Trending
Prev Story
Next Story

दुई तिहाइको सरकारले जनअपेक्षा पूरा नगरेपछि जागरण अभियान : दाहाल

Ekantipur •
October 24, 2026 • 12:00 PM
1
1 reads 0 reactions

अभियानको उद्घाटन गर्दै शनिबार दाहालले संविधान र लोकतन्त्रको रक्षा गर्न, महँगी, भ्रष्टाचार, बेथिति र दण्डहीनताविरुद्ध आवाज उठाउन तथा निरंकुशता र अराजकताको विरोध गर्न आह्वान गरेका हुन् ।

दुई तिहाइको सरकारले जनअपेक्षा पूरा नगरेपछि जागरण अभियान : दाहाल

अभियानको उद्घाटन गर्दै शनिबार दाहालले संविधान र लोकतन्त्रको रक्षा गर्न, महँगी, भ्रष्टाचार, बेथिति र दण्डहीनताविरुद्ध आवाज उठाउन तथा निरंकुशता र अराजकताको विरोध गर्न आह्वान गरेका हुन् ।

काठमाडौँ — नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले राष्ट्रिय जागरण अभियानमा सक्रिय सहभागिता जनाउन आमनागरिकलाई अपिल गरेका छन् । अभियानको उद्घाटन गर्दै शनिबार दाहालले संविधान र लोकतन्त्रको रक्षा गर्न, महँगी, भ्रष्टाचार, बेथिति र दण्डहीनताविरुद्ध आवाज उठाउन तथा निरंकुशता र अराजकताको विरोध गर्न आह्वान गरेका हुन् ।

‘नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट यो अपिल जारी गरिरहँदा हाम्रो देश जटिल राजनीतिक, आर्थिक तथा सामाजिक संकटबाट गुज्रिरहेको छ । ठूलो आशा र अपेक्षाका साथ गठन भएको दुई तिहाइको सरकारबाट जनताले अपेक्षाअनुरूप परिणाम प्राप्त गर्न नसक्दा निराशा, असन्तुष्टि र अन्योल बढिरहेको छ,’ उनले भने, ‘महँगीले जनजीवन कष्टकर बनेको छ, बेरोजगारी र युवा पलायन बढिरहेको छ । किसान, मजदुर, उद्यमी र व्यवसायीले अनेकौं कठिनाइ भोगिरहेका छन् । जनजीविकाका आधारभूत प्रश्न झन् जटिल बन्दै गएका छन् ।’

विगतका कामको इमानदारीपूर्वक समीक्षा गरी आफ्ना गल्ती र कमजोरीप्रति आत्मालोचित हुँदै जनताको विश्वास र भरोसा बलियो बनाउनु आफ्नो दायित्व रहेको पनि उनले बताए ।

दाहालले अभियानमार्फत जनताले भोगेका समस्या स्थानीय, प्रदेश र संघीय तहका सम्बन्धित निकायसमक्ष पुर्‍याएर समाधानका लागि निरन्तर पहल गरिने बताए । जनताबाट प्राप्त गुनासाको अभिलेख राख्ने र समाधानका लागि भएका प्रयासको प्रगतिबारे जानकारी दिने पनि उनले बताए ।

नेपाली कम्युनिस्ट पार्टीले कात्तिक ७ देखि मंसिर २५ सम्म राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । उद्घाटन समारोहमा पार्टीका सहसंयोजक माधवकुमार नेपाल, नेता नारायणकाजी श्रेष्ठलगायत नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।

नेपाल नेपाल न्यूज बैंक न्युज एजेन्सी हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
6d ago
आइजिपीमाथि सरकारले अन्याय गर्‍यो, सर्वोच्चले न्याय दिन्छ: दाहाल

आइजिपीमाथि सरकारले अन्याय गर्‍यो, सर्वोच्चले न्याय दिन्छ: दाहाल

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) पदबाट हटाइएका दानबहादुर कार्कीलाई अदालतले न्याय दिने दाबी गरेका छन्। शनिबार काठमाडौंमा पत्रकारहरूसँग...

#दाहाल #सरकारले
Compare →
Nagarik News
1w ago
गगन थापालाई सरकारले पक्राउ गर्न सक्दैन : पुष्पकमल दाहाल

गगन थापालाई सरकारले पक्राउ गर्न सक्दैन : पुष्पकमल दाहाल

सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले संविधान, लोकतन्त्र र गणतन्त्रका मूल्य मान्यता तथा मर्मविपरीत काम गर्न खोजिरहेको आरोप लगाएका हुन्।

#संविधान #सरकारले #दाहाल
Compare →
Onlinekhabar
12h ago
हराएका सम्पदा फिर्ता ल्याउन काठमाडौं महानगरले अभियान चलाउने

हराएका सम्पदा फिर्ता ल्याउन काठमाडौं महानगरले अभियान चलाउने

२८ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले चोरी भएर विदेशका विभिन्न सङ्ग्रहालय तथा स्थानमा पुगेका नेपाली धार्मिक तथा सांस्कृतिक सम्पदा पहिचान गरी स्वदेश फिर्ता ल्याउने अभियानलाई थप व्यवस्थित बनाउने भएको छ । यसका लागि महानगरले सम्पदाको अभिलेखीकरण, …

#अभियान
Compare →
Arthasansar
5d ago
कुकुर तिहारको अवसरमा गोल्याण फाउण्डेशनद्वारा ‘एक दिनको माला होइन, हरेक दिनको माया’ अभियान सुरु

कुकुर तिहारको अवसरमा गोल्याण फाउण्डेशनद्वारा ‘एक दिनको माला होइन, हरेक दिनको माया’ अभियान सुरु

कुकुर तिहारको अवसर पारेर गोल्याण फाउण्डेशनले सामुदायिक कुकुरको संरक्षण, स्वास्थ्य सुरक्षा र पशुप्रति मानवीय व्यवहार प्रवद्र्धन गर्ने उद्देश्यले ‘एक दिनको...

#अभियान
Compare →

Related Stories

Politics & Governance
Build #2611