Trending
Prev Story
Next Story

आधारभूत सेयरधनीको ५ प्रतिशत व्यवस्थामा विभाजित लगानीकर्ता, के भन्छ सेबोन ?

Arthasansar •
October 04, 2026 • 06:26 PM
1
1 reads 0 reactions

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले भदौ ९ गते सूचीकृत कम्पनीहरुका लागि एउटा निर्देशन पठायो । जुन निर्देशनमा आधारभूत सेयरधनीहरुले ५...

आधारभूत सेयरधनीको ५ प्रतिशत व्यवस्थामा विभाजित लगानीकर्ता, के भन्छ सेबोन ?

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले भदौ ९ गते सूचीकृत कम्पनीहरुका लागि एउटा निर्देशन पठायो । जुन निर्देशनमा आधारभूत सेयरधनीहरुले ५ प्रतिशत वा सो भन्दा बढीको सेयर बिक्री गर्नु पर्दा कम्तीमा १५ दिन अघि सम्बन्धित कम्पनीलाई जानकारी दिनु पर्ने भनिएको छ । यो विषयले अहिले सेयर बजारमा ठूलो तरंग ल्याएको छ । यो व्यवस्था प्रमोटरलाई मात्रै लागू हुने एकथरिको भनाइ छ भने अर्को थरिले सबैलाई लागू हुने बताइरहेका छन् ।

सोमबार लगानीकर्ता तिलक कोइरालाले यो व्यवस्था प्रमोटरका लागि मात्रै आएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा लेख पछि यो विषयले थप चर्चा पायो । उनले सामाजिक सञ्जालमा ‘आधारभुत सेयरधनीको ५ प्रतिशत नियम दोस्रो बजारबाट किनेर नियमित कारोबार गर्नेको हकमा लागू हुँदैन, बेकारको स्याल हुँईया नफैलाउँ ।’ उनको यो विषयमा धेरैले प्रतिक्रिया दिदै दोस्रो बजारबाट किनेकाहरुका लागि पनि यो लागू हुने बताइरहेका छन् । कोइरालाले यो विषयमा पुनरबीचार गरिएन भने बजार थप कमजोर हुने अर्थसंसारलाई बताएका छन् । यो विषय अहिले निकै पेचिलो बनेको छ ।

यो व्यवस्था नै अनावश्यक रहेको लगानीकर्ता जगन्नाथ ढुंगेलको भनाइ छ । उनले नियममा आधारभूतको सेयर धनीका विषयमा प्रतिशत मात्रै उल्लेख भएकाले तोकिएको सेयर प्रतिशत पुगेका सबै आधारभूत हुने बताए । ‘नियममा आधारभूत सेयरधनीको विषयमा प्रष्ट उल्लेख नभएको अवस्थामा दोस्रो बजारबाट खरिद गरेकाहरुका लागि पनि यो नियम लागू हुन्छ,’ उनले भने । नियममा प्रमोटर र पब्लिकको विषयमा उल्लेख नभएको उनको बुझाइ छ ।  अहिले आएको व्यवस्था सबैका लागि नै हो भन्ने बुझेर ठूला लगानीकर्ताहरु तर्सिएको उनको भनाइ छ । सेयर बिक्रीका लागि पहिले जानकारी गराउने मूल्य घटेपछि मूल्य पाइन भनेर बिक्री गरिएन भने के हुने भन्ने विषय पनि सोचनिय रहेको ढंगेलको भनाइ छ । ‘अहिलेको व्यवस्था अनुसार १५ दिन पहिले जानकारी दिनु पर्ने हुन्छ । अनि त्यस पछि बिक्री गर्दा मूल्य कम भयो भनेर बिक्री गरिएन भने के हुन्छ,’ उनले प्रश्न गरे । यो सेयर बजारका मूल्य घटाउने काइदाका रुपमा पनि हुन सक्ने उनले आशंका गरे ।

कम्पनी ऐनमा नै न्यूनतम सेयर धारण गरे पछि आधारभूत सेयरधनी हुने कुरा उल्लेख भएको छ । यो फण्डा अहिले कसैलाई फाइदा र कसैलाई घाटा पु¥याउनका लागि ल्याएको अर्का लगानी कर्ता हरि बहादुर केसीको भनाइ छ । सेयर बजारमा आउँदै छ भन्ने जानकारी पहिले नै हुँदा कारोबारमा संकुन आउने उनले बताए । संक्रमण कालमा बनेको ऐनले सबै कुरा नसमेटेकाले यसैमा टेकेर फाइदा लिन खोजेको उनको धारणा छ ।

कुनै पनि कम्पनीको साधारण सभाका बेला नाम, फोन नम्बर इमेल जानकारी दिए पनि उसले ओगटेको सेयर संख्या नै जानकारी दिनु नै गलत हुने पनि उनले बताए । २० वर्ष पछि ऐनमा भएका अरु कुरा नदेखेर किन यो मात्रै देखियो भन्ने उनको प्रश्न थियो । ‘ऐन आएको २० वर्ष भयो । अनि अहिले आएर अरु धेरै कुरा हुँदा हुँदै किन यो विषयमा मात्रै आयो । यसले कसैलाई फाइदा र कसैलाई घाटा पुर्‍याउनकै लागि यो ल्याएको हो,’ उलने भने ।

नियम आफ्नो अनुसार बनाउने भन्दा पनि ऐनमा भएको कुरालाई नै मान्नु पर्ने नेपाल स्टक ब्रोकर एसोसिएसनका पूर्व अध्यक्ष भरत रानाभाटको भनाइ छ । उनले यस्तो व्यवस्थाले बजारलाई ठूलो असर पर्ने बताए । सानो कुराले पनि बजारलाई असर गर्ने भएकाले यस्ता निर्देशन वा नियम ल्याउँदा परिभाषित गरेर ल्याउनु पर्ने उनको भनाइ छ । ‘नियमहरु ल्याउँदा त्यहाँ नै परिभाषित गरियो भने द्धिविधा हुदैन । नियामकले ल्याएको नियमलाई आफूखुसी डिफाइन पनि गर्न हुँदैन,’ उनले भने ।  बजारलाई अलमल्याउनका लागि मात्रै यस्ता कुराहरु आइरहेको लगानीकर्ता नानिबाबु खरेलको भनाइ छ । उनले बजारलाई व्यवस्थित बनाउने काम गर्नु पर्नेमा अनावश्यक कुरा मात्रै भइरहेको बताए ।

नेपाल धितोपत्र बोर्ड उच्च स्रोतले भने यो व्यवस्था प्रमोटर सेयरधनीहरुका लागि मात्रै भन्दा पनि सबैका लागि ल्याइएको जनाएको छ । बोर्ड स्रोतका अनुसार प्रमोटरका लागि मात्रै यो व्यवस्था गर्नका लागि माग आएको भए पनि अहिले सबैका लागि यो व्यवस्था लागू रहेको छ । ‘यो प्रमोटरका लागि मात्रै हो भनेर बजारमा चर्चा रहेको छ । तर, यो सबैका लागि हो,’ स्रोतले भन्यो । यसमा समय अनुसार पुनरावलोकन गर्न सकिने भए पनि अहिले भने सबैका लागि नै भएको स्रोतको दाबी छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
18h ago
युएईका लगानीकर्तालाई नेपालमा लगानी गर्न ढकालको आग्रह

युएईका लगानीकर्तालाई नेपालमा लगानी गर्न ढकालको आग्रह

उनीहरूबीच नेपाल–युएई सम्बन्ध, व्यापार विस्तार तथा नेपालमा उपलब्ध लगानीका अवसरबारे छलफल भएको थियो।

#लगानीकर्ता
Compare →
Hamro Patro News
19h ago
नेपालका सम्भावनायुक्त क्षेत्रमा लगानी गर्न युएईका लगानीकर्तालाई ढकालको आग्रह

नेपालका सम्भावनायुक्त क्षेत्रमा लगानी गर्न युएईका लगानीकर्तालाई ढकालको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई) का लगानीकर्तालाई नेपालमा जलविद्युत्, पर्यटन, कृषि, सूचना प्रविधि तथा ‘डेटा सेन्टर’मा लगान...

#लगानीकर्ता
Compare →
Onlinekhabar
1d ago
यूएईका लगानीकर्तालाई नेपालका सम्भावनायुक्त क्षेत्रमा लगानी गर्न आग्रह

यूएईका लगानीकर्तालाई नेपालका सम्भावनायुक्त क्षेत्रमा लगानी गर्न आग्रह

२६ कात्तिक, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ निवर्तमान अध्यक्ष तथा आईएमई समूह अध्यक्ष चन्द्रप्रसाद ढकालले युनाइटेड अरब इमिरेट्स (यूएई) का लगानीकर्तालाई नेपालका विभिन्न सम्भावनायुक्त क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । यूएईको रास अल खैमाहमा …

#लगानीकर्ता
Compare →
Ekantipur
5d ago
सार्वजनिक खरिदमा आबद्ध श्रमिकका लागि नयाँ व्यवस्था के छ ? ६ प्रश्नोत्तरमा बुझ्नुहोस्

सार्वजनिक खरिदमा आबद्ध श्रमिकका लागि नयाँ व्यवस्था के छ ? ६ प्रश्नोत्तरमा बुझ्नुहोस्

सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि, २०८३ ले व्यवस्थाले क–कसलाई समेट्छ ? के नयाँ कुरा समेटेको छ ? कार्यविधि कार्यान्वयन हुन कति सहज छ ? यस्ता प्रश्नकाे जिज्ञासा हामीले ६ प्रश्नोत्तरमार्फत् बुझाउने प्रयास गरेका छौं ।

#व्यवस्था
Compare →

Related Stories

Business & Economy
Build #2612