टीकापुर : कैलालीको टीकापुरका एक युवा प्राध्यापकले अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था (नासा) को एक अनुसन्धान परियोजनाको नेतृत्व गर्ने अवसर प्राप्त गरेका छन्।
सन् २०२५ अगस्टदेखि अमेरिकाको टेक्सस क्रिस्टियन युनिभर्सिटीको कम्प्युटर साइन्स विभागमा आर्टिफिसियल इन्टेलिजेन्स तथा मेसिन लर्निङ विषयमा सह–प्राध्यापक पदमा कार्यरत टीकापुर नगरपालिका वडा नं. १ का डाक्टर चेतराज पाण्डेले यो अवसर हात पार्न सफल भएका हुन्। अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था (नासा) ले विश्वविद्यालयलाई ३६ लाख अमेरिकी डलर डार्क स्काइज टु डीप टाइम नामक परियोजना प्रदान गरेको हो। डाक्टर पाण्डे सो परियोजनामा को–प्रिन्सिपल इनभेस्टिगेटरका रूपमा संलग्न रहने छन् । परियोजनाको नेतृत्व डाक्टर रियान्नोन मेनीले गर्नेछन्।
Read full story at source ( annapurnapost.com )