Trending
Prev Story
Next Story

जंगलमा मृत भेटिए विराटनगरका रेस्टुरेन्ट व्यवसायी खत्री

Ekantipur •
October 25, 2026 • 07:00 AM
1
1 reads 0 reactions

लामो समय वैदेशिक रोजगारीमा बिताएर स्वदेश फर्किई व्यवसाय सञ्चालन गर्दै आएका विराटनगरका ५१ वर्षीय मनोज खत्री मोरङको केराबारीस्थित धारापानी जंगलमा मृत फेला परेका छन् ।

जंगलमा मृत भेटिए विराटनगरका रेस्टुरेन्ट व्यवसायी खत्री

लामो समय वैदेशिक रोजगारीमा बिताएर स्वदेश फर्किई व्यवसाय सञ्चालन गर्दै आएका विराटनगरका ५१ वर्षीय मनोज खत्री मोरङको केराबारीस्थित धारापानी जंगलमा मृत फेला परेका छन् ।

विराटनगर — लामो समय वैदेशिक रोजगारीमा बिताएर स्वदेश फर्किई रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै आएका विराटनगरका ५१ वर्षीय मनोज खत्री मोरङको केराबारी गाउँपालिकास्थित धारापानी जङ्गलमा मृत फेला परेका छन्।

विराटनगर–३ निवासी खत्री शनिबार अपराह्न जङ्गलमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

खत्रीले जर्मनीमा ६ वर्ष र दुबईमा दुई वर्ष बिताएका थिए । वैदेशिक रोजगारीको अनुभवपछि स्वदेश फर्किएका उनले विराटनगरको पिपल चोक र गोल्छा चोकमा ‘पिजफायर’ नामका रेस्टुरेन्ट सञ्चालन गर्दै आएका थिए। स्वदेशमै उद्यम गर्ने उद्देश्यसहित व्यवसायमा सक्रिय खत्रीको असामयिक निधनले स्थानीय व्यवसायी तथा शुभचिन्तकहरूलाई स्तब्ध बनाएको छ।

जिल्ला प्रहरी कार्यालयका घटनास्थलमा साँचोको रिङ फेला परेको छ। घटनाको कारण खुल्न नसकेको र प्रहरीले अनुसन्धान सुरु गरेको उनले बताए।

पर्वत पोर्तेल कान्तिपुर मिडिया ग्रुपका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
2h ago
विराटनगर किङ्स ‘गर या मर’ को अवस्थामा

विराटनगर किङ्स ‘गर या मर’ को अवस्थामा

विराटनगर। नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को लिग चरण अब निर्णायक तथा अन्तिम मोडमा आइपुगेको छ । कुल २८ लिग खेलमध्ये २५ खेल सकिँदा शीर्ष चारको समीकरण निकै रोचक बनेको छ । हालसम्म सुदूरपश्चिम रोयल्स ...

#विराटनगर
Compare →
Nagarik News
5h ago
विराटनगरमा जग्गाको कित्ताकाट खुलाउने तयारी

विराटनगरमा जग्गाको कित्ताकाट खुलाउने तयारी

विराटनगर महानगरपालिका क्षेत्रभित्र जग्गाको कित्ताकाट खुलाउने प्रक्रिया अघि बढेको छ। भू–उपयोग क्षेत्र वर्गीकरणको प्रक्रिया पूरा गरी महानगरपालिकाले आवश्यक विवरण नापी कार्यालयमा पठाएपछि कित्ताकाटसम्बन्धी काम अघि बढाउने बाटो खुलेको हो।

#विराटनगर
Compare →
Onlinekhabar
13h ago
छुट्टाछुट्टै स्थानमा ४ जना मृत फेला

छुट्टाछुट्टै स्थानमा ४ जना मृत फेला

२७ कात्तिक, काठमाडौं । सुनसरी, मोरङ, सिन्धुली र तनहुँका विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार सुनसरीको इनरूवा नगरपालिका-८ खोरिया टोलस्थित बाटोको नालामा पहिचान नखुलेका अन्दाजी ३२ वर्षीय पुरूष बिहीबार मृत …

#मृत
Compare →

Related Stories

World News
Build #2611