Trending
Prev Story
Next Story

चलिरहेको बसमै पार्टीको अनुभव, ‘पार्टी बस नेपाल’ फेरि सञ्चालनमा

Arthasansar •
September 19, 2026 • 08:45 PM
1
1 reads 0 reactions

अब काठमाडौं घुम्न निस्किँदा गन्तव्य मात्र होइन, यात्रा आफैं पनि मनोरञ्जनको माध्यम बन्ने भएको छ। बसभित्रै संगीत, खानपिन, नाचगान र...

चलिरहेको बसमै पार्टीको अनुभव, ‘पार्टी बस नेपाल’ फेरि सञ्चालनमा

अब काठमाडौं घुम्न निस्किँदा गन्तव्य मात्र होइन, यात्रा आफैं पनि मनोरञ्जनको माध्यम बन्ने भएको छ। बसभित्रै संगीत, खानपिन, नाचगान र क्लबको वातावरणको अनुभव लिन सकिने ‘पार्टी बस नेपाल’ पुनः सञ्चालनमा आएको छ।

रेस नेपाल प्रालिले सञ्चालन गर्दै आएको पार्टी बस विशेष कार्यक्रममार्फत पुनः सञ्चालनमा ल्याएको हो। करिब ३० जनासम्मले एकैपटक पार्टी गर्न सक्ने क्षमताको बसलाई बाहिरबाटै नाइट लाइफको झल्को दिने गरी डिजाइन गरिएको छ। बसभित्र प्रवेश गरेपछि आकर्षक नियोन लाइट, लक्जरी सोफा, बार र डान्स पोलसहितको संरचनाले चलिरहेको सवारीभन्दा लाउन्ज वा क्लबको अनुभव दिने कम्पनीको दाबी छ।

पार्टी बसको पुनः सञ्चालन कार्यक्रममा सहभागीहरूले दरबारमार्गबाट यात्रा सुरु गरी चक्रपथ परिक्रमा गरेका थिए। यात्राका क्रममा बसभित्रै संगीत र नाचगानसँगै खानपिनको व्यवस्था गरिएको थियो। सडकमा गुडिरहेको बसमा फरक शैलीको मनोरञ्जन लिन सकिने भएकाले यात्राका क्रममा यो सडकमा समेत आकर्षणको केन्द्र बनेको थियो।

रेस नेपालका प्रमुख कार्यकारी अधिकृत समीर श्रेष्ठका अनुसार ‘पार्टी बस नेपाल’ को सुरुआत नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै मोबाइल मनोरञ्जनको अवधारणासहित गरिएको थियो। तर कोभिड–१९ महामारीका कारण नेपालमा व्यवसाय सञ्चालन गर्न कठिन भएपछि कम्पनीले केही समय यसको सेवा भारतमा विस्तार गरेको थियो।

अब भने नेपाली पर्यटन बजारमा फरक अनुभव थप्ने उद्देश्यले सेवा पुनः नेपालमै ल्याइएको श्रेष्ठले बताए। उनका अनुसार कम्पनीले पार्टी बसको सेवामा मात्र सीमित नरही आगामी दिनमा नेपालका प्रमुख सहरहरूमा सेवा विस्तार गर्ने योजना बनाएको छ।

कम्पनीले निकट भविष्यमा काराभान र क्याम्पर भ्यानसमेत सञ्चालनमा ल्याउने तयारी गरेको जनाएको छ। यसले पार्टी तथा मनोरञ्जनसँगै सडक यात्रा र घुमफिरलाई जोडेर नयाँ प्रकारको पर्यटन अनुभव विकास गर्ने कम्पनीको योजना छ।

नेपालमा पछिल्लो समय पर्यटनका परम्परागत गन्तव्यसँगै अनुभवमा आधारित पर्यटन गतिविधिको माग बढिरहेको अवस्थामा चलायमान बसमै मनोरञ्जन दिने यो अवधारणाले विशेषगरी युवा पुस्ता तथा विदेशी पर्यटकलाई लक्षित गर्ने देखिन्छ। पार्टी बसमा सहभागी हुन चाहनेले कम्पनीको वेबसाइटमार्फत बुकिङ गर्न सक्नेछन्।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
7h ago
कुलेखानी-हेटौँडा सडकमासवारी सञ्चालनमा कडाइ, ८ बजेपछि फर्पिङ कट्न नपाइने

कुलेखानी-हेटौँडा सडकमासवारी सञ्चालनमा कडाइ, ८ बजेपछि फर्पिङ कट्न नपाइने

काठमाडौँ – काठमाडौँ–फर्पिङ-कुलेखानी-हेटौँडा सडक खण्डमा सवारी दुर्घटना बढेसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौँले रात्रिकालीन यात्रुवाहक सवारी सञ्चालनमा समयसीमा लागू गरेको छ। काठमाडौँका प्रमुख जिल्...

#काठमाडौं #सञ्चालनमा
Compare →
Onlinekhabar
11h ago
सरकारले कार्यशैली नसच्याए फेरि भदौ २४ भोग्नुपर्ने हुन्छ : सहमहामन्त्री शिवाकोटी

सरकारले कार्यशैली नसच्याए फेरि भदौ २४ भोग्नुपर्ने हुन्छ : सहमहामन्त्री शिवाकोटी

२७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले वर्तमान सरकारले लोकतान्त्रिक मूल्य, मान्यता र राज्यका संस्थाहरूमाथि हस्तक्षेप बढाउँदै लगेको आरोप लगाएका छन् । काठमाडौंमा शुक्रबार आयोजित एक साक्षात्कारमा उनले सरकार लोकतान्त्रिक प्रक्रियाबाट आए पनि उसका …

#काठमाडौं #फेरि
Compare →

Related Stories

National (Nepal)
Build #2612