सुपर माइ हाइड्रोको लाभांश घोषणा, कसको कति?

नेपाल एसबीआइ र सुपर माइ हाइड्रोको लाभांश घोषणा, कसको कति?

यसअघि एसबीआइले ९ प्रतिशत लाभांश दिएको थियो । सुपरमाइ हाइड्रोले २१.११ प्रतिशत लाभांश दिएको थियो ।

#लाभांश #घोषणा #कसको
Compare →
Nagarik News
11h ago
सन्यासको घोषणापछि रोनाल्डोको अर्को धमाका, ‘डे १एस’ मार्फत नयाँ अवतारमा देखिँदै

सन्यासको घोषणापछि रोनाल्डोको अर्को धमाका, ‘डे १एस’ मार्फत नयाँ अवतारमा देखिँदै

अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले आफ्नो करियरको नयाँ अध्याय सुरु गर्दै समर्थकलाई सरप्राइज दिएका छन्।

#घोषणा
Compare →

Related Stories

Business & Economy
Build #2611