काठमाडौ- कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानले फेरि एकपटक इतिहासको रचना गर्ने समय अब धेरै पर छैन । औपचारिकरूपमा भोलि सोमवारदेखि प्रारम्भ हुने नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणले नयाँ सपनाको साक्षी बन्ने अन्तिम तयारी पूरा गरेको छ ।
यो आयोजन नेपाली खेलकुदको एउटा उत्सव मात्र होइन, उपलब्धिको साक्षी पनि हो । यो सँगै नेपाली क्रिकेटको व्यावसायिक उचाई र रुपान्तरणको गतिलो दस्तावेज पनि हो । तर यसपटकको प्रतियोगिता थप चर्चित बन्ने कारण छ विदेशी खेलाडीहरूको उल्लेख्य उपस्थिति । प्रतियोगिता नजिकिँदै गर्दा विभिन्न फ्रेन्चाइज टिमहरूले आफ्ना विदेशी कोटाका स्टार खेलाडीलाई पूर्णरूपमा पक्का गरी कीर्तिपुरको मैदानमा उतार्ने अन्तिम प्रक्रिया पूरा गरिसकेका छन्। विदेशी खेलाडीहरूको आगमनले बजारको ग्राफ उकालो लागेको छ । संघर्षबीच मौलाएका नेपाली प्रतिभा र विदेशी ‘स्टार’ को सङ्गमपछिको परिणामको प्रतीक्षा निश्चय महत्त्वपूर्ण हुनेछ ।
Read full story at source ( kalakarmi.com )