सिटीको पछाडि आर्सनल १८ अंकमा छ र अब डिफेन्डिङ च्याम्पियनसामु पहिलो स्थानमा अंक बराबरी गर्ने अवसर हुनेछ ।
काठमाडौँ — एस्टन भिल्लाले इंग्लिस प्रिमियर लिगमा शनिबार म्यानचेस्टर सिटीलाई २–१ ले पराजित गरेको छ । यससँगै सिटीको नयाँ सिजन लिगमा लगातार जितको यात्रामा पूर्णविराम लागेको छ । सात खेल लगातार जितेयता सिटी पराजित भएको हो ।
भिल्ला पार्कमा भएको खेलमा घरेलु टिमका लागि निकोलस ज्याक्सनले २ गोल गरे । उनले छैटौं मिनेटमा गोलको खाता खोलेपछि ६० औं मिनेटमा दोस्रो गोल थपे । यसबीच इर्लिङ हालान्डले ५२ औं मिनेटमा १ गोल फर्काए । हारपछि सिटी आठ खेलबाट २१ अंकसहित शीर्ष स्थानमै रह्यो ।
सिटीको पछाडि आर्सनल १८ अंकमा छ र अब डिफेन्डिङ च्याम्पियनसामु पहिलो स्थानमा अंक बराबरी गर्ने अवसर हुनेछ । भिल्ला भने आठ खेलबाट ११ अंक बटुलेर छैटौं स्थानमा उक्लेको छ ।