Trending
Prev Story
Next Story

पाटनमा मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न

Nagarik News •
October 25, 2026 • 12:39 AM
1
1 reads 0 reactions

मानमानेश्वरी भवानीलाई लिच्छविकालीन समयदेखि नै शक्तिपीठ र राजकीय देवीका रूपमा पूजा गरिँदै आएको मानिन्छ।

पाटनमा मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न

पाटनमा मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न भएको छ। हरेक वर्ष दशैँको फूलपातीको दिन मानमानेश्वरी भवानीलाई आगमघरबाट मूलचोकमा विराजमान गराएपछि सुरु भएको यस जात्रा शनिबार त्रयोदशीका दिन धार्मिक विधि र परम्पराका साथ सम्पन्न भएको मानमानेश्वरी पायो जात्रा व्यवस्थापन समितिका अध्यक्ष साम्राज्यदेव श्रेष्ठले बताए।

“गौरवशाली इतिहास, मौलिक संस्कृति र जीवन्त परम्पराको प्रतीक मानमानेश्वरी भवानीको पायो जात्रा एक महत्त्वपूर्ण संस्कृति हो, आस्था, श्रद्धा र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सांस्कृतिक विरासतको अनुपम उत्सव हरेक वर्ष हर्षोउल्लासका साथ मनाइने प्रचलन छ, ललितपुरको ऐतिहासिक सांस्कृतिक परम्परासँग अभिन्न रूपमा जोडिएको यो जात्राले हाम्रो धार्मिक विश्वास, गुठी परम्परा र सामुदायिक एकतालाई जीवन्त राख्दै आएको छ”, अध्यक्ष श्रेष्ठले भने।

अध्यक्ष श्रेष्ठका अनुसार मानमानेश्वरी भवानीलाई लिच्छविकालीन समयदेखि नै शक्तिपीठ र राजकीय देवीका रूपमा पूजा गरिँदै आएको मानिन्छ। जात्राको मुख्य आकर्षण देवगण वा गुठियारहरूले हातहातमा खड्ग (तरवार) बोकेर परम्परागत पहिरन र मुकुण्डो लगाएर बाजागाजाका साथ सहर वा बस्ती परिक्रमा गर्नु हो।

पायो (खड्ग) जात्रा ललितपुरको पाटन दरबार क्षेत्रसँग सम्बन्धित लिच्छवि, मल्ल र शाहकालीन संस्कृति बोकेको सबैभन्दा पुरानो परम्परागत जात्रा हो। नवमीका दिन महालक्ष्मीस्थानबाट थसिमलः पायो जात्रा सञ्चालन गरिएको थियो भने दशमीको साँझ मूलचोकबाट मंगलबजार चौबाटोमा श्री भवानी र श्री नवदुर्गाबीचको पावन मिलन गरी त्रयोदशीका दिन मानमानेश्वरी भवानीलाई मूल चोकबाट मुछेँ आगम घरमा पुनः विराजमान गराएपछि पायो जात्रा सम्पन्न भएको हो।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले भने, “यो जात्रा मात्र होइन, हाम्रो पहिचान हो। हाम्रा पुर्खाको विरासत हो। यो हामीले हाम्रो भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्ने अमुल्य सांस्कृतिक सम्पत्ति हो। यस वर्ष जात्रा सञ्चालन सफलतापूर्वक सम्पन्न भएको छ, अर्को वर्षका लागि सहज बनाउन हामीले के गर्नुपर्छ, सरोकारवालाहरूको सुझावअनुसार गर्नुपर्ने त्यो सबै काम गर्छौँ।”

उनले आर्थिक अभावका कारण समुदाय र समाजको जीवन्त इतिहास बोकेको ऐतिहासिक, पौराणिक जात्रापर्वहरू सञ्चालनका लागि आर्थिक अभाव र कठिनाइ हुन नदिन ललितपुर महानगरपालिकाले हरतरहले सहयोग उपलब्ध गराउने बताए।

प्रकाशित: ८ कार्तिक २०८३ ०६:२४ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
1w ago
२६ जिल्लामा देउवा समूहको अधिवेशन सम्पन्न, को–को भए सभापति ?

२६ जिल्लामा देउवा समूहको अधिवेशन सम्पन्न, को–को भए सभापति ?

१७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले २६ जिल्लाहरूमा जिल्ला अधिवेशन सम्पन्न भएको जनाएको छ । चुनदेवीस्थित सम्पर्क कार्यालयले १५औं महाधिवेशनअन्तर्गत मंगलबारसम्म २६ जिल्लाहरूमा अधिवेशन सम्पन्न भएको जनाएको हो । चुनदेवीले कोशी प्रदेशका चार, …

#सम्पन्न
Compare →
Ekantipur
1w ago
श्रामणेरिका भिक्षुणीद्वारा विश्व शान्ति मोन्लम पूजा सम्पन्न

श्रामणेरिका भिक्षुणीद्वारा विश्व शान्ति मोन्लम पूजा सम्पन्न

प्रकृति, समस्त प्राणी र मानव समुदायको भलो, रक्षा तथा दीर्घायुको कामना गर्दै मायादेवी मन्दिरमा सोमबार पूजा सम्पन्न गरिएको हो ।

#सम्पन्न
Compare →
Bizshala
1w ago
कामना सेवा विकास बैंकको फुटसल कप सिजन ६ सम्पन्न

कामना सेवा विकास बैंकको फुटसल कप सिजन ६ सम्पन्न

काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा बैंक तथा वित्तीय संस्थाबीच आपसी सद्भाव,...

#सम्पन्न
Compare →
Arthasansar
1w ago
कामना सेवा फुटसल कप सिजन ६ सम्पन्न

कामना सेवा फुटसल कप सिजन ६ सम्पन्न

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा बैंक तथा वित्तीय संस्थाहरू बीच आपसी सद्भाव, सहकार्य र सम्बन्ध अभिवृद्धि...

#सम्पन्न
Compare →
Hamro Patro News
1w ago
गहिरो मतभेदका कारण जी–२० विदेशमन्त्री बैठक संयुक्त विज्ञप्तिबिनै सम्पन्न

गहिरो मतभेदका कारण जी–२० विदेशमन्त्री बैठक संयुक्त विज्ञप्तिबिनै सम्पन्न

विश्वका प्रमुख अर्थतन्त्र भएका मुलुकहरूको समूह जी–२० का विदेशमन्त्रीहरूको दुईदिने बैठक कुनै संयुक्त विज्ञप्ति जारी नगरी सम्पन्न भएको छ । अमेरिकाको एटलान्टामा सम्पन्न बैठकमा युक्रेन संकट, अमेरिका–इर...

#सम्पन्न
Compare →

Related Stories

World News
Build #2611