Trending
Prev Story
Next Story

मुक्तिनाथ विकास बैंक बन्यो जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

Arthasansar •
October 25, 2026 • 07:02 AM
1
1 reads 0 reactions

मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार बनेको छ। कात्तिक ९...

मुक्तिनाथ विकास बैंक बन्यो जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार बनेको छ। कात्तिक ९ गतेदेखि सुरु हुने प्रतियोगिताका लागि बैंक र जनकपुर बोल्ट्सबीच साझेदारीसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

यस साझेदारीमार्फत नेपाली क्रिकेटको विकासमा सहयोग पुर्‍याउनुका साथै समुदायसँगको सम्बन्ध विस्तार गर्ने लक्ष्य राखिएको बैंकले जनाएको छ। स्थानीय खेल प्रतिभालाई प्रोत्साहन गर्दै युवा सशक्तीकरणमा योगदान पुर्‍याउने उद्देश्यले सहकार्य गरिएको बैंकको विज्ञप्तिमा उल्लेख छ । बैंकका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले क्रिकेटमार्फत समुदायसँग जोडिन र प्रतिभाशाली युवालाई अघि बढाउन बैंक प्रतिबद्ध रहेको बताए। एनपीएलको तेस्रो संस्करणमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखेको जनकपुर बोल्ट्ससँग सहकार्य गर्न पाउँदा खुसी लागेको उनको भनाइ छ।

जनकपुर बोल्ट्सको सञ्चालक कम्पनी ड्रिम स्पोर्ट्स प्रालिका प्रमुख कार्यकारी अधिकृत निरोज खतिवडाले समुदायसँग निकट सम्बन्ध रहेको मुक्तिनाथ विकास बैंकलाई आधिकारिक बैंकिङ साझेदारका रूपमा पाउनु टोलीका लागि महत्वपूर्ण भएको बताए ।बैंकको ‘जनता बैंकमा होइन, बैंक जनतामा जानुपर्दछ’ भन्ने सोच र मधेशका जनतासँग जोडिने जनकपुर बोल्ट्सको प्रयासबीच समानता रहेको उनले उल्लेख गरे। यस सहकार्यले मधेशका युवा प्रतिभालाई प्रोत्साहन गर्ने दुवै संस्थाको साझा प्रतिबद्धतालाई थप बलियो बनाउने उनको विश्वास छ । एनपीएलको पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सले तेस्रो संस्करणमा पुनः उपाधि जित्ने लक्ष्य राखेको छ। मुक्तिनाथ विकास बैंकसँगको साझेदारीले टोलीलाई मैदानभित्र र बाहिर दुवैतर्फ थप ऊर्जा प्रदान गर्ने खतिवडाले बताए । बैंकले यस सहकार्यलाई खेलकुदमार्फत समुदायसँगको सम्बन्ध विस्तार गर्ने र नेपाली क्रिकेटको व्यावसायिक विकासमा योगदान पुर्‍याउने अवसरका रूपमा लिएको छ। ग्राहककेन्द्रित सेवा, नवीनता र वित्तीय समावेशीकरणलाई प्राथमिकता दिँदै आर्थिक तथा सामाजिक विकासमा सहयोग गर्ने प्रतिबद्धता पनि बैंकले व्यक्त गरेको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
5h ago
चितवन राइनोजद्वारा जनकपुर बोल्ट्स पराजित

चितवन राइनोजद्वारा जनकपुर बोल्ट्स पराजित

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदा...

#एनपीएल #प्रिमियर-लिग #जनकपुर
Compare →
Onlinekhabar
5h ago
चितवन प्लेअफ नजिक, जनकपुर र कर्णाली बाहिरियो

चितवन प्लेअफ नजिक, जनकपुर र कर्णाली बाहिरियो

२७ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको छ । जनकपुर बोल्ट्सले दिएको ८९ रनको लक्ष्य चितवनले १७।२ ओभर खेल्दै …

#एनपीएल #प्रिमियर-लिग #जनकपुर
Compare →
Ekantipur
5h ago
एनपीएल : तस्बिरमा जनकपुर बोल्ट्स र चितवन राइनोजबीचको खेल

एनपीएल : तस्बिरमा जनकपुर बोल्ट्स र चितवन राइनोजबीचको खेल

तस्बिरमा हेर्नुहोस्, एनपीएलको आजको दोस्रो खेलका झलक ।

#एनपीएल #जनकपुर #बोल्ट्स
Compare →
Nagarik News
6h ago
एनपीएलः चितवनको प्लेअफ सम्भावना कायमै, जनकपुर बाहिरियो

एनपीएलः चितवनको प्लेअफ सम्भावना कायमै, जनकपुर बाहिरियो

शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै चितवनले शीर्ष चारको दौडमा आफूलाई कायमै राखेको हो।

#एनपीएल #जनकपुर
Compare →
Bizshala
11h ago
जीवन विकास लघुवित्तको नाफामा छलाङ, तीन महिनामै २० करोड कमाउँदा प्रतिसेयर आम्दानी ४६ रुपैयाँ माथि

जीवन विकास लघुवित्तको नाफामा छलाङ, तीन महिनामै २० करोड कमाउँदा प्रतिसेयर आम्दानी ४६ रुपैयाँ माथि

काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा आकर्षक नाफा वृद्धि...

#विकास
Compare →

Related Stories

Sports
Build #2611