Trending
Prev Story
Next Story

४६औँ नेपालभाषा साहित्य तःमुंज्या सम्पन्न

Nagarik News •
October 24, 2026 • 02:32 PM
1
1 reads 0 reactions

भक्तपुरको यातामा आयोजित ४६औँ नेपालभाषा साहित्य तःमुंज्या (बृहत् साहित्य सम्मेलन) शनिबार साँझ सम्पन्न भएको छ।

४६औँ नेपालभाषा साहित्य तःमुंज्या सम्पन्न

भक्तपुरको यातामा आयोजित ४६औँ नेपालभाषा साहित्य तःमुंज्या (बृहत् साहित्य सम्मेलन) शनिबार साँझ सम्पन्न भएको छ। नेपाल संवत् ११४६ को अवसरमा ‘जनता म्वाःसा भाषा म्वाई’ अर्थात् ‘जनता बाँचे भाषा बाँच्छ’ भन्ने नारासहित शुक्रबारदेखि सुरु भएको सम्मेलनमा भाषा, साहित्य, कला, संस्कृति तथा समसामयिक सामाजिक र राजनीतिक विषयमा छलफल गरिएको थियो।

समापन समारोहमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले राजनीतिमा सक्रिय व्यक्तिले समाजका समस्या बुझ्न अध्ययन, अनुसन्धान र व्यवहारिक अनुभवलाई प्राथमिकता दिनुपर्ने बताए। राजनीतिक क्षमता पार्टी सदस्यताबाट मात्र पुष्टि नहुने भन्दै उनले व्यक्तिको ज्ञान, योग्यता र कार्यक्षमताका आधारमा मूल्याङ्कन गर्नुपर्ने धारणा राखे।

सम्मेलनका क्रममा किसान अगुवा मोहनबहादुर कुस्मा, लालाखिं गुरु आशालाल खायमली, समाजसेवी कृष्णदेवी वाङायो र सामाजिक अगुवा टेकबहादुर पलिखेललाई सम्मान गरिएको थियो। पहिलो दिन कवि दामोदर सुवाल, दयालक्ष्मी जोशी र ‘मुकुण्डो’ पुस्तकका लेखक वीणा जोशी सम्मानित भएका थिए।

दुईदिने सम्मेलनमा नेपालभाषाका कविता, कथा, निबन्ध वाचनका साथै प्रतियोगितात्मक साहित्यिक प्रस्तुति, नाटक, गीत, नृत्य र सांस्कृतिक कार्यक्रम सञ्चालन गरिएको थियो। सम्मेलनमा ‘तःमुंज्या’ स्मारिकासमेत विमोचन गरिएको आयोजकले जनाएको छ।

नेपाल संवत् ११०० अर्थात् विसं २०३७ देखि निरन्तर आयोजना हुँदै आएको तःमुंज्याले नेपालभाषा, साहित्य, कला, संस्कृति र सम्पदाको संरक्षण तथा नयाँ पुस्तालाई साहित्य सिर्जनामा प्रोत्साहन गर्दै आएको छ।

प्रकाशित: ७ कार्तिक २०८३ २०:१७ शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
2w ago
जुम्लामा सीमान्तका सवालमा बहस गर्दै साहित्य सम्मेलन सम्पन्न

जुम्लामा सीमान्तका सवालमा बहस गर्दै साहित्य सम्मेलन सम्पन्न

कर्णालीका भाषा, साहित्य, संस्कृति र स्थानीय ज्ञानसँगै जातीय विभेद, राजनीतिक प्रतिनिधित्व तथा भौगोलिक वञ्चितीकरणका सवालमा बहस गर्दै जुम्लामा आयोजित ‘सीमान्त साहित्य सम्मेलन’ सम्पन्न भएको छ। कुटिरो ...

#साहित्य #सम्पन्न
Compare →
Ekantipur
2w ago
जुम्लामा पहिलोपटक ‘सीमान्त साहित्य सम्मेलन’ आयोजना

जुम्लामा पहिलोपटक ‘सीमान्त साहित्य सम्मेलन’ आयोजना

सम्मेलनमा देशका विभिन्न जिल्लाबाट साहित्यकार, स्रष्टा, कलाकार, अनुसन्धानकर्ता तथा साहित्यप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको छ ।

#साहित्य
Compare →
Onlinekhabar
1w ago
२६ जिल्लामा देउवा समूहको अधिवेशन सम्पन्न, को–को भए सभापति ?

२६ जिल्लामा देउवा समूहको अधिवेशन सम्पन्न, को–को भए सभापति ?

१७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले २६ जिल्लाहरूमा जिल्ला अधिवेशन सम्पन्न भएको जनाएको छ । चुनदेवीस्थित सम्पर्क कार्यालयले १५औं महाधिवेशनअन्तर्गत मंगलबारसम्म २६ जिल्लाहरूमा अधिवेशन सम्पन्न भएको जनाएको हो । चुनदेवीले कोशी प्रदेशका चार, …

#सम्पन्न
Compare →
Bizshala
1w ago
कामना सेवा विकास बैंकको फुटसल कप सिजन ६ सम्पन्न

कामना सेवा विकास बैंकको फुटसल कप सिजन ६ सम्पन्न

काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा बैंक तथा वित्तीय संस्थाबीच आपसी सद्भाव,...

#सम्पन्न
Compare →
Arthasansar
1w ago
कामना सेवा फुटसल कप सिजन ६ सम्पन्न

कामना सेवा फुटसल कप सिजन ६ सम्पन्न

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा बैंक तथा वित्तीय संस्थाहरू बीच आपसी सद्भाव, सहकार्य र सम्बन्ध अभिवृद्धि...

#सम्पन्न
Compare →

Related Stories

National (Nepal)
Build #2611