Trending
Prev Story
Next Story

पाथीभरामा एकैदिन ४ हजार बढी दर्शनार्थी

Nagarik News •
October 24, 2026 • 11:54 AM
1
1 reads 0 reactions

ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा शनिबार एकैदिन ४ हजार ३०७ जना दर्शनार्थीले दर्शन गरेका छन्। चालु आर्थिक वर्ष सुरु भएयता एकैदिन मन्दिर दर्शन गर्ने यो सबैभन्दा ठूलो संख्या हो।

पाथीभरामा एकैदिन ४ हजार बढी दर्शनार्थी

ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा शनिबार एकैदिन ४ हजार ३०७ जना दर्शनार्थीले दर्शन गरेका छन्। चालु आर्थिक वर्ष सुरु भएयता एकैदिन मन्दिर दर्शन गर्ने यो सबैभन्दा ठूलो संख्या हो।

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार शनिबार ४ हजार ३०७ जना दर्शनार्थी मन्दिर पुगेका हुन्।

समितिका सूचना प्रविधि अधिकृत सन्तोष पुर्कुटीका अनुसार शुक्रबार १ हजार ७७९ जनाले पाथीभराको दर्शन गरेका थिए। शुक्रबारको तुलनामा शनिबार दर्शनार्थीको संख्या उल्लेख्य रूपमा बढेको हो।

मलमासका कारण यस वर्षको नवरात्रमा पाथीभरा मन्दिरमा अपेक्षाकृत कम दर्शनार्थी आएका थिए। तर, पछिल्लो समय दर्शनार्थीको संख्या ह्वात्तै बढेको समितिले जनाएको छ।

पाथीभरा क्षेत्र विकास समितिका अनुसार चालु आर्थिक वर्ष २०८३।८४ को साउन, भदौ र असोज महिनामा गरी २० हजार ५२२ जनाले मन्दिरको दर्शन गरेका छन्।

शनिबारको आगमनले चालु आर्थिक वर्षमा पाथीभरामा एकैदिन दर्शन गर्नेको संख्यामा नयाँ अभिलेख कायम गरेको छ।

प्रकाशित: ७ कार्तिक २०८३ १७:३९ शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
1d ago
पाथीभरामा दर्शनार्थीको भीड

पाथीभरामा दर्शनार्थीको भीड

काठमाडौं : ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा देवीको दर्शनका लागि दर्शनार्थीहरू पाथीभरा क्षेत्रमा ओइरिएका छन्। सङ्ख्या बढ्दै जाँदा तीर्थालुहरूले पाथीभरा मन्दिरसम्म पुगेर देवीको दर्शन सहज ...

#दर्शनार्थी #पाथीभरा
Compare →
Onlinekhabar
1w ago
पाथीभरामा दर्शनार्थीको घुइँचो, रातभर हिँडेर दर्शन

पाथीभरामा दर्शनार्थीको घुइँचो, रातभर हिँडेर दर्शन

१८ कात्तिक, तेह्रथुम । मध्यरातको सन्नाटा, चिसो मौसम र उकालो पदमार्ग । हातमा टर्चलाइट बोकेर लामबद्ध रूपमा अघि बढिरहेका दर्शनार्थी । कसैको ओठमा देवीको नाम छ भने कसैको मनमा वर्षौंदेखि साँचेको भाकल पूरा हुने विश्वास …

#दर्शनार्थी #पाथीभरा
Compare →

Related Stories

Technology
Build #2611