Trending
Prev Story
Next Story

एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल एकता सम्भव छैन : प्रचण्ड

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

७ कात्तिक, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एमाले) सँग राष्ट्रिय मुद्दाहरूमा सहकार्य हुनसक्ने भएपनि तत्काल पार्टी एकताको कुनै सम्भावना नरहेको बताएका छन् । पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिवार आयोजित …

एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल एकता सम्भव छैन : प्रचण्ड

७ कात्तिक, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एमाले) सँग राष्ट्रिय मुद्दाहरूमा सहकार्य हुनसक्ने भएपनि तत्काल पार्टी एकताको कुनै सम्भावना नरहेको बताएका छन् ।

पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिवार आयोजित ‘पार्टी जागरण अभियान’ शुभारम्भ कार्यक्रममा पत्रकारहरूसँग कुरा गर्दै संयोजक दाहालले आफ्नो दल भ्रष्टाचारविरुद्ध उभिएको र एमाले सुशासनको विपक्षमा देखिएकाले दुई दलको चरित्र नै फरक रहेको दाबी गरे ।

कार्यक्रममा सञ्चारकर्मीहरूले सोधेका प्रश्नको जवाफ दिँदै पूर्वप्रधानमन्त्री दाहालले जनतामा माओवादी अस्तित्वबारे भ्रम फैलाउन खोजिएको जिकिर गरे ।

तत्कालीन नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहित २६ वटा साना–ठूला कम्युनिस्ट घटकहरू एकीकृत भई वर्तमान नेपाली कम्युनिस्ट पार्टी बनेको उल्लेख गर्दै उनले विचार र भावना यसैभित्र समाहित रहेको जिकिर गरे ।

‘माओवादी र एकीकृत समाजवादीसहित २६ वटा साना–ठूला घटक मिलेर नेपाली कम्युनिस्ट पार्टी बनेको हो । यो विघटन नभई रूपान्तरण हो । नामभन्दा काम महत्वपूर्ण भएकाले हामी सबैका विचार र भावनालाई समेटेर अघि बढ्ने संकल्पमा छौं,’ उनले भने, ‘नेपाली कांग्रेस र एमालेको गठबन्धनले देशमा दुर्घटना निम्त्याउन सक्छ भनेर हामीले पहिल्यै सचेत गराएका थियौँ । हाम्रो र उनीहरूको राजनीतिक दृष्टिकोणमा फरक छ । हामी भ्रष्टाचारविरुद्ध लड्ने र सुशासन, सामाजिक न्याय तथा समृद्धिका लागि प्रतिबद्ध छौँ ।’

नेकपा (एमाले) सँगको भिन्नताबारे बोल्दै संयोजक प्रचण्डले सुशासन, सामाजिक न्याय र समृद्धिको अभियान चलाइरहेकै बेला संसदका दुई ठूला दल मिलेर आफूलाई सरकारबाट हटाएको स्मरण गरे ।

लोकतन्त्रमा पहिलो र दोस्रो दल मिलेर सत्ता सञ्चालन गर्नु संसदीय अभ्यासविपरीत भएको टिप्पणी गर्दै उनले आफूहरू भ्रष्टाचारविरुद्ध लड्ने र तत्कालीन सत्तापक्ष भ्रष्टाचारको संरक्षणमा लागेको आरोप लगाए ।

‘राष्ट्रिय स्वाधीनता, लोकतान्त्रिक अधिकार र देशको हितका लागि आवश्यक परे जोसँग पनि सहकार्य गर्न तयार छौं । तर यसको अर्थ एमालेसँग पार्टी एकता हुन्छ भन्ने होइन । त्यसका लागि इतिहास, पृष्ठभूमि र वैचारिक भिन्नताबारे गम्भीर समीक्षा आवश्यक छ,’ प्रचण्डले थप व्याख्या गर्दै भने, ‘कम्युनिस्ट आन्दोलन अब उठ्न सक्दैन भन्ने भाष्य नयाँ होइन । विगतमा पनि यस्तै भनिन्थ्यो, तर हामीले परिवर्तनका लागि संघर्ष गर्‍यौं । आलोचनाभन्दा आफ्नो लक्ष्य र काममा केन्द्रित भएर अघि बढ्नु नै हाम्रो प्रतिवद्धता हो ।’

सामाजिक सञ्जाल र नयाँ प्रविधिको लहरबीच कम्युनिस्ट आन्दोलनको भविष्यमाथि उठाइएका संशयलाई सम्बोधन गर्दै प्रचण्डले २०४६ सालको जनआन्दोलनपछि पनि यस्तै निराशाजनक भाष्य निर्माण गरिएको दृष्टान्त पेश गरे ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
3d ago
ओली र प्रचण्ड के मा अलमल ?

ओली र प्रचण्ड के मा अलमल ?

नेपाली कम्युनिष्ट आन्दोलनमा फुट र एकताको इतिहास जति पुरानो छ, त्यत्तिकै रहस्यमयी पनि । सत्तामा हुँदा एकअर्काको अस्तित्वसमेत स्वीकार गर्न नसक्ने नेताहरू सडकमा पुगेपछि भने एकताको हात अघि बढाउने गर्छन...

#प्रचण्ड #एकता
Compare →
Nagarik News
3d ago
सांस्कृतिक पर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाएका छन्ः अध्यक्ष दाहाल

सांस्कृतिक पर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाएका छन्ः अध्यक्ष दाहाल

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले तिहार, नेपाल संवत् र छठजस्ता पर्वले विविधताबीचको एकता, सहिष्णुता र पारस्परिक सम्मानलाई प्रवर्द्धन गर्दै राष्ट्रिय एकतालाई सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएका बताएका छन्।

#दाहाल #एकता
Compare →
Arthasansar
19h ago
फेरि विद्रोहको तयारीमा प्रचण्ड, ‘जनतालाई मुक्त गर्ने आन्दोलन चाहिएको छ’

फेरि विद्रोहको तयारीमा प्रचण्ड, ‘जनतालाई मुक्त गर्ने आन्दोलन चाहिएको छ’

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू ७३ वर्ष प्रवेश गर्न लागे पनि वैचारिक रूपमा नयाँ विद्रोहको तयारीमा...

#प्रचण्ड
Compare →
Ekantipur
6d ago
मधेशमा जसपाको नेतृत्वमा नयाँ सरकार बनाउन एमाले र नेकपाको कसरत

मधेशमा जसपाको नेतृत्वमा नयाँ सरकार बनाउन एमाले र नेकपाको कसरत

एमाले र नेकपाले समर्थन फिर्ता लिएपछि कांग्रेस नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेको छ भने नयाँ सरकारबारे जसपा अझै अनिर्णीत छ ।

#एमा
Compare →

Related Stories

Politics & Governance
Build #2612