जनकपुरधाम : स्थानीय तहका जनप्रतिनिधिहरूको पाँचवर्षे कार्यकाल आउँदो वैशाखमा सकिँदै छ। आगामी निर्वाचनका लागि समय नजिकिँदै गर्दा जनस्तरमा चहलपहल र आकांक्षीहरूको सक्रियता बढ्न थालेको छ।सरकारले स्थानीय तह तथा प्रदेशसभा निर्वाचनको औपचारिक मिति घोषणा नगरे पनि निर्वाचन आयोगले फागुनमै निर्वाचन गर्न आफू तयार रहेको संकेत दिएपछि आकांक्षीहरू पनि सोहीअनुसार जनमत बुझ्न प्रयत्नरत छन्।
स्थानीय तह निर्वाचन ऐन, २०७३ को परिच्छेद २ मा गाउँसभा वा नगरसभाका सदस्यको निर्वाचन सम्बन्धित सभाको कार्यकाल समाप्त हुनुभन्दा दुई महिनाअघि सम्पन्न गर्नुपर्ने व्यवस्था छ। संविधानको धारा २२५ मा गाउँसभा र नगरसभाको कार्यकाल निर्वाचन भएको मितिले पाँच वर्ष हुने तथा कार्यकाल समाप्त भएको ६ महिनाभित्र अर्को निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्था गरिएको छ। स्थानीय तहको निर्वाचनमा जनमत बुझ्न सबैभन्दा भरपर्दो माध्यम सामाजिक सञ्जाल बन्न थालेको छ।विशेषगरी युवा पुस्ताका आकांक्षीहरूले सामाजिक सञ्जालहरूको प्रयोग गरी उम्मेदवारीको चाहना सार्वजनिक गर्न थालेका छन्।यसका साथै चियाचर्चा र सार्वजनिक भेलाहरूमा पनि चुनावी चटारो बढेको छ।
स्रोतमा पूरा पढ्नुहोस् ( annapurnapost.com )